Author: Radio Jay Madhesh

Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399

सप्तरीको शम्भुनाथमा प्रधानाध्यापक चौधरीको जन्मदिनको अवसरमा २ सय जना छात्रछात्राहरुलाई नि शुल्क टाई र बेल्ट वितरण गरेको छ । शम्भुनाथ नगरपालिका १२ स्थित जनता आधारभूत विद्यालय सतवेदहामा वुधवार छात्रछात्रालाई टाइ र वेल्ट वितरण गरिएको हो । कार्यक्रममा मन्चासिन प्रमुख अतिथिसहित अतिथिगणहरु । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु चौधरीको अध्यक्षतामा तथा शम्भुनाथ नगरपालिकाका कार्यवाहक मेयर अनिता कुमारी चौधरीको प्रमुख आतिथ्यमा एक कार्यक्रम विच प्रधानाध्यापक चौधरीको आफनो व्यक्तिगत लगानीमा खरिद गरि २ सय जना छात्रछात्राहरुलाई टाई र बेल्ट वितरण गरिएको विद्यालयले जनाएको छ । टाई बेल्ट लिन कार्यक्रममा सहभागी छात्रछात्राहरु । कार्यक्रममा वडा नम्बर १२ का अध्यक्ष संजय कुमार साह, राष्ट्रिय प्राथमिक…

Read More

निर्वाचन आयोगले आउँदो वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपचुनावमा आचारसंहिता विपरीत गतिविधि र क्रियाकलाप भएमा तत्काल कारबाही गर्ने जनाएको छ । आयोगले सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेको पाइएमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने जनाएको हो । प्रतिनिधिसभाको इलाम क्षेत्र नम्बर–२ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ९क० मा हुने उपचुनावका लागि आयोगले गएको चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्ञालमा…

Read More

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौ शल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मे का रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरे का थिए । रामनवमीको महत्वका…

Read More

बारा प्रहरीले ६५ हजार मूल्यका भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा ६५ हजार २ सय रुपैँया बराबरका भन्सार छलीका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्लाका फरकफरक स्थानहरुमा प्रहरी चलाएको जाँच अभियानका क्रममा उक्त मूल्यका सामानहरु बरामद भएको प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जनाए । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरबाट १८ हजार मूल्यका चप्पलहरु पक्राउ गरेको उनले बताए । यस्तै कलैया–४ हनुमान मन्दिरबाट ना ५४ प ९३९१ नम्बरको मोटरसाइकलमा ल्याउदैँ गरेको अवस्थामा २८ हजारका पाउडर दूध बरामद भएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय जितपुरको…

Read More

मधेश प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले विश्वासको मत नदिने भएको छ । आज बसेको लोसपा संसदीय दलको बैठकले मधेश प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो पटक विश्वास मत तयारी गरेका छन् । जसपा नेतृत्वको मधेश सरकारको विपक्षमा मतदान गर्ने निर्णय भएको लोसपाका नेता जितेन्द्र सोनलले जानकारी दिए ।

Read More

मधेश प्रदेश सभाको बैठक केही बेरको लागि स्थगित भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिन लागेका बेला प्रदेश सभा बैठक सुरु हुने बित्तिकै जनमत पार्टीका सांसदहरुले अवरोध गरेपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन ।

Read More

बाराको सिमरामा तेल ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार रहेको हो । उहाँको उपचारको क्रममा परवानीपुरस्थित एल।एस। न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गएराती परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका वडा नं।२ स्थित नेपाल टेलिकम नजिक राजमार्गमा पछाडिबाट ठक्कर दिएको थियो । प्रहरीले ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएका छन ।

Read More

बारामा ठूलो परिमाणमा लागूऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका – ३ गम्हरीया घर भएका २० वर्षीय अनिल बैठा रहेका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका – १ पथलैयाबाट बैठालाई गत शुक्रवार राति लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार रौतहटको मौलापुरबाट काठमाडौँ जाँदै गरेको प्र। ०३–००१ ख २७०१ नम्बरको रात्रि बसलाई पथलैयामा प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यस क्रममा उक्त बसमा सवार बैठाको साथबाट डाईजापाम ट्याब्लेट २५५० पिस, नाईट्राभेट ४६६५ पिस र नोरफिन १२५० पिस बरामद भएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डिएसपी० दधिराम न्यौपानेले जानकारी…

Read More

सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै यही वैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । सो कार्यक्रममा खोप लगाउन छुटेको बालबालिकालाई खोप पनि लगाउन मन्त्रालयले अनुरोध गरेको छ । नियमित खोप लगाउन नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ । खोपले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने हुँदा सबै बालबालिकालाई नियमित खोप लगाउनसमेत मन्त्रालयले उल्लेख गरेको छ ।

Read More

धनुषामा आफ्नै बुवाको अन्तिम सँस्कार गर्न माइत आएकी एक महिलाको हत्या भएको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ४ ननुपट्टिस्थित माईत आएकी धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ७ नौवाखोर पर्साही बस्ने बर्ष ५५ की शुभ मण्डल गहुँ खेतमा मृत अवस्था भेटिएकी हुन् । शनिबार रातिदेखी नै हराइरहेकी मण्डललाई खोजबिन गर्दै जाँदा ननुपट्टीकै एक गहुँ खेतमा हत्या गरी फालिएको अवस्थामा भेटिएकी हुन् । शुभकी बुवा देवनारायण मण्डलको केही दिन अगाडी देहान्त भएपछि उनी आफ्नो बुवाको अन्तिम सँस्कार गर्न माइत आएकी बताईएको छ । विहानै उनको शव गहूँ खेतमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार, शुभको गालामा कुनै गरगहना…

Read More