Author: Radio Jay Madhesh
Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399
मधेसको प्राचीन मिथिला क्षेत्रमा दसैँ पर्वलाई ‘दशहरा’ भनिन्छ । शारदीय नवरात्र पनि भनिने यस पर्वको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ । नवरात्रको छैटौँ दिन अर्थात् षष्ठी तिथिका दिन यो विधिको परम्परा रहेको हो । पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि आयोजन गरिने पुरानो मैथिल परम्परा छ । मिथिला क्षेत्रमा दशहारा ९बडादसैँ० पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमाका आँखा सप्तमीका दिन खोल्न उघार्न बेल फलको भेट्नो प्रयोग गरिने परम्परा रहेको छ । यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि देवी प्रतिमास्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल…
आज बडादशैंको पाँचौं दिन, हिन्दू धर्मावलम्बीहरूले देवी स्कन्दमाताको पूजा र आराधना गर्दै छन्। भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरूपलाई सधैं काखमा राखेर ममतामयी स्नेह प्रदान गर्ने भएकाले यो दिन स्कन्दमाताको नामबाट पूजा गरिन्छ। कार्तिकेयको एक नाम ’स्कन्द’ पनि हो, जसले ज्ञानशक्ति र कर्मशक्तिलाई सूचक बनाउँछ। यसै कारण स्कन्दमाता देवी स्वरूपलाई ज्ञान र कर्मको शक्ति मानिन्छ। स्कन्दमाता चार हातहरूमा दायाँतर्फको माथिल्लो हातमा स्कन्दकुमारलाई च्यापेर, बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातमा वरमुद्रा धारण गरेर पद्मासनमा सिंहमा सवार हुने बताइन्छ।सूर्य मण्डलकी अधिष्ठात्री देवीको रूपमा यिनको वर्ण पनि सूर्यको प्रकाश जस्तै देदिप्यमान हुने कुरा गरिएको छ। दुर्गा पक्ष, जसलाई दशैं पनि भनिन्छ, का विभिन्न…
जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको हो । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा…
आज बडादशैं तथा नवरात्रको तेस्रो दिन, देशभरका दसैं घर र पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजाआराधना भइरहेको छ। धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार चन्द्रघण्टा देवीको नाम उनको हातमा रहेको चन्द्रमाको आकारको घण्टाको आधारमा राखिएको हो। देवीको पूजा गर्नुले भक्तजनलाई शक्ति प्राप्त हुने जनविश्वास रहेको छ। नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाका अनुसार देवीको आराधनाले दानवीय शक्ति नाश गर्न सकिन्छ। मार्कण्डेय पुराणमा चन्द्रमा जसको घण्टामा छ, त्यस देवीलाई चन्द्रघण्टा भनी वर्णन गरिएको छ। चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ, र उनी अत्याचारी दानवहरूको नाश गर्ने देवीका रूपमा परिचित छिन्। देवीको पूजा गर्दा मणिपुर चक्रलाई ध्यान गरिन्छ, जसबाट भक्तजनलाई अद्वितीय…
भारतको उत्तर प्रदेश राज्यमा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा १० जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार उत्तर प्रदेशको मिर्जापुरमा बिहीवार अवेर राति दुर्घटना हुँदा ३ जना घाइते समेत भएका छन्। मिर्जापुर प्रहरीका अुनसार ट्रकले पछाडीबाट ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको र मृत्यु हुने सबैजना श्रमिक रहेको बताइएको हो । मिर्जापुर प्रहरीका अुनसार घाइते ३ जनालाइ भने उपचारका लागि बनारस पठाइएको छ।
देशका पूर्वी र मध्य क्षेत्रमा आज पनि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । तर अघिल्लो हप्ताजस्तो अविरल र घनघोर वर्षाको सम्भावना नरहेको मौसम विद्ले बताएका छन् । ठूलो पानी परेका ठाउँमा आकस्मिक बाढी र कमजोर जमिनमा पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसम विद्ले आग्रह गरेका गरेका हुन् ।
नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ।नवरात्रको पहिलो दिन बिहीबार दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको र दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद्देवी भागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक…
यस वर्षको बडादशैँ आजदेखि शुरू भएको छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुनेछ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिने गरिन्छ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्ति स्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको…
मधेस प्रदेश सरकारले बाढीपहिरो तथा डुबानमा परी निधन भएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत दिने भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले बाढीपहिरो तथा डुबानबाट प्रभावितलाई राहत उपलब्ध गराउन एक द्धारा प्रणाली अवलम्बन गर्न प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । उनले प्रभावित बस्तीमा राहत तथा पुन स्थापना कार्यलाई व्यव स्थित र प्रभावकारी बनाउन स्थानीय तहलाई आग्रह गरेका छन् । मुख्य मन्त्री सिंहले विपद्का बेला मधेस प्रदेशमा खोज, उद्धार एवं तत्काल राहत कार्यको व्यवस्थापनमा सक्रिय स्थानीय तह, सुरक्षा अधिकारी, सुरक्षा कर्मीलगायतलाई धन्यवाद समेत दिएका हुन । उनले यसअघि बाढीबाट प्रभावित गाउँ बस्तीमा पुनःस्थापनाका काम गर्न…
मिटरब्याज पीडितहरुले जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका छन । मिटरब्याज पीडित संघर्ष समिति सर्लाहीले अनुचित लेनदेन सम्बन्धी मुद्दामा प्रहरीले ढिलासुस्ती तथा साहु महाजनको पक्षमा निर्णय गर्ने गरेको भन्दै आफूहरुले बुधबार प्रहरी प्रशासनविरुद्ध नारावाजीसहित जुलुस प्रदर्शन गरेको पीडितहरुले बताएका छन् । अनुचित लेनदेन सम्बन्धी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा अहिलेसम्म २ हजार ३ सय २६ वटा मुद्दा दर्ता भएको छ । जसमा ७ सय ७१ वटा मुद्दा फछ्र्यौट गरिएको छ भने १५ सय २४ मुद्दाको कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो । जसमध्ये ३१ वटा मुद्दा मिलानमा कुरा नमिलेपछि आवश्यक कारबाहीका लागि मिटरब्याज सम्बन्धी कानुन २०८०…