Author: Radio Jay Madhesh
Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399
जनता समाजवादी पार्टी जसपाका पूर्व मन्त्री तथा निकट वुद्धिजिवी नागरिक समाजले मधेश सरकारको काम कारवाही जन अपेक्षा अनुरुप नभएको ठहर गरेको छ । मधेश प्रदेशमा ६ वर्षदेखि निरन्तर जसपा नेतृत्वको सरकार छ । मधेश सरकार जनअपेक्षा अनुरुप काम नहुँदा यसले सम्पूर्ण आन्दोलन र मुद्दालाई नै ओझेलमा पार्न सक्ने खबरदारी गर्दै १६ बुँदे माग अघि सारेका छन् । मधेश सरकारका पूर्व आन्तिरिक मामिला तथा गृहमन्त्री ज्ञानेन्द्र कुमार यादवको नेतृत्वमा गएको समूहले मुख्यमन्त्री सरोजकुमार यादवलाई आज बिहान ज्ञापन पत्र बुझाउँदै प्रहरी समायोजन, प्रदेश लोकसेवा मार्फत कर्मचारी पदपूर्ति लगायतको माग अघि सारेका हो । प्रहरी प्रशासन समायोजन, एकल अधिकार सुची अन्तर्गत आवश्यक कानुन…
नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गए राति देखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि देशका विभिन्न ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६८ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५५ रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७० रूपैयाँ…
उपेन्द्र यादवको असली मालिक को हो यस तस्बिरले प्रस्ट पार्छ भनी धनुषालगायत विभिन्न जिल्लामा पोस्टर टाँसेर उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको चरित्र हत्या गर्ने दुई जनालाई प्रहरी पक्राउ गरेको छ । धनुषा प्रहरीका अनुसार पङ्कज झा र मनिष पूर्वे रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख मित्रबन्धु शर्माका अनुसार फागुन २६ गते राती लुकिछिपी सो पोस्टर टाँसिएपछि टाँस्ने व्यक्तिको खोजी भइरहेको थियो । उनीहरूलाई बुधवार राती पक्राउ गरेको छ । उनीहरूको बारेमा थप छानबिन भइरहेको उनले बताए । धनुषाको लादोबेलाबाट पक्राउ परेको झा र पूर्वे राष्ट्रिय एकता अभियानको कार्यकर्ता रहेको प्रहरी स्रोतले जनाएको छ । यस कार्यमा अझै…
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले विश्वासको मत पाएसंगै मधेश प्रदेश सरकार पुनर्गठनको तयारी थालिएको छ । जसपाबाट मुख्यमन्त्री रहेका सरोजकुमार यादव बुधबार काठमाडौंबाट मधेश फर्केर सरकार पुनर्गठनको तयारी गरेका हुन् । उनले सरकारमा सहभागिताको विषयमा आज नेकपा एमालेसित छलफल गर्ने भएका छन् । नवनियुक्त प्रदेश प्रमुख आएसंगै सरकार पुनर्गठन गर्ने तयारीमा मुख्यमन्त्री यादव छन् । नेपाली काँग्रेसलाई सरकारबाट हटाएर एमालेलाई सरकारमा लैजाने मुख्यमन्त्रीको तयारी छ । जसको लागि मुख्यमन्त्री यादवले काँग्रेसका मन्त्रीहरुलाई राजिनामा गर्न लगाउने मुख्यमन्त्री सचिवालयय स्रोतले जनाएको छ । स्रोतका अनुसार काँग्रेसलाई हटाएपनि केन्द्रमा गठबन्धनमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई मधेश सरकारमै यथावत राख्ने मुख्यमन्त्री यादवको रणनीति छ ।…
सर्लाहीमा मन्दिर तोडफोड गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मलंगवा नगरपालिका ८ का ३३ वर्षीय राकेश बैठा छन् । सदरमुकाम मलंगवास्थित दुई मन्दिर तोडफोड गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । मलंगवा नगरपालिका ८ स्थित राजदेवी मन्दिर र वडा नं। ९ स्थित झिलमिलिया माई मन्दिरभित्र रहेको मूर्ति तोडफोड गरेको आरोपमा बैठालाई पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतोले जानकारी दिएका छन । मंगलबार साँझ बैठाले मन्दिर तोडफोड गरेको प्रहरीले जनाएको छ । बैठालाई धर्मसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
