Author: Radio Jay Madhesh
Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399
अवैध रुपमा भन्सार छलेर ल्याइएको चामलसहित रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले गौर नगरपालिका १ भन्सार चौकमा प्रदेश २ ०३ ००१ ज ०२४८ नम्बरको पिकअप बलेरो गाडीलाई चेकजाँच गरेको र जाँचको क्रममा गाडीबाट ५ लाख १२ हजार रुपैयाँ बराबरको चामल बरामद गरिएको प्रहरीले जनाएको हो । गाडी चालक माधवनारायण नगरपालिका २ बस्ने राजेश्वर साहलाई पनि पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दिपककुमार रायले जानकारी दिएका छन। चामलसहित गाडी र चालकलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको उनले बताएका हुन ।
पर्साको रामनगरीमा एक जना किशोरीको शव बरामद भएको छ । बहुदरमाई नगरपालिकाको वडा नम्बर ८ रामनगरी स्थित एक जना किशोरीको शव बरामद भएको हो । मृत भेटिनेमा स्थानीय रामबाबु सहनीकी १७ वर्षीया छोरी निजिमा कुमारी सहनी रहेकी पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताएका छन । रामनगरीस्थित बजारको पोखरीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको प्रहरीले बताएका छन । शनिबार बिहान पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले घटनाको प्रकृति मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागी वीरगन्जको नारायणी अस्पतालमा पठाएको जनाएका छन । प्रहरीका अनुसार मृत भेटिएकी किशोरी दुइ दिनदेखि सम्पर्कविहिन…
मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले आश्रमहरूमा पुगेर तिहारको शुभकामना आदानप्रदान गरेका छन् । शुक्रबार उनले जनकपुरधामस्थित विभिन्न आश्रमहरूमा पुगेर तिहारको शुभकामना आदानप्रदान गरेका हुन् । मुख्यमन्त्रीको सचिवालयका अनुसार सिंहले जनकपुरधामको मानव सेवा आश्रम, कबीर बाल आ आश्रम र जानकी वृद्धा आश्रम पुगेर शुभकामना आदानप्रदान गरेका हुन् । तिहार उज्यालो तथा भाइचाराको पर्व रहेकाले आफन्तसँग रमाइलो गर्न नपाएकाहरूसँग खुसी साटासाट गर्न तीनवटै आश्रममा गएको मुख्यमन्त्री सिंह बताउँछन् ।
सप्तरी प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भइ फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा सवारी ज्यान, कुटपिट र चोरी मुद्दाका फरार प्रतिवादीलाई बिहीबार नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा खडक नगरपालिका ७ का चोरी मुद्दाका प्रतिवादी रामनारायण साह, वडा नम्बर ८ का सवारी ज्यान मुद्दाका देवकान्त चौधरी र वडा नम्बर ४ का कुटपिट मुद्दाका भागावन्ती पासवान पक्राउ परेका छन् । उनीहरुलाई जरीवाना र कैद भुक्तानका लागी शुक्रबार सप्तरी जिल्ला अदालत राजविराजमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिएका हुन ।
सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ४ जमुवा चौकमा शुक्रबार एक बृद्वको शव फेला परेको छ । नाम थर वतन नखुलेको तराई मुलको तराई वासी जस्तो देखिने अन्दाजी वर्ष ७० ७५ को पुरुष मृत फेला परेको हो । बेवारिसे अवस्था भेटिएको उनको सनाख्त हुन नसकेको तथा मृतकको शव राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएका छन ।
नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ इ सं ८८०० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए । पृथ्वीनारायण शाहको शासनकाल सम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्व विद्यालयका पूर्व उपकुल पति डा त्रि रत्न मानन्धरले जानकारी दिएका हुन । डा त्रि रत्न मानन्धरका अनुसार “लिच्छविकालका राजा राघव देवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकाल सम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट…
यमपञ्चक अर्थात् तिहारअन्तर्गत आज गाई, गोरु, गोबर्द्धन पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन काल देखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमा बाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको बताइन्छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास रहेको हो । आज नै गोरु, किसान र हलोको पूजा गरिदैछ । आँगनमा…
सर्लाहीको बरहथवा नगरपालिका ७ बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट ठुलो मात्रामा धनमालको क्षति भएको छ । स्थानीय किसुन दासको घरमा सञ्चालित विभिन्न पसलमा भएको आगलागीबाट व्यापक क्षति पुगेको हो । आगलागीबाट नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएका छन । बरहथवाका डिएसपी गौतम थापाले राति नै प्रारम्भिक विवरण सङ्कलन गर्दा आगलागीबाट करिब पौने तीन करोड बराबरको क्षति भएको जानकारी दिएका हुन। डिएसपी थापाका अनुसार नरेश साहको किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री गोदाम गरेर राखिएकाले आगलागीबाट सोही पसलमा बढी…
बुधबारदेखि आएको स्पेनको सबैभन्दा ठूलो बाढीमा मृत्यु हुनेहरूको सङ्ख्या शुक्रबार दुई सय पाँच पुगेको छ । सरकारले बाँच्नेहरूको खोजीका लागि थप सैनिक परिचालन गरेका छन । मङ्गलबारदेखि आएको बाढीले सवारी साधन बगाउने, पुल भत्काउने र शहरहरूलाई फोहरमा डुबाउँदा स्पेनमा दशकौँ देखि सबैभन्दा ठूलो विनाशकारी क्षति पु¥याएको हो । सबैभन्दा धेरै प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा आपत्कालीन सेवा समन्वय गर्ने संस्थाले त्यस क्षेत्रमा मात्र दुई सय दुई जनाको मृत्यु पुष्टि गरेका हुन । छिमेकी काष्टिला–ला मान्चा र अन्दा लुसिया क्षेत्रका अधिकारीहरूले पहिले नै तीन जनाको मृत्युको घोषणा गरिसकेका छन् । ड्रोन र कुकुरहरू सहित उद्धारकर्ताहरू पानीमा हिँडँदै र भग्नावशेषमा मलबामा खोजी कार्य…
नेपाली क्रिकेट टिमले शनिबार बिहानै एक खेल खेलिसकेको छ भने अझै दुई खेल हुन बाँकी छ । अमेरिका भ्रमणमा रहेको नेपालले शनिबार बेलुका सवा ९ बजे घरेलु टिम अमेरिकासँग आईसीसी विश्वकप लिग २ को अमेरिका सिरिजअन्तर्गत तेस्रो खेल खेल्दै छ । जारी सिरिजमा नेपालले अमेरिका सँगको पहिलो खेलमा हार व्यहोरेको थियो भने दोस्रो खेलमा स्कटल्यान्ड्सलाई पराजित गरेको हो । लिग २ को अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको नेपालले करिब ८ महिनापछि विदेशी भूमिमा ओडीआई जितेको थियो, स्कटल्यान्ड्सलाई हराउँदा । लिगमा खराब लयमा रहेको नेपालका लागि शनिबार अमेरिकासँगको खेल निकै महत्त्वपूर्ण हुनेछ । यस्तै हङकङ भ्रमणमा रहेका नेपाली टिमले शनिबार…