Author: Radio Jay Madhesh
Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399
जनता समाजवादी पार्टी जसपाका प्रवक्ता मनिस सुमनले मधेस प्रदेशमा आफ्नो सरकार सुरक्षित रहेको बताएका छन् ।उनले वर्तमान सत्ता गठबन्धनका चार दलले नै मधेसमा आफ्नो सरकार सुरक्षित गर्ने सहमति जनाएको समेत दाबी गरे । पछिल्लो समय जनमत पार्टी पनि सत्ता गठबन्धनमा गएर केही समय मधेसको मुख्यमन्त्रीको दाबी गरेको कुराहरू बाहिर आएका छन् । यसैबीच सुमनले जो आए पनि आफूहरू सुरक्षित भएको बताएकाछन् । उनी भन्छन्, ‘मधेसमा अरू दलले सरकारमा दाबी गर्नु सिंहदरबार मेरो हो भन्नु जस्तै हो ।’ मधेसमा जसपाको १९ प्रदेश सांसद छन् । यस्तै जनमतको १३, एमालेको २४ सांसद छन् । १०७ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २२, माओवादी केन्द्र…
अहिले इन्टरनेटको जमानामा फरक फरक तरिकाबाट ठगी हुने गरेको छ । सोहि क्रममा ह्वाट्सएपमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको तस्बिर राखेर पैसा असुल्ने तीन जनालाइ प्रहरीले पक्राउ गरेको छ । सप्तरीको राजविराज नगरपालिकाका एक व्यक्तिलाई ं ह्वाट्सएप आईडीबाट फोन गरी सो समूहले ‘ उनको छोराको अपहरण गरेको भन्दै रकम मागेका थिए । रकम नपठाए छोरालाई मारिदिने धम्की दिएपछि विभिन्न बैंकको फरक खातामा १२ लाख ८० हजार रुपैयाँ जम्मा गराएका थिए । जम्मा गरिएको सो रकम धम्की दिने समूहले उठाएका थिए । यो घटनाको अनुसन्धानमा जुटेको प्रहरीले तीन जनालाई आइतबार नियन्त्रणमा लिएको हो । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ गरिएकाहरूमा झापाको…
जनकपुरमा स्कूल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादव रहेकी प्रहरीले जनाएको छ । जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उपमहानगरपालिका २३ विन्धिमा आज बिहान प्र २ ०२ ००१ क ०४३१ नम्बरको एंजल्स स्कुलको बसले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । घाइतेहरुमा स्थानीय पशुपति देवी यादव, अम्बिका झा, भुवनेश्वरी झा, ममता देवी, बलकिया देवी र बालक सोनु कुमार साह छन् । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । विवाहको लागि मटकोरको माटो पोखरीबाट महिलाहरु गइरहेको बेला तिव्रगतिमा…
सप्तरीको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखा कञ्चनपुरले ६७ वटा खोप केन्द्र मार्फत दादुरा–रुवेला खोप अभियान सञ्चालन गरेको छ । कञ्चनरुप नगरपालिकामा ९ महिनादेखी १५ बर्ष मुनिका १७ हजार ९ सय बालबालिकाका लागि आईतबारदेखी ६७ वटा खोप केन्द्रबाट दादुरा–रुवेला खोप अभियान सञ्चालन गरेका हुन् । कञ्चनरुपका स्वास्थ्य शाखा सह संयोजक डम्बर प्रसाद गुप्ताका पहिलो दिन करिब ३ हजार बालबालिकाहरुले खोप लगाएका छन् । अभियानअन्तर्गत १२ वटै वडाका सामुदायिक र निजी विद्यालय,स्वास्थ्य चौकीमा खोप केन्द्र राखिएको छ । खोप अभियानलाई सहज, सुलभ र प्रभावकारी ढङ्गमा सञ्चालन गर्न पालिकाभर खोप कार्यकर्ता तथा स्वयंसेवक गरी २५७ जना जनशक्ति परिचालन गरिएको छ । आउँदो असार १४…
धनुषाको मिथिला न।पा। ( २ मा स्थित सतलोक आश्रम धनुषामा जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा उहाँको ३७ औं बोध बोध दिवस र कबीर परमेश्वरको ५०६ औं निर्वाण दिवसको उपलक्ष्यमा फाल्गुन ५ गते देखि ८ गते सम्मका लागि आयोजना गरिएको सन्त गरीबदासजीको अमर ग्रन्थको खुल्ला पाठ तथा विशाल भन्डारा कार्यक्रमको आज तेस्रो दिन अनुयायीहरु द्वारा ७२ युनिट रक्तदान तथा १० नव जोडीहरुको दाइजोरहित रमैणी विवाह सम्पन्न भएको छ। यस कार्यक्रममा महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत अन्य विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो। सन्त रामपालजी महराजले आफ्ना पुज्य गुरु स्वामी रामदेवानन्दजी महाराजबाट सन् १९८८ फरवरी १७ को दिन मन्त्र…
