Author: Radio Jay Madhesh

Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399

सुनसरीको धरान उपमहानगरपालिका(२० स्थित कार्कीछापबाट प्रतिबन्धित लागूऔषध गाजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। धनकुटाको शहिदभूमी गाउँपालिकाबाट जंगलको बाटो गाजा तस्करी गरि धरानतर्फ आउँदै गर्दा उनीहरु प्रहरीको फन्दामा परेका हुन्। पक्राउ पर्नेमा उपमहानगरपालिका(११ स्थित बिष्णु चोक बस्ने २५ वर्षीय नकुल राई, २६ वर्षीय सानु राई धरान(१८ को २० वर्षीय प्रज्वल भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नबिनकृष्ण भण्डारीले जानकारी दिए। पक्राउ परेकाहरूको साथबाट २ सय ८८ केजी लागू औषध गाँजा, तीनवटा तरबार र स्टिलको पाइप एक थान बरामद गरिएको उनले बताए । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सुनसरीबाट सातदिनको म्याद थप अनुमति लिई घटनाको थप अनुसन्धान कार्य…

Read More

इजरायल गाजायुद्धमा हमास समूहको आक्रमणबाट मारिएका धनुषाका आनन्द साहको परिवारलाई आर्थिक सहयोग गरिएको छ । धनुषा लक्ष्मिनिया गाउँपालिकाका ४ का आनन्द साहको परिवारलाई आर्थिक सहयोग गरिएको हो । मधेश प्रदेश सरकारले साहको परिवारलाई ५ लाख रुपैँया आर्थिक सहयोग उपलब्ध गराएको हो । मुख्यमन्त्री सरोजकुमार यादवले मृतक साहका बुबा सोमन साहलाई ५ लाख बराबरको चेक आज हस्तान्तरण गरेका हुन् । मधेश सरकारबाट घोषणा भएबमोजिम मुख्यमन्त्री यादवले मृतकका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । २०८० साल असोज २० गते इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमास समूहले गरेको आक्रमणबाट साहसहित अध्ययन भ्रमणमा रहेको १० जना नेपाली विद्यार्थीको ज्यान गएको…

Read More

२२ लाख हुण्डीको रकमसहित पर्साबाट दुइजना पक्राउ परेका छन् । पर्सा प्रहरीले २२ लाख हुण्डीको रकमसहित दुईजनालाई पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरबाट हुण्डीको रकमसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले बताउनु भयो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हुण्डीको रकमसहित दुईजनालाइ पक्राउ गरेको प्रहरीको भनाइ छ । बरामद रकमको स्रोतबारे अनुसन्धान भइरहेको पक्राउ परेकाहरुको नाम गोप्य राखिएको प्रहरी बताउँछ ।

Read More

जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजकभन्दा बढी हार्डवेयर तथा खुद्रा सामान बोकेको एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीबार राति करिब साढे ७ बजे ५८ लाख लाख ४१ हजार रुपैयाँ बराबरको सामान बोकेको ना ३ ख ३३२४ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा बिलबिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु बोकेको मालवाहक ट्रक ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । वीरगञ्ज २५, सिर्सियामा ट्रकलाई रोकेर जाँच गर्ने क्रममा ट्रकमा बिलबिजकभन्दा बढी सामान भेटिएको र बिलबिजक पनि शंकास्पद देखिएको थापाले बताए । नियन्त्रणमा…

Read More

नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुनेछ । नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा भिड्न लागेका हुन् ।नेपाल २०२२ फेब्रुअरीमा यही मैदानमा आईसीसी टी–२० विश्वकप छनोट ए को सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित हुँदै बाहिरिएको थियो । नेपाललाई त्यस हारको समेत बदला लिने दाउमा छ ।नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख हतियार हुन् । दीपेन्द्रको ब्याटिङ,…

Read More

आफ्नै साथीको हत्यामा संलग्न अर्का एक भारतिय युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी जिल्ला सोनबर्षा थाना ग्राम पञ्चायत पुरनदहा राजवडा पश्चिम ५ बस्ने २७ वर्षीय रञ्जितकुमार बैठा छन् । ४ साउन २०८० मा सर्लाही हरिवन नगरपालिका लखन्देही पुल मुनि टाउको फेला परेका भारतको बिहार राज्य सितामढी जिल्ला पुरौना भिलेज पोष्ट थाना मनियारी ५ बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक राजको हत्या अभियोगमा फरार रहेका बैठालाई पक्राउ गरेको हो । घटना पश्चात फरार रहेका बैठालाई खोज तलासको क्रममा गत वैशाख ४ गते राति ११ बजेको समयमा सर्लाहीको मलंगवा नगरपालिका ८ गोरखकालीस्थित लागेको महायज्ञ मेलामा…

Read More

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित विधिबाट गर्ने भएको छ । स्वचालित विधि अहिलेलाई काठमाण्डौबाट नमूनाका रुपमा कार्यान्वनमा ल्याउने तयारी छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीलाई अनावश्यक दुःख दिने नियतबाट अबका दिनमा केन्द्र निर्धारण नगर्न निर्देशन दिएपछि बोर्डले नयाँ थालनी गर्न लागेको हो । यो विधिमा हरेक विद्यालयका परीक्षार्थीको सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्याका आधारमा विद्यालय र केन्द्रको दूरी निकालेर विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको छ । सकभर औसतमा एक सय ५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी केन्द्र बाँडिएको…

Read More

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ६ स्थित महुली बजारको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । स्थानीय रामचन्द्र मेहताको घरमा बुधबार मध्यरातमा आगलागी भएको हो । आगलागीमा परि खाद्यन्न, लत्ताकपडा, फर्निचर, ग्याससिलिन्डर,चुल्हो र घर पुर्ण रुपले जलेर नष्ट भएको छ । रामचन्द्रका बुवा बस्दै आएको घरमा रामनवमीको असारमा साँझमा पुजा गरि राखिएको दियोबाट आगो सल्केको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगो ग्यास सिलिन्डरमा सल्किएपछी नियन्त्रणमा लिन समय लागेको थियो । सिलिन्डर पड्किएर ठूलो आवाज आउँदा स्थानीय त्रसित भएका थिए । आगो कन्चनरुप नगरपालिकाबाट आएको बारुण यंत्रको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीमा ५ लाखभन्दाबढीको क्षति भएको…

Read More

कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा भएको हिन्दु मुस्लिमको झडपमा परेर एक बालक घाइते भएको छ । रामनवमीको र्‍यालीमा मुस्लिम समुदायले अवरोध गरेपछि रानी क्षेत्र तनावग्रस्त बनेको थियो । राम नवमीको र्‍याली निकाल्ने क्रममा भएको झडपमा परेर एक बालक घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी नवराज कार्कीले बताए । अहिले सम्म बालकको पहिचान भने खुल्न नसकेको उनले जानकारी दिए । उक्त बालकको अहिले विराटनगर स्थित कोशी अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।

Read More

जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले फेला पारेको हो । शव महोत्तरीको मनरासिसा नगरपालिका९२ कि २३ वर्षीया प्रियंका महतोको रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बरामद गरेको हो। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

Read More