Author: Radio Jay Madhesh
Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399
सिरहा प्रहरीले ठुलो परिमाणमा लागूऔषध सहित तिन जना युवालाई नियन्त्रणमा लिएको छ। सिरहाको छुट्टाछुट्टै स्थान गोलबजार नगरपालिका ६ वस्ने अन्दाजीं। ३८ बर्ष को रामएकवाल गिरी , लाहान नगरपालिका १९ छर्रापट्टिको २४ वर्ष को संतोष कुमार साह र कटहा चौक वस्ने २५वर्ष को शिवनाथ महतोलाई प्रहरीले ठुलो परिमाणमा लागूऔषध सहित नियन्त्रणमा लिएको हो । विशेष सुचनाको आधारमा घरमै लुकाई छिपाई राखेको अवस्थामा गोलवजारका प्रहरी निरिक्षक शुनिल कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले घर भित्र रहेको साउण्ड बक्स भित्र प्लास्टिकको पोकामा ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ। प्लाष्टिक प्याक सहित १२।८ सय ७० मिली ग्राम लागु पदार्थ ब्राउन सुगर सहित गिरीलाई…
सिरहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ । सिरहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिव पाँच सय मिटर उत्तर महिसोथा जानेबाटो नजिकबाट हतियार देखाएर लुटिएको हो। भारतीय नम्वरको मोटरसाइकलमा आएका लुटेराहरुले स। ९ प ६३१० नम्वरको मोटरसाइकलमा रकमसहित आईरहेका पुरुषोतम यादवलाई हतियार देखाएर नगद सहित २ थान ग्लोवल आईएमई बैंको र ३ वटा राष्ट्रिय बाणिज्य बैंकको खालि चेक र मोवाईल समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। लुटिएको रकम विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ ।…
रौतहटमा ट्याक्टरको ठक्करबाट एक बालकको ज्यान गएको छ । मृत्युु हुनेमा गुजरा नगरपालिका ४ का शेख हसमुल्लाका १३ वर्षीया छोरा शेष सहनवाज छन् । धनसारबाट जंगलसैया तर्फ जाँदै गरेको ना ७ त ७५७ नम्बर को धान काट्ने ट्रेक्टरले आज बिहान सवा ७ बजे साइकलबाट बाटो काट्ने क्रममा बालकलाई ठक्कर दिएको थियो । घाइते बालकलाई तत्काल उपचारका लागि चन्द्रपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । पीडित परिवारले मृतकको शव फिर्ता ल्याई घटनास्थलमा राखेर आवतजावत बन्द गरेका छन् ।
मधेश प्रदेश सरकारले लामो समयदेखि सम्पर्कविहीन तीन सय १० सहकारी संस्थाबारे खोजबिन थालेको छ । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत असोजमा प्रदेश सहकारी ऐन, २०७९ र २५ फागुनमा सहकारी नियमावली, २०८० जारी भएपछि खोजबिन गर्दा तीन सय १० वटा सहकारी गायब भएको फेला परेको जनाएको छ । सम्पर्कविहीन हुनेमा सिराहाका एक सय २१, सप्तरीका ९४, धनुषाका ५६ र महोत्तरीका ३९ सहकारी छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत मंगलबार सूचना जारी गर्दै सम्पर्कविहीन सहकारीलाई ३५ दिनभित्र सम्पर्कमा आउन भनेको छ । ती सहकारी संस्था सम्पर्कमा नरहेको, विवरण नबुझाएको, कोपोमिस प्रणालीमा आबद्ध नभएको र कोपोमिसमा आबद्ध भएकाले पनि प्रतिवेदन…
भ्रष्टाचारसम्बन्धी मुद्दामा सप्तरीको बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवले सफाइ पाएका छन । बिशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायण सिंह राई तथा मुरारीबाबु श्रेष्ठको इजलासले भ्रष्टाचार समबन्धी मुद्दामा गाउँपालिका अध्यक्ष यादव सहित लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर बिरेन्द्र यादवलाई सफाइ दिने फैसला गरेको बिशेष अदालतका सुचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । गत साउन ३१ गते राजविराजस्थित गजेन्द्र चौक नजिकबाट लेखापाल टुकनारायण र कम्प्युटर अपरेटर बिरेन्द्रलाई योजनाको भुक्तानीको नाममा २ लाख नगद र ३ लाखको चेक लिदै गरेको अबस्थामा पक्राउ गरेको दाबी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु दुबैजना सहित गाउँपालिका अध्यक्षलाई समेतलाई प्रतिवादी बनाई बिशेष अदालतमा गत…
बसको ठक्करबाट बारामा डियुटीमा खटेका ट्राफिक प्रहरी जवानको मृत्यु भएको छ । अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको हो ।मृतक प्रहरी जवान यादव पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुर निवासी रहेको प्रहरीले जनाएको छ । जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा राति ११ बजे काठमाडौंबाट काँकरभिट्टाको लागी हिंडेको बागमती प्रदेश ०१ ००ख ६१२३ नम्बरको बसको ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार रातिको समयमा चोकमा खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो । बसलाई नियन्त्रणमा लिएको छ भने मृतक यादवको शव वीरगन्जको नारायणी बयोध्या मेडिसिटी अस्पतालमा राखिएको…
पिकअपको ठक्करबाट सिरहामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको कल्याणपुर नगरपालिका ३ इटारी प्रसाही बस्ने सुरज साहका १० वर्षीय छोरा मन साह छन् । प्र। २ ० १००१ च ०३७६ नम्बरको कुखुरा ओसारपसार गर्ने पिकअपले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा लग्ने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनापछि ठक्कर दिने पिकअप चालक फरार भएका छन् । बालकको शव पोस्टमार्टमका लागि सिरहा अस्पतालमै राखिएको छ । फरार पिकअप चालकको खोजी र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सप्तरी जिल्लामा मधेश प्रदेशका पूर्व शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवविरुद्ध कर्मचारीहरु आन्दोलित भएका छन् । मन्त्री यादवले पूर्वाधार विकास कार्यालयका प्रमुखमाथि दुव्र्यवहारको विरुद्धमा कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । कार्यालय प्रमुख प्रवीण प्रताप अधिकारीमाथि प्रदेश साँसदको टोलीद्वारा हातपात र दुव्र्यवहार भएको भन्दै उनीहरु सोमवार कार्यालयको कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रेका छन् । आन्दोलनरत कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी किरण थापालाई सोमवार ध्यानाकर्षण पत्र बुझाउँदै कारवाहीको माग गरेका छन् । जनमत पार्टीका तर्फबाट प्रदेश साँसद रहेका यादव, मो।सकिल अली, शम्भु प्रसाद साह लगायतको नेतृत्वमा रहेको टोलीले आइतवार कार्यकक्षमै पुगेर कार्यालय प्रमुख अधिकारीमाथि हातपात र दुव्र्यवहार गरेको विरुद्धमा आन्दोलनमा उत्रेका कर्मचारीहरुले जनाएका…
सर्लाहीबाट स्रोत नखुलेको २७ लाख ७५ हजार रुपैयाँभन्दा बढी रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ३ का २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अन्सारी छन् । आइतबार प्रहरीले दुवैजनाको साथबाट स्रोत नखुलेको २७ लाख ७५ हजार ९७० रुपैयाँ बरामद गरेको जनाएको छ । मलंगवा नगरपालिका ९ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेका दुवैजना हुण्डी कारोबारी रहेको सर्लाही प्रहरीले जनाएको छ । कमर आरिफ दुवै जना माथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविन कुमार कार्कीले बताएका छन ।
मधेश प्रदेश सभामा जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले आइतबार दिउँसो पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रवीण प्रताप अधिकारीलाई दुव्र्यवहार गरेका छन् । दुई वटा योजनाको चिट्ठी आफूले पठाएको व्यक्तिलाई नदिएको भन्दै निवर्तमान मन्त्री यादवले आफूलाई कार्यालयमै हातपात गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले बताएका छन । अधिकारीका अनुसार प्रदेश सरकारको रेडबुकमा रहेको १०,१० लाख रुपैयाँको दुईवटा योजनाको चिट्ठी लिन राजविराज नगरपालिका वडा नं १३का वडा सदस्य चन्द्रिका यादव आइतबार दिउँसो पूर्वाधार विकास कार्यालय राजविराज आएका थिए । कार्यालय प्रमुख अधिकारीले राजविराज नगरपालिका– १३ पिपराहीमा सामुदायिक भवन निर्माण र सोही वडाको बिषहरीयामा एकनाथको घरदेखि महावीर स्कूलसम्म आरसीसी ढलानको…