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक सदनबाट विश्वासको मत पाएका छन् । आज सदनमा उपास्थित १०४ सांसद मध्ये उनको पक्षमा ६९ मत परेको छ । विपक्षमा भने ३५ मत परेको हो ।उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।गत माघ ९ गते जनमतका दुई मन्त्रीले सरकार छाड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कानुन व्यवस्था अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन् ।मधेश प्रदेश सभामा १०७ सांसद छन् । एमालेका सबैभन्दा धेरै २४, कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।नागरिक उन्मुक्ति पार्टी,…
गौरव जङ्ग कुवर/हाल कुवेत । परदेशी भूमिमा डेढ दशक बिताउँदा स्वरूप पूरै फेरियो । तर पनि मैले मुक्ति पाउन सकेको छैन । खाडीले स्वरूप बदलेको बदल्यै छ । देश छाडेर परदेशी भूमिमा आई मैले बनाएको बाटो, मैले बनाएको गगनचुम्बी भवनमा अब मेरो सेल्फी नसुहाउने भइसक्यो झैँ लाग्न थालेको छ । त्यो कालो झोलामा सपना बोकेर हिँडेको । त्यही झोलाको सिरानी हालेर सुतेको । झोला बोकेर हिँड्दा मेरो मात्र सपना थिए । दिन बित्दै जाँदा मेरा सपना साझा भए । देश छाड्दा देखेका सपना १५ वर्ष बित्दा पनि पूरा हुने छाँटकाँट छैन । यहाँ दिनरात, भोक निद्रा नभनी कमाएको पैसा बालबच्चाको…
महन्थ कुमार कापर/सिराहा । उमेरले अहिले २६ वर्ष लागेँ । तर परदेश बस्न थालेको करिब ७ वर्ष हुन लाग्यो । बाध्यताले गर्दा १९ वर्षको उमेर मै मलेसिया जानु पर्यो । त्यहाँ ६ वर्ष काम गरेर फर्किएको ८ महिना मात्रै हुँदै छ । तर म यो देशमा टिक्न सकिंन । त्यसैले फेरि जाँदै छु खाडीको देश यूएई । बुवा आमा सोझा छन् । सम्पत्ति पनि छैन । घरको चुलो परदेश नगई बल्दैन । अझ हामी तराईको मान्छेलाई त बहिनीको बिहे गर्नु पर्ने अर्को ठुलो जिम्मेवारी हुन्छ । मेरो काँधमा पनि दुई बहिनीको बिहेको जिम्मेवारी छ । त्यसैले पनि परदेश जानु परेको…
भ्रष्टाचारको ताल र पोखरीमा माछा त साना र ठूला सराबरी नै छन्, तर जतिपल्ट जाल हाने पनि ठूला माछा उम्केको उम्कै, जालमा पर्ने र अल्झने साना माछा मात्रै । जाल हान्नेको आँखा पनि सानो माछातिर मात्रै सोझिने, ठूलो माछो देख्यो कि तर्सने ! ठूला माछाको जगजगी भएको ताल र पोखरीमा जतिपटक जाल हान्दा पनि साना माछा मात्रै परिरहेपछि मान्छेहरूले स्वाद मान्न छाडे । जालमा ठूला माछा पनि पार्नुपर्ने दबाब बढ्यो । बेला बेला जालमा ठूला माछा नपारे जाल हान्ने ठाउँबाट हटाएर आफैँलाई अर्कोले जालमा पर्ने त्रास भो । त्यसैले अहिले आफ्नै हातमा जाल भएको बेला अर्कोलाई समातिहाल्नुपर्छ भनेर उनी पोखरी…
तीनै तहका सरकारमा सार्वजनिक बिदा दिने विषयमा बेथिति बढ्दै गएको छ । बेला बेला सङ्घीय सरकारले नै नचाहिने विषय र निहुँमा बिदा दिएको भन्दै आलोचना हुने गरेको छ । तर पालिकामा त सार्वजनिक बिदामा ठूलै मनोमानी भइरहेको छ । स्थानीय पर्व, उत्सव र सांस्कृतिक तथा ऐतिहासिक विषयमा दिइनुपर्ने बिदाहरु अहिले भने साह्रै सस्तो र आलोचित हुन थालेका छन् । नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पालिकाले सार्वजनिक बिदा दिन पाउने व्यवस्था छैन । तर बिदा दिन नपाइने भनेको पनि छैन । त्यसैले त पालिकाहरुलाई हाइसञ्चो छ, चाहिने/नचाहिने विषयमा बिदा दिने अनि सरकारी कामकाज ठप्प । पालिकाहरुको बिदामा मनपरीबारे…