Author: Radio Jay Madhesh

Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399

मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सुराकीको नाममा मन्त्री र सचिवलाई दिंदै आएको खर्च कटौतीको निर्णय गरेको छ । मंगलबार गृह, सञ्चार तथा कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले खर्च कटौतीको निर्णय गरेका हुन् । सोमबार भौतिक पूर्वाधारमन्त्रीको शपथ लिएका उनले मंगलबार गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पनि पाएका थिए । मंगलबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्रीले पहिलो निर्णय नै सुराकी खर्च कटौतीको गरेका हुन् । मधेश सरकार स्थापना कालदेखि पहिलेको आन्तरिक मामिला र वर्तमानको गृह संचार तथा कानुन मन्त्रालयका मन्त्री, राज्यमन्त्री र सचिवहरुले सुराकीको नाममा मनोमानी ढंगले रकम लिँदै आएका छन्…

Read More

सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले मंगलबार राति साढे एक बजे सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तोकोसी नदीबाट उक्त गाँजा बरामद गरेको हो । ५, ६ जनाको समूहले डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सह(प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन । नियन्त्रणमा लिएको गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको थापाले बताएका छन । गाँजा तस्करीमा संलग्न व्यक्तिहरू भने भागेको सशस्त्रले जनाएको छ ।

Read More

देशका धेरै ठाउँमा आज बिहानैदेखि मौसम बदली भएको छ । देशको मध्य र पूर्वी क्षेत्रका धेरै ठाउँमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी, मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित छिटपुटदेखि हल्का वर्षा तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको महाशाखाले बताएको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।…

Read More

सर्लाही प्रहरीले विभिन्न अपराधमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । सोमबार राति बरहथवाबाट प्रहरीले भारतीय नागरिक जितेन्द्र राउत र नाम खुल्न नसकेका अर्का एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लग्ने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो । गोली लागेर जितेन्द्र घाइते छन् । उनको उपचार मलंगवास्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । मोटरसाइकलमा रहेका बेला उनी दुबै जना पक्राउ परेको र सर्च गर्दा हातहतियार समेत फेला परेको बताइएको छ । पक्राउ परेका दुबै जना पेशेबर अपराधी भएको र नेपाल तथा भारतमा दर्जनौं अपराधमा संलग्न रहेको प्रहरीको दावी छ ।

Read More

महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । संसारकै लामो यात्रा मानिएको १५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत आज बिहान महोत्तरीको कञ्चनवनमा साधु, सन्त, महात्माले भगवान् रामचन्द्र र सीता माताको प्रतिमामा रङ, अबिर हालेपछि सम्पूर्ण मिथिलाञ्चलमा विधिवत् रूपमा होली प्रारम्भ भएको हो । पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिनको बासस्थानका लागि भङ्गहा नगरपालिका–९ कञ्चनवनमा पुगेका साधु, सन्त, महात्मासहित सम्पूर्ण परिक्रमा यात्रीले आज बिहान भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिमा रङ र अबिर लगाइयो भने परिक्रमामा सहभागी सयौँ साधुसन्त र परिक्रमा यात्रीले एकापसमा रङ अबिर…

Read More

मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार पदभार ग्रहण गरेकी छन । पदभार ग्रहण पश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै प्रदेश प्रमुख भण्डारीले नेपालको संविधान र कानुनको अधीनमा रही विधि प्रक्रिया अपनाएर आफूले कामकाज गर्ने बताएकी छन। उनले मधेश प्रदेशको समृद्धि र विकासका लागि सदैव आफ्नो साथ रहने भन्दै मधेश प्रदेशको उन्नतिका लागि शुभकामना व्यक्त गरेकी छन । पदभार ग्रहणपश्चात् प्रदेश प्रमुखलाई मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज यादव, एमालेका प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, एमाले नेता सुमन प्याकुरेल, पूर्वमन्त्री शत्रुधन सिंहसहितका नेताहरुले भेटेर बधाई दिए। आज प्रदेश प्रमुख भण्डारीले जनकपुरधामको जानकी मन्दिर पुगेर…

Read More

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा अङ्कुर साहलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । सो अवसरमा मुख्यमन्त्री यादवले नवनियुक्त उपकुलपतिलाई गर्व गर्न लायक काम गर्न निर्देशन दिएका छन। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरेन्द्रप्रसाद सिंहले डा साहको कार्यकाल अब्बल र सोचेभन्दा राम्रो होस् भनी शुभकामना व्यक्त गरेका छन।

Read More

महोत्तरीको भंगहा नगरपालिका ९ स्थित कञ्चनवनमा आज १५ दिने मिथिला माध्यमिकी परिक्रमा यात्रीहरुले आपसमा होली खेल्ने भएका छन् ।धनुषाको कचरीबाट सुरु भएको मिथिला परिक्रमा यात्रीहरू आज कंचनवन पुगेका हुन् । आज दिउँसो परिक्रमामा सहभागी साधु सन्त, महन्थ र श्रद्धालुहरू आपसमा रंग अविर खेलेर होलीको शुभारम्भ हुने गर्छ । त्रेतायुगमा भगवान राम र माता सीता कञ्चनवनमा होली खेलेको जनविश्वास छ । सोही विश्वासका आधारमा परिक्रमा यात्रीहरू रंग अविर खेल्ने गर्छन् । पैदल खाली खुट्टा हिड्नुपर्ने यो यात्रामा हजारौँ साधु सन्त, श्रद्धालु भक्तजन सहभागी छन् । उनीहरू भगवान राम र सीताको डोलाका साथसाथ नेपालको १ सय ७ र भारतको २६ गरी १…

Read More

प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको हो । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते हृदयघातका कारण निधन भएपछि रिक्त रहेको स्थानमा उनी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य भएकी थिइन् ।

Read More

पुल निर्माणले पूर्णता नपाएको भन्दै जनकपुर ढल्केवर सडकखण्डको सपहीमा चक्काजाम गरिएको छ । धुलोधुवा उडेर आजित र आवतजावतमा समस्या भएको भन्दै स्थानीयले आज बिहान ९ बजेदेखि सपहीमा सडक अवरुद्ध गरेका हुन् । यथाशीघ्र पुल निर्माणले पूर्णता पाउनु पर्ने माग गर्दै दिउँसो चक्का जाम गरेको स्थानीय पप्पु कुमार साहले बताएका छन । सडक अवरुद्ध आवतजावतमा कठिनाइ भएको छ । अन्य बैकल्पिक बाटो प्रयोग गरि सर्वसाधारण आउजाउ गरिरहेका छन् ।

Read More