Author: Radio Jay Madhesh
Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399
हमास र हिजबुल्लाह सँग एकै पटक युद्ध गरिरहेको इजरायली आक्रमणको असर सिरियामा धेरै पर्न थालेको छ। लगातार दुई दिन उत्तरी लेबनानमा हवाई आक्रमण जारी रहेको छ। सिरियाको सीमामा भएको सो आक्रमणका कारण धेरै सिरियालीहरू पनि घाइते भएको अनुमान गरिएको छ भने केही वर्षदेखि सिरियाली शरणार्थी त्यहाँ बसोबास गरी रहेका छन्। इजरायलले सुरुवातमै आक्रमण गरेको दक्षिणी लेबनान र बेक्का उपत्यकाबाट भागेर शरण खोजन आएकाहरू पनि उत्तरी लेबनानमा नै रहेका छन्। उत्तरी लेबनानमा भएको आक्रमणका कारण उनीहरू असुरक्षित रहेको जनाइएको हो। यो समस्या बढी रहेको समयमा साउदी युवराजले इजरायल गाजा र लेबनानमा युद्ध विराम आवश्यक रहेको बताएका छन्। साउदी अरेबियाको राजधानी रियादमा…
अफगानिस्तानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज जितेको छ ।गएराती भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई ५ विकेटले पराजित गर्दै सिरिज २ १ ले जितेको हो । बंगलादेशले दिएको २४५ रनको लक्ष्य पछाएको अफगानिस्तानले रह मनुल्लाह गुरबाजको १०१ तथा अजमतुल्लाह ओमरजाइको ७० रनको मद्दतले ४८ २ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाउदै २४४ रन बनाएका थिए । योसँगै अफगानिस्तानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज २ १ ले जितेको छ । सिरिजमा पहिलो खेल अफगानिस्तानले जितेको थियो भने दोस्रो खेल बंगलादेशले जितेको हो ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएका छन । आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ । आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक…
सिरहा कारागारमा कैदीहरूले कारागारभित्रै मदिरा सेवन गर्नेदेखि अवैध लागुऔषध समेत कारोबार गर्ने गरेको सम्बन्धमा अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको छ। प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीको नेतृत्वमा छानबिन समिति गठन भएको हो। प्रहरी नायब उपरीक्षक सोतीको नेतृत्वमा जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधिसमेत रहनेगरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिएका छन । उनका अनुसार समितिले आजैदेखि काम सुरू गर्नेछन। छानबिन समितिलाई १५ दिनभित्र जिल्ला सुरक्षा समितिलाई प्रतिवेदन बुझाउने समय दिइएको छ भने छानबिन समितिले बुझाउने अनुसन्धान प्रतिवेदनका आधारमा कानुनी कारबाही प्रक्रिया अघि बढ्ने प्रजिअ दाहालले बताएका हुन। केही दिनअघि कारागारभित्रै…
मधेश प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उप निर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ , धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७,रौतहटको राजपुर नगरपालिका –६ र बाराको गढीमाई नगरपालिका–८ मा उपनिर्वाचन हुन लागेको हो ।
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सामाचकेवा मूर्तिकला निर्माण कार्यशाला हुने भएको छ । भाईबहिनीबीचको प्रेम प्रतिकलाई दर्साउने मधेशमा मनाइने समाचकेवाको लागि मूर्तिकला निर्माण कार्यशाला गरिने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकाश कोषद्धारा सो कार्यशाला शुरु हुने भएको हो । कार्यशालाको उदघाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मधेशका पर्व तिहारले सामाजिक सम्बन्धलाई सुदृढ बनाउन तथा नयाँ पुस्तामा आत्मानुशासन तथा समूह बद्ध भएर काम गर्ने संस्कार र चेतना दिनुका साथै असल जीवनशैलीको अभ्यासका लागि प्रेरित गर्ने गरेको बताएका हुन । उनले सबै चाडपर्वका पछाडि आध्यात्मिक, वैज्ञानिक र भौतिक चेतनासँग जोडिएका मूल्यमान्यता रहेको प्रस्ट पार्दै साँस्कृतिक तथा परम्परागत पर्वतिहारको…
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका शिक्षक र कर्मचारीले तलब भत्ताको माग गर्दै कार्यालयको मुल गेटमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । चालु आर्थिक वर्ष २०८१ ८२ को साउन महिनादेखि अहिलेसम्म तलब, भत्ता उपलब्ध नगराएको भन्दै नगरपालिकाको सम्पुर्ण शिक्षक तथा कर्मचारीले कार्यालयमा हिजोदेखि तालाबन्दी गरेका हुन् । आन्दोलन परिचालन समितिको अगुवाईमा सम्पुर्ण शिक्षक र कर्मचारीले हिजो कार्यालयमा धर्ना समेत दिएका छन् । दशैँ, तिहार र छठ पर्वमासमेत तलबभत्ता नपाएको कर्मचारीहरुले गुनासो पोखेका हुन । हनुमाननगर कंकालिनी नगरपालिकाको नगरसभा हुन नसकेकाले कुनै पनि आर्थिक कारोबार भने हुन सकेको छैन ।
बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनका लागि इन्टरपोलको सहयोग लिने तयारी गरेको छ। बीबीसीका अनुसार मुहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकारले हसिना सहित उनको पार्टीका अन्य फरार रहेका नेताहरूको खोजीका लागि ग्लोबल पुलिस एजेन्सी इन्टरपोल को सहयोग लिने भएको हो। यसका लागि अन्तरिम सरकारले इन्टरपोलसँग ‘रेड कर्नर नोटिस’ अलर्ट जारी गर्नका लागि आग्रह गर्ने भएको छ। बङ्गलादेशमा विद्यार्थीहरूको अगुवाईमा गत जुलाईदेखि अगस्टसम्म भएको विरोध प्रदर्शनको क्रममा ७ सयभन्दा बढीको मृत्यु भएको थियो । जुलाईदेखि अगस्टसम्म भएको विरोधमा प्रदर्शनकारीहरु माथि दमन गर्न हसिना र अवामी लीगका अन्य फरार नेताले नै आदेश दिएको आरोप लगाइएको हो ।
स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोना पराजित भएको छ । बार्सिलोनालाई आइतबार रियाल सोसि डाडले १ ० ले हराएको हो । एनोइटा रंगशालामा शेराल्डो बेकरले गरेको गोल घरेलु टिमको जितमा निर्णायक बन्न पुगेको हो । उनले ३३औँ मिनेटमा लुका सुचिकको पासलाई पोस्टको दिशा दिएर गोलमा परिणत गरेका थिए । खेलभर बार्सिलोनाले सोसि डाडको पोस्टमा एकपटक पनि प्रहार गर्न नसकेको हो । जारी सिजन बार्सिलोनाले विपक्षीको पोस्टमा एकपटक पनि प्रहार गर्न नसकेको यो पहिलो देल थियो । हारका बाबजुद बार्सिलोना १३ खेलबाट ३३ अंकका साथ शीर्ष स्थानमा कायमै रहेको छ । तर, यो हारले बार्सिलोनाले शीर्ष स्थानमा अग्रता फराकिलो बनाउने अवसर…
हाल देशका धेरै ठाउँको मौसम आज सफा रहेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकाले पहाडी भूभागमा आंशिक बदली रहेको हो । कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकरदुई ठाउँमा हल्का वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको हो ।