Author: Radio Jay Madhesh
Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399
मिथिला माध्यमिकी परिक्रमा आज दोश्रो दिन भारत स्थित कल्नाको लागि प्रस्थान गरेको छ । पहिलोदिन आइतबार राति जनकपुरको हनुमाननगरमा बिश्राम गरेका परिक्रमा यात्री आज बिहानैदेखि कल्नाको लागि प्रस्थान गरेका हुन् । साधु सन्त, किशोरी तथा बिहारी जीको डोलाका साथमा हजारौ श्रद्धालु तथा भक्तजनहरुको टोली भारतको कल्ना जाँदै छन् । कल्ना पुगेपछि पोखरीमा स्नान गरी कल्याणेश्वर भगवानलाई पूजापाठ गरी रात्रीकालीन बिश्राम पनि आज कल्नामा नै गर्नेछन् । त्यसपछि भोलि बिहानै परिक्रमा भारतकै गिरिजा स्थान फुलहर प्रस्थान गर्नेछन् । भोली गिरिजास्थान, फुलहर हुँदै मठिहानी, जलेश्वर, मडै, धु्रवकुण्ड, कञ्चनवन, पर्वता, सतोषर, औरही, बिशौल हुँदै पुनः कल्ना पुगी १५ औं दिनमा परिक्रमा टोली जनकपुर…
मधेस केन्द्रित तीन दलबीच कार्यगत एकता हुने भएको छ । जनमत पार्टी, जनता प्रगतिशील पार्टी र तराई–मधेस लोकतान्त्रिक पार्टीबीच कार्यगत एकताको घोषणा गरिएको हो । जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेन्द्रचन्द लालले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै कार्यगत एकताको घोषणा गरेका हुन । तीन दलले वर्तमान परिस्थितिमा छलफल तथा सहकार्यका लागि सातबुँदे सहमति गरेका हुन् । “वर्तमान परिस्थितिप्रति चिन्तित र सजग हुँदै समस्याको दीर्घकालीन समाधानका लागि प्रयत्नशील रहने प्रणका साथ तीन पार्टी छलफल तथा सहकार्य गर्न सहमत भएका छौँ”, संयुक्त विज्ञप्तिमा भनिएको छ । मधेस केन्द्रित तीन दलको सहमतिअनुसार…
कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै चिन्तित भएका छन् । पीडितले आफूहरूको रकम फिर्ता हुनुपर्ने माग राखेपछि कर्णले ट्र्याक्टर नपाउने सबैको रकम फिर्ता गरिदिने जनाउँदै विभिन्न मितिका नबिल र ग्लोबल आइएमई बैंकको चेक सहीछाप गरी पीडितलाई दिएका थिए । पीडितले पटक–पटक बैंक जाँदा पनि उक्त खातामा रकम नभएको जानकारीपछि चेक अनादारमा बैंकिङ कसुरसम्बन्धी जिल्ला प्रहरी प्रशासन कार्यालयमा बैंकको अनादार चेक रिपोर्टसहित निवेदन दिएका बताइएको छ । प्रहरी कार्यालय सिरहाका अनुसार…
पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत रुपमा सुरु भएको छ । नेपाल र भारतका हजारौँ श्रद्धालु भक्तजनहरुको सहभागीता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ । यात्राका लागि आज बिहान धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरू प्रस्थान गरेका छन् । कौचरीको मिथिला विहारी, जनकपुरको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरको अन्य डोला हनुमानगढीमा आज जम्मा हुने मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले जानकारी दिएका छन । अठारौँ शताब्दीदेखि धार्मिकयात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आइएको छ । धार्मिकयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर…
नवनियुक्त उप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवसहित दुई मन्त्रीले आइतबार मन्त्रीको शपथ लिएका हुन्। यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका छन्। नेता नवलकिशोर शाह वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्। आइतबार शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै यादवले संघीय तथा प्रादेशिक अस्पतालहरुमा शल्यक्रियाको समय लिन विरामीको लामो लाइन हुने अवस्था रहेकाले घरैबाट शल्यक्रियाको समय लिन सक्ने निर्णय गरेका हुन । बिरामीहरु लामो लाइन बसेर उपचार सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने भन्दै उनले सहज बनाउदै बिरामीले समयमै उपचार सेवा पाउने गरी अनलाइन एवं डिजिटल…