देशभर तापक्रम बढ्न थालेको छ । तराईका केही ठाउँमा गर्मीले जनजीवन नै प्रभावित हुन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अब पानी परे पनि सबैतिरको तापक्रम बढ्दै जाने मौसमविद्को भनाइ छ । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज केही ठाउँमा बदलीसँगै हल्का वर्षाको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक–दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । आज लुम्बिनी प्रदेशका केही ठाउँमा हावा–हुरीको समेत सम्भावना रहेको…
दाइजोमा सुनको सिक्री नपाउँदा विवाह मण्डपमा एक कर्मचारी बेहुलाले बिहे नै रद्द गरेका छन् । बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहले गए राति सोयम्बरपछि विवाह मण्डपमा बिहे रद्द गरेका हुन् । बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् । उनको पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीसँग राति बिहे थियो । विवाहको लागि स्वयम्बर विधि भइसकेपछि विवावह मण्डपमा बेहुला साहले सुनको सिक्री नदिएको भन्दै विवाह इन्कार गरेपछि विवाद भएको थियो । बेहुलाले जन्ती फर्काउन खोज्दा प्रहरी पुगेर बेहुलासहित ८ जनालाई पक्राउ गरेको छ । बिबाद भएपछि गएर बेहुला पक्षका ८ जनालाई…
इस्लाम धर्माम्बलम्बीको महान पर्व रामजान रोजा आजदेखि सुरु भएको छ ।खाडी मुलुक साउदी, कतारलगायतका देशहरुमा सोमबारदेखि नै रोजा सुरु भए पनि नेपाल, भारत, पाकिस्तान, बगंलादेश लगायतका दक्षिण एसियामा भने मंगलवारदेखि रोजा सुरु भएको छ । सोमबार साँझ मुस्लिम समुदायले आकाशमा चन्द्रमा देखेपछि जनकपुरधाममसहित नेपालभरका मुस्लिम समुदाय रोजा गर्दै छन् । रोजा व्रत हरेक मुस्लिम सामुदायका बालिग महिला तथा पुरुषमा अनिवार्य गरिएको छ । इस्लाम धर्मका ५ वटा आधार स्तम्भ इमान, नवाज, रोजा, जकात, हजमध्ये रोजा तेस्रो नम्बरको हो । इस्लामिक महिना श्रावणको समाप्तिसंगै रमजानको पहिलो चन्द्रमा मुस्लिम समुदायले देखे पछि रमजान शुरु हुने गर्छ । इस्लामिक महिना रमजान ३० दिन…
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आइतबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिँदै उनले पदबहाली गरेका हुन् । स्वास्थ्यमन्त्रीका रूपमा यो उनको दोस्रो कार्यकाल हो । यसअघि २०७५ जेठ १८ देखि करिब डेढ वर्ष उनी स्वास्थ्यमन्त्री भएका थिए । पदबहाल गरेलगत्तै मन्त्री यादवले दुईवटा निर्णय गरेका छन् । निजामती ऐनमा स्वास्थ्य सेवा ऐन समायोजन गर्न कार्यदल बनाउने र संघीय अस्पतालहरूमा उपचार र शल्यक्रियालाई सहज बनाउन डिजिटल प्रणाली लागू गर्ने निर्णय उनले गरेका हुन् । यादवले चार वर्षपछि पुनः स्वास्थ्य मन्त्रालयको जिम्मा लिन पाउँदा आफू हर्षित भएको बताएका छन । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार…
सर्लाहीमा साईकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् । साईकल यात्री कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतो गम्भीर घाइते भएपछि ठक्कर दिने बसलाई स्थानीयले जलाएको हो । नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे उनलाई ठक्कर दिएको थियो । घटना लगतै स्थानीयले बसमा आगजानी गरेको प्रहरीले जनाएको छ । महतोको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।