Author: Radio Jay Madhesh

Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399

सूर्यको पूजा आराधना गरी मनाईने लोक आस्थाको पर्व छठको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिँदै छ । बर्तालुहरुले हिजो साँझ छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालु रातभर जाग्राम बसी आज बिहानै उदाँउदो सूर्यलाई अर्घ्य दिन छठ पूजा स्थलमा पुगिसकेका छन् । बिहानैदेखि विभिन्न स्थानमा बनाईएको छठ पूजा स्थलमा प्रसाद सहितको दउरी लिएर पुगेका ब्रतालुहरु उदाउँदो सूर्यको पर्खाईमा छन् । आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुने गर्छ । कात्तिक शुक्ल चतुर्थी देखि सप्तमी सम्म छठ पर्व मनाउने गरिन्छ । यो पर्वको मुख्य दिन…

Read More

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन्। बुहमत सिट २७० भन्दा बढी सिट जित्दै ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका हुन्। निर्वाचनअघि प्रतिद्वन्द्वी डेमो क्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस सँग कडा प्रतिस्पर्धा हुने भनिए पनि ट्रम्पले सहज जित हासिल गरेका छन्। पछिल्लो मतपरिणाम अनुसार ट्रम्पले २७७ सिट सुनिश्चित गर्दा कमलाले २२४ सिट जितेकी छन्। आठ वर्षअघि हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न सफल भएका थिए। पछिल्लो निर्वाचनमा भने उनी जो बाइडेनसँग पराजित भएका थिए। ट्रम्पले अमेरिकाका लागि यो स्वर्ण युग हुने घोषणा गर्दै उनले अमेरिकाको हितमा काम गर्ने बताएका छन्। ’यो अमेरिकी जनताको शानदार जित रहेकोले…

Read More

रोवर्ट लेवान्डोस्कीले आफ्नो लय कायम राख्दै दुई गोल गरेपछि बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा रेड स्टार बेल ग्रेडलाई ५ २ ले पराजित गरेको छ । च्याम्पियन्स लिगमा बार्सिलोनाको यो लगातार तेस्रो जित रहेको हो । यस्तै बेलग्रेड विरुद्धको दुई गोलपछि च्याम्पियन्स लिगमा लेवान्डोस्कीको गोल संख्या ९९ पुगेको छ । अब उनलाई च्याम्पियन्स लिगमा एक सय गोल पूरा गर्न एक गोल आवश्यक रहेको छ । ३६ वर्षीय लेवान्डवस्कीले यस सिजन सबै खाले प्रतियोगितामा गरेर १६ खेलमा १९ गोल गरेका छन् । बेलग्रेडको मैदानमा भएको खेलमा लेवान्डोस्कीले ४३औं र ५३औं मिनेटमा गोल गरेका थिए । त्यसअघि इनिगो मार्टिनेजले १३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई…

Read More

हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएका छन । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ भने आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक…

Read More

शुद्धता, सद् भाव र आस्थाको महापर्व छठ पर्व आज श्रद्धा एवंम हर्षोल्लास पूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन व्रतालुले बेलुकी कुण्ड, पोखरी र तलाउमा उभि दुबै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिइ पूजापाठ गर्ने गर्छन् । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जन विश्वास अनुरूप पारस्परिक आत्मीयता र सद् भावका प्रतीक मानि उक्त पर्व मनाइन्छ । यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठ भूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ…

Read More

इजरायलमा प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले रक्षामन्त्री योआभ गलन्टलाई बर्खास्त गरेपछि सर्वसाधारण सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन । विश्वासको संकटका कारण आफूले यो निर्णय गरेको नेतन्याहुले बताएका हुन् । हालैका महीनामा गलन्ट प्रति आफ्नो विश्वास घट्तै गइरहेको उनले बताएका छन । गलन्टको ठाउँमा विदेशमन्त्री इजरायल काट्जलाई उनले रक्षामन्त्री बनाएका छन् । आफू बर्खास्तमा परेलगत्तै गलन्टले सामाजिक सञ्जालमा इजरायलको सुरक्षा सधैं आफ्नो जीवनको मिशन रहेको र रहने बताएका थिए । लामेसमय देखि नेतन्याहु र गलन्टले साथै काम गरेका थिए । कयौं परिस्थितिमा यी दुईले मिलेर निर्णायक कामहरू समेत गरेका हुन । तर गएको एक वर्षयता इजरायलको युद्ध रणनीतिबारे यी दुुईबीच मतभेद चुलिँदै…

Read More

युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा रियल म्याड्रिड घरेलु भूमिमै एसी मिलानसँग ३ १ ले पराजित भएको छ। रियल म्याड्रिडको च्याम्पियन्स लिगमा सुरुका ४ खेलमा यो दोस्रो हार हो। साथै लगातार २ पटक आपनो घरेलु भूमिमा पराजयको सामना समेत गरेको छ। मालिका थिउले १२ औँ मिनेटमा दिलाएको अग्रताको विरुद्धमा रियलका भिन्सियस जुनियरले २३ औँ मिनेटमा बराबरी गोल गरेका थिए। मिलानलाई जित दिलाउने क्रममा अल्भारो मोराटा र टेजियानी रियन्डर्सले गोल गरेका हुन ।

Read More

जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहदा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो । त्यसैगरी आज राति देशका पहाडी भागमा बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य,…

Read More

अलेक्जान्डर मिट्रोभिकले ह्याट्रिक गरेको खेलमा अल हिलालले एएफसी च्याम्पियन्स लिगमा सहज जीत हासिल गरेको छ। सोमबार राति भएको खेलमा अल हिलालले इरानी क्लब इस्टे गलाल लाई ३ ० ले पराजित गरेको हो। अल हिलालका लागि अलेक्जान्डर मिट्रोभिकले ह्याट्रिक पूरा गरेका छन । उनले खेलको १५, ३३ र ७४ औं मिनेटमा गोल गरेका थिए । यस्तै यस खेलमा ब्राजिलियन स्टर नेयमार मैदान फर्किएको साता दिनमै घाइते भएका छन्। नेयमार खेलको ५८औं मिनेटमा अब्दुल्लाह अल हम्दानको स्थानमा मैदान प्रवेश गरेका थिए। तर, घाइते भएपछि ८७औं मिनेटमा मैदानबाट बाहिरिएका हुन्। नेयमार यसअघि च्याम्पियन लिगमै अल ताइ विरुद्ध नेयमारले एक वर्षपछि पुनरागमन गरेका थिए।…

Read More

आजदेखि मौसममा क्रमिक सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौसम पूर्वानुमान अनुसार आज दिउँसो देखि मौसम सुधार हुँदै जाने भएको हो । तीनवटा वायुको प्रणाली एकसाथ सक्रिय हुँदा अस्ति आइतवारदेखि शुरु भएको वर्षा हिजो पूर्वी, मध्य सहित पश्चिममा सक्रिय हुदा पश्चिम बङ्गाल आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव घट्नुका साथै पश्चिमी र स्थानीय वायु कमजोर बनेपछि आजदेखि वर्षा रोकिने मौसम विद् रोजन लामिछानेले बताएका हुन । उनका अनुसार आज कोशी प्रदेश र अन्य पहाडी भागका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हिमपातको समेत सम्भावना रहेको…

Read More