Author: Radio Jay Madhesh

Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399

आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिन आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि सोमबार र जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा मंगलबार र बुधबार होली पर्व मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ । सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रुपमा होली पर्व मनाउने गरिन्छ ।

Read More

मधेश प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले शुक्रवार समर्थन फिर्ता लिएको पत्र प्रदेश सभामुख, प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई पठाएका छन् । मुख्यमन्त्री सरोज कुमार यादवले पछिल्लो पटक गरेको मन्त्रिमण्डल पुनर्गठनमा नेकपा एमालेलाई सरकारमा सहभागी गराउँदै कांग्रेसलाई हटाएका थिए । सरकारबाट बाहिरिएको पाँचौ दिन कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिएको छ । कांगेसले समर्थन फिर्ता लिए पनि सरकार भने संकटमा रहेको देखिदैन । एमालेले सरकारलाई समर्थन गरेपछि सरकारसित पूर्ण बहुमत छ । केन्द्रमा रहेको संघीय गठबन्धन परिवर्तन भएसँगै प्रदेशहरुमा पनि कांग्रेसलाई सरकारबाट हटाइएको छ । कांग्रेसका प्रदेश प्रमुख रहेका प्रदेशमा अब एमालेका…

Read More

भोलि र पर्सिको होली पर्वमा समेत पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पर्सि सोमबार सम्मै पानी पर्ने सम्भावना छ । केहीबेर मौसम खुले पनि पर्सिसम्मै बदली र वर्षाको सम्भावना रहेको छ । भोलि आइतवार पहाडी भेगमा र पर्सि सोमवार तराई भेगमा होली अर्थात फागु पूर्णिमा मनाईँदैछ । होलीमा रंग र अबीरसँगै पानीसमेत खेलेर रमाइलो गर्ने चलन छ । आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी क्षेत्रका केही ठाउँमा बदली र वर्षा हुने मौसमविद् झाले जानकारी दिएका छन। मध्य र पूर्वी भेगमा गएको बुधबारदेखि वर्षा र बदली भइरहेको हो…

Read More

मधेस प्रदेशको सिरहाबाट स्रोत नखुलेको १० लाख रुपैयाँ सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा न। ६ सितापुर बस्ने ३० वर्षीय मुकेश कुमार साह छन् । उनलाई प्रहरीले बुधबार लहान नगरपालिका वडा न १ गोलचक्कर स्थित प्र ०१२–०१–००२ प ३९६९ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकलमा सवार भई जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा स्रोत नखुलेको राकमसहित नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ। उनले बेकेको रंङको झोलाबाट स्रोत नखुलेको १० लाख १ हजार ६३० रुपैयाँ बरामद गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरी पठाएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले बताएका छन ।

Read More

सप्तरीमा छोराले बञ्चरो प्रहार गरी बुबाको हत्या गरेका छन् । घरायसी बिबादमा सप्तकोशी नगरपालिका ३ का ४५ वर्षीय हिराइ सदाको हत्या भएको हो । उनका छोरा २२ वर्षीय लालदेव सदाले बन्चरो घाँटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन । बुवालाई बन्चरो प्रहार गर्दै गरेको देखेर बचाउन गएका छिमेकी दशन सदा माथि समेत लालदेवले आक्रमण गरी घाईते बनाएको र उनको फत्तेपुर स्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको डिएसपी रायले जानकारी दिएका छन । आईन्दा कुटपिट र झै– झगडा नगर्ने शर्तमा अभिभावकको रोहबरमा प्रहरीबाट छाडिएका लालदेवले त्यसको १२ घण्टा नबित्दै आफ्नै बुवाको हत्या गरेका हुन…

Read More

मिथिला माध्यमिकी परिक्रमा बिहीबार औरही पुगेको छ । धनुषाको मिथिलाविहारी नगरपालिका–८ कचुरीमा रहेको मिथिलाविहारी मन्दिर तथा जनकपुरधाममा रहेको सुन्दर सदनबाट मिथिला विहारी तथा किशोरीजीको डोलाको नेतृत्वमा प्रारम्भ हुने १५ दिवसीय यात्रा जनकपुरधामको वरिपरिका विभिन्न धार्मिक स्थलहरुमा विश्राम गर्ने गरेका छन् । भारत बिहारको कल्याणेश्वर स्थानबाट संकल्प सहित प्रारम्भ हुने परिक्रमा यात्रा पहिलो दिन फुलहर ,दोस्रो दिन महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कंचनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर हुँदै बिहीबार औरही पुगेको छ । गर्मी बढेपछि यात्रीहरु चिसोका कपडाहरु नलिई सामान्य कपडा लिएर परिक्रमा गएका थिए तर, बुधबार पानी परेपछि उनीहरुलाई समस्या भोग्नु परेको छ । यात्रीहरु बिहीबार औरही बाट भारतको…

Read More

धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । जनकनन्दनी गाउँपालिका २ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको गए राति हत्या भएको हो । हत्या आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । राति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला मोबाइलमा भिडियो हेर्ने विषयमा बिबाद हुँदा नदाफको दुईजना साथीले घाँटीको चिउँडो छुराले रेटेर हत्या गरेको धनुषाका डिएसपी रञ्जन अवाले बताएका छन । छुराले घाँटी रेटेपछि गम्भीर घाइते नदाफलाई उपचारको क्रममा भारत लगिएकोमा उपचारको क्रममा राति २ बजे मृत्यु भएको हो । शव घर ल्याएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए । हत्या अभियोगमा स्थानीय ३० वर्षीय सहमत नदाफ…

Read More

जनता समाजवादी पार्टी जसपाका प्रमुख सचेतक प्रदीप यादवले समन्यायिक समाज निर्माणको परिकल्पनासमेत नगरि समाजवाद उन्मुख बजेट आउन नसकेको बताएका छन् । प्रतिनिधिसभाका बैठकमा बुधबार आार्थिक वर्ष ०८०,०८१ को बजेट सिद्धान्त र प्राथमिकतामाथि छलफलमा बोल्दै प्रमुख सचेतक यादवले समन्यायिक समाजको निर्माणको परिकल्पना समेत नगरेको विनियोजन विधेयकले कसरी समाजवाद उन्मुख आधारशिला खडा हुने भन्दै प्रतिप्रश्न गरे । सो छलफलको क्रममा अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक र बलियो भनिए पनि बाह्य क्षेत्र र मुद्रास्फिति मात्र सकारात्मक हुँदैमा समग्र अर्थतन्त्र कसरी सन्तुलित रहेको भन्न सक्ने आधार रहेको उनले प्रश्न गरे । निर्वाचन क्षेत्र पूर्वाधार विकासको लागि कम्तीमा १० करोड रकम विनियोजन गर्नु पर्ने उनले बताएका…

Read More

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ । आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। गण्डकी प्रदेशका पहाडी भू भागका थोरै…

Read More

धनुषाको मिथिला न.पा. – २ मा स्थित सतलोक आश्रम धनुषामा जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा सन्त गरीबदासजी महाराजको बोध दिवसको उपलक्ष्यमा चैत्र ६ गते देखि ८ गते सम्मका लागि आयोजना गरिएको अमर ग्रन्थ साहेबको अखण्ड पाठ तथा विशाल भन्डारा कार्यक्रम अन्तर्गत दोस्रो दिन बुधबार अनुयायीहरु द्वारा हजारौं युनिट रक्तदान तथा ८ नव जोडीहरुको दाइजोरहित रमैणी विवाह सम्पन्न भएको छ। सन्त गरीबदासजी महाराजलाई वि.सं. १७८३ मा आज कै दिनमा पूर्ण परमात्मा कबीर साहेबजीले जिन्दा बाबाको भेषमा प्रकट भएर भारतको हरियाणा प्रान्त स्थित छुडानी गाउँको चौरीमा रहेको जण्डी वृक्षको फेदमा बसेर मन्त्र उपदेश दिनुभएको थियो । कबीर साहेबबाट मन्त्र दिक्षा प्राप्त…

Read More