सिरहाको गोलबजारमा एक जना महिलाको हत्या भएको छ । गोलबजार नगरपालिका ६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिताकुमारी साहको शुक्रबार राति हत्या भएको हो । सिलौटो ढुंगा प्रहार गरी हत्या भएको जस्तो देखिएको सिरहाका प्रहरी उपरीक्षक एसपी सन्तोष आचार्यले बताएका छन । उनका अनुसार अनुहारमा ढुंगाले हिर्काएको चोट देखिएको छ । सुत्ने खाट नजिकै अनिताको शव फेला परेको हो । मृतक अनिताका पति समेत घाइते छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । साह दम्पती गत एक वर्षदेखि स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका थिए । राति २ बजे मात्र यो घटना विषयमा…
जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । जसपाका प्रमुख सचेतक प्रदीप यादवका अनुसार उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री बन्नेछन् । त्यस्तै सुशीला श्रेष्ठलाई राज्यमन्त्रीमा पठाउने निर्णय भएको छ । प्रदीप यादव र नवलकिशोर साहमध्ये एक जना वनमा पठाउने केन्द्रीय कार्यकारिणी समितिको निर्णय भएको छ । प्रदीप यादवले भने, अध्यक्षज्यूको नेतृत्वमा जाने निर्णय भयो । एकजना राज्यमन्त्री र एक जना अर्को मन्त्री अध्यक्षले नै टुंग्याउने जिम्मेवारी दिइएको छ ।
जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा नजाने भएको छ । मधेस प्रदेश सरकारको नेतृत्वको सुनिश्चित नभएसम्म सरकारमा नजाने निर्णय गरेको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले सङ्घीय सरकारमा सहभागी हुनका लागि मधेस प्रदेशको सरकारलाई बटमलाई बनाएको जसपाका कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले बताएका छन । उनले भने, ‘हामीले मधेस प्रदेशको सरकारलाई नेतृत्व गरिरहेका छौँ, त्यसको निरन्तरता हामीले पाउँछौँ कि पाउँदैनौ त्यसको सुनिश्चित हुनुपर्छ, हामीले मधेस प्रदेश सरकार पाएनौ भने सङ्घीय सरकारबारे सोच्न बाध्य हुन्छौँ ।’ जसपाको आधार क्षेत्र मधेस हो र अहिले मधेस प्रदेश सरकारको नेतृत्व उसले गरेको छ । त्यसलाई कुनै पनि हालतमा निरन्तरता दिन चाहन्छ । अहिलेको…
प्रहरीले मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुश्वाहासहित १६ जनालाई बालुवाटार क्षेत्रबाट पक्राउ गरेको छ । समितिका प्रवक्ता निर्ग नवीनका अनुसार अध्यक्ष कुश्वाहासहित १६ जनालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको गेट नम्बर ३ नजिकैबाट पक्राउ गरिएको हो। बालुवाटारमा मार्चमा जाने तयारी गरिरहेका बेला प्रहरीले घेरा हालेर उनीहरूलाई पक्राउ गरेको प्रवक्ता नवीनले बताएका छन । कुश्वाहा सरकारसँगको वार्ता टोलीका संयोजकसमेत हुन् । पटक पटक सरकारसँग वार्ता भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन । सरकारले समस्या हल गर्ने बताए पनि नभएपछि विभिन्न जिल्लाबाट पैदलै न्याय मार्च गर्दै काठमाडौं आइपुगेका छन् ।
सप्तरीमा बुधबार विहान भर्याङबाट लडेर एक सहायक प्रहरी हवलदारको मृत्यु भएको छ । सर्लाही बलरा नगरपालिका १० सिंह टोल घर भई ईलाका प्रहरी कार्यालय बोदे बरसाईनमा कार्यरत बर्ष ३३ को सहायक प्रहरी हवल्दार कृष्ण मोहन सिंहको भर्याङबाट लडेर मृत्यु भएको हो । राति १० बजे डियुटी सकेर आफ्नो कोठामा सुतेका सिंह अचानक बुधबार विहान ३ः४० मा भर्याङबाट लडेर तल झरेको इलाका प्रहरी कार्यालय बोदेबर्साईनले जनाएको छ । डियुटीमा रहेका सेन्ट्रीले आवज सुनेपछि तत्कालै स्थानीय जीवन ज्योति हस्पिटल प्रा।लि।मा उपचारका लागि भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि तत्कालै छिन्नमस्ता हस्पिटल राजविराज पठाएकोमा हस्पिटलले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरी…