Author: Radio Jay Madhesh
Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399
सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८,७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको भन्दै उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले तत्कालीन मेयर पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आह्वानको लागि निर्णय गरी सार्वजनिक सम्पत्तिको नोक्सानी पुर्याएको जनाएको छ । उच्च अदालत जनकपुरले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र स्थानान्तरण नगराउन आदेश दिएको थियो । त्यस्तै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र…
संघीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रदेश सरकारको नेतृत्वको भागबण्डा मिलाएका छन् । प्रदेश सरकारको नेतृत्व भागबण्डामा सत्तारुढ दलहरुबीच सहमति जुटेको उच्चस्रोतले जनाएका छन् । नेपाली कांग्रेसको नेतृत्व रहेको प्रदेशहरु नेकपा एमालेले पाउने भएको छ ।एमालेले कोशी प्रदेश सरकारको नेतृत्वलाई अनिवार्य गरेको छ ।कोशी प्रदेश सहित तीनवटा प्रदेशको नेतृत्व एमालेले मागेको छ ।त्यसमा सहमति जुटेको स्रोतले बताएका छन् । जनता समाजवादी पार्टी जसपाले मधेश प्रदेशको नेतृत्व पाउने छ ।जसपालाई अन्य प्रदेशमा नेतृत्व गर्ने संख्या नरहेकोले मधेश प्रदेश नै दिनेमा नेताहरु सहमत भएको स्रोतले जनाएका छन् ।जसपाका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनमा सहभागी हुँदा नै मधेश प्रदेशको नेतृत्वलाई ‘बटमलाईन’ बनाएका थिए ।…
जनता समाजवादी पार्टी जसपा नेपालले पार्टीको पाँचवटा मुख्य कार्यभार तय गरेको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट पार्टीका मुख्य कार्यभार तय गरिएको हो ।जसपाले पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकतलाई मुख्य कार्यभार तय गरेको छ । यसैगरी सरकार, संसद र जनसङ्घर्षलाई पनिर्यभार हुने गरी दस्ताबेजको मस्यौदा तयार गर्न लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन। उनका अनुसार वैचारिक राजनीतिक काम, सङ्गठनात्मक काम, प्रचारात्मक कामसमेत कार्यभारको रुपमा समेटिएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ नेतृत्वको समितिले उक्त मस्यौदा तयार गर्ने जिम्मेवारी पाएको उनको भनाइ छ ।
धनुषामा कारले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खुट्टापिपराका २५ वर्षीय रामबाबु साह रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएका छन । उनका अनुसार आज बिहान सवा ६ बजेतिर जनकपुर–ढल्केवर सडक खण्डमा ढल्केवतर तर्फ जँदै गरेको लक्ष्मीनियामा जनकपुर तर्फबाट जाँदै गरेको प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बी।एल।१२ सी ०९४४ भारतीय नम्बरप्लेटको कारले पछाडिबाट ठक्कर दिँदा साह गम्भीर घाइते भएका थिए । साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमै उपचारकिो क्रममा आज बिहान ७ बजे मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।…
धनुषामा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरका अन्दाजी २२ वर्षीय जिते महतो रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताएका छन । सोही ठाउँका स्थानीय २५ वर्षीय सरोजकुमार महतो गम्भीर घाइते भएका छन् । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा हुन नसकेपछि थप उपचारको लागि बाहिर रेफर गरिएको छ । डिएसपी अवाका अनुसार आज साँझ साढे ६ बजे जनकपुर ढल्केवर सडक खण्डको मिथिला नगरपालिका २ नक्टाझिजमा जनकपुरबाट ढल्केवर तर्फ जाँदै गरेको प्रदेश २–०२–००१ च ०५१२०७१२ नम्बरको एम्बुलेन्सले बाटो काट्दै गरेको…
ई–रिक्सा चार्ज गर्ने क्रममा जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २० रुपैठाकी ३६ वर्षीया गौरी देवी साही छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई–रिक्साको तार छुटाउने क्रममा उनको करेन्ट लागेको थियो । उपचारको लागि न्यूरो हस्पिटलमा लग्दा चिकित्सकले मृत घोषणा गरेको डिएसपी अवाले बताएका छन । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको छ । परिक्रमाका यात्री सोमबार जनकपुरधामको अन्तगृह परिक्रमा गरेपछि विधिवत् रुपमा परिक्रमा सम्पन्न भएको छ । अन्तगृह परिक्रमामा करिब एक लाखभन्दा बढी श्रद्धालुको सहभागिता रहेको अनुमान गरिएको छ । माध्यमिकी परिक्रमा भाग लिन नसकेको श्रद्धालुहरु अन्तगृह परिक्रमामा सहभागी भए मोक्षको भागी बन्ने जनविश्वास छ । नेपाल भारत दुबै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा नेपाल र भारतका साधुसन्त, महन्थ र श्रद्धालु सहभागी भएका थिए । हिन्दू धर्मको प्रसिद्ध ग्रन्थ ‘मिथिला महात्म्य’ का अनुसार यो परिक्रमा १८ औं शताब्दीदेखि सुरु भएको उल्लेख गरिएको छ । जनकपुरधामस्थित मिथिलाविहारीका महन्थ…
उदयपुरमा होली मनाएर पौडी खेल्न सुनकोशी नदी गएका तीन बालबालिका बेपत्ता भएका छन्। उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका तीन बालबालिका आइतबार बेपत्ता भएका छन्।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाका अनुसार साउने बजारका बालबालिका सुनकोशी नदीको धाप्लाङघाटम पौडी खेल्दा डुबेर बेपत्ता भएका छन्।बेपत्ता हुनेहरूमा साउने बजारका १२ वर्षीय रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर रहेका छन्।बालबालिकाहरूको समूह आइतबार दिनभर होली खेलेर धाप्लाङघाट पुगेका थिए। कोशीमा पौडिन पसेकामध्ये चारजनाको स्थानीयले उद्धार गरेको र तीनजना भने बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता भएका तीन बालबालिकासँगै पौडी खेल्न गएका चार बालबालिका भने घर फर्किसकेको प्रहरीले जनाएका छन ।
पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनपुरधाम फर्किँदै छ । १४ औं दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री आज १५ औं दिन जनकपुरधाम फर्किरहेका छन् । जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा बास बस्ने छन् । फागु पूर्णिमाको दिन पुनः आज जनकपुरधाम फर्किेरहेका परिक्रमा यात्री भोलि अन्तगरगृह परिक्रमा गरेपछि समापन हुने प्रचलन छ । अन्तरगृह परिक्रमालाई पञ्चाकोशी प्ररिक्रमा भनिन्छ । माध्यमिकी परिक्रममा सहभागी हुन नसेका धेरै मानिस अन्तरगृह परिक्रममा सामेल हुने गर्दछन् । मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा…