Author: Radio Jay Madhesh
Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399
सर्वोच्च अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज सुनुवाइ हुँदैछ। आइतबार सुनुवाइका लागि पेशी तोकिए पनि बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। निलम्बित सचिव टेकनारायण पाण्डेसहितका प्रतिवादीहरूले दिएको पुनरावेदनमाथि न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले थुनामा राख्न दिएको आदेश बदरको माग गर्दै उनीहरूले विभिन्न मितिमा सर्वोच्चमा पुनरावेदन दिएका थिए। यसअघि सो निवेदनमाथि न्यायाधीश कुमार रेग्मीले कैफियत झिकाउने आदेश दिएका थिए। उच्चको आदेशविरुद्ध थुनामा रहेका गृहसचिव टेकनारायण पाण्डे,पूर्वमन्त्री टोपबहादुर रायमाझी,केशव प्रसाद दुलाल,सानु भण्डारी,सागर राई,इन्द्रजित राई,गोविन्दकुमार चौधरी,सन्देश शर्मा र आङटाङ शेर्पासमेतले निवेदन दिएका थिए। नेपाली नागरिकहरूलाई भुटानी शरणार्थीका रुपमा अमेरिका पठाइदिने…
सप्तरीको छिन्नमस्ता गाउँपालिकाको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल ६ नं गण राजविराजमा सिनियर अधिकृत मेस भवन निर्माण गरिएको छ । आइतबार एक कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी र मधेश प्रदेशका सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र साहले उक्त भवनको उद्घाटन गरेका छन् । उक्त भवन निर्माण पश्चात सशस्त्र प्रहरीले खेप्दै आएको मेसको समस्या समाधान हुने पालिका अध्यक्ष चौधरीले विश्वास व्यक्त गरे । यसअघि सशस्त्र जवानको मेस दुई लाखको आर्थिक सहयोगमा छिन्नमस्ता गाउँपालिकाले निर्माण गरिदिएको समेत अध्यक्ष चौधरीले जानकारी दिए । त्यस्तै, उनले जिल्ला प्रहरी कार्यालय तथा अन्य आम नागरिकलाई दैनिक सेवा प्रवाह हुने कार्यालयमा पनि पालिकाको स्रोत साधनबाट मदत गर्दै…
चर्चित भोजपुरी अभिनेत्री अक्षरा सिंह विहिबार नेपाल आएकी थिइन् । उनले सिरहाको लहान एक्स्पोमा सहभागि हुँदै दर्शकसामु विभिन्न प्रस्तुति पनि दिइन् । भारत फर्कनुअघि उनले नेपालका ट्राफिक प्रहरीसँग नेपाली भाषा सिक्दै गरेको भिडियो यतिबेला भाइरल छ । उनी आफैले फेसबुकबाट भिडियो सेयर गर्दै नेपाली मान्छे र नेपाल रमाइलो लागेको बताएकी छन् । भिडियोमा अक्षराले नेपाली भाषा बोल्न सिकेको देखिन्छ । उनलाई भाषा सिकाउन नेपाली प्रहरीले पनि सघाएका छन् । भिडियो सेयर गर्दै अक्षरा लेख्छिन्– मायालु मान्छेहरुसँग साह्रै खुशि लाग्यो । उनले आफूलाई फेरि नेपाल बोलाउन पनि भनेकी छन् । उक्त एस्पोमा अक्षरलाई हेर्न दर्शकको भीड उर्लिएको थियो । जहाँ उनले…
वीरगन्जबाट प्रहरीले हुण्डीको २२ लाख भन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज १० आदर्शनगरस्थित माँ जगदम्बा मनि ट्रान्सफरका सञ्चालक पर्साको विन्दवासिनी गाँउपालिका(३ का ४३ बर्षिय अजय साह र बाराको कलैया उपमहानगरपालिका(२३ का ३८ बर्षिय अर्जुन राउत कुर्मी रहेका छन्। वीरगन्ज १० आदर्शनगरस्थित रुंगटा मलभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरबाट गत शुक्रबार दिउँसो अढाइ बजेतिर वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वको टोलीले उनिहरुलाई पक्राउ गरेको हो। उनिहरुको साथबाट श्रोत नखुलेको १ हजार दरको नोट १ हजार ९ सय ५५ थान,।५ सय दरको नोट ५ सय थान र एक सय दरका नोट ७ थान…
सप्तरीको कञ्चनरुप नगरपालिका–५ पडेमराको सरदार टोलमा भएको आगलागीमा परी २४ वटा घर जलेर नष्ट भएको छ । स्थानीय लालमोहन सरदारको गाईगोठमा बालेको आगोबाट आगलागी सुरु भएको थियो । आगलागीबाट १२ परिवारको २४ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीमा परी आशा सरदारको दई वटा, लालबहादुर सरदारको दुई वटा, बिजुली सरदारको तीन वटा, बुटु सरदारको दुई वटा, करण चौधरी र समुन्द्री सरदारसहित १२ परवारको २४ वटा घर जलेको छ । उक्त आगलागीबाट घरमा भएका अन्नपात, लत्ताकपडा र दुई वटा बाख्रासहित रु २५ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुर, हनुमाननगर र…
हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पानी र हिउँ पर्ने सम्भावना छ। लुम्बिनी र कोशी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा हुरीबतासको सम्भावना…
राष्ट्रिय जनगणनाअनुसार पुरुषभन्दा महिलाको संख्या ६ लाख ५७ हजार ४ सय ७६ बढी छ। तर, संख्या बढी भए पनि साक्षरता, नोकरी, व्यापार व्यवसाय, राजनीतिमा पहुँच भने महिलाको निकै कम छ। पुरुषको तुलनामा भौतिक स्वतन्त्रता झनै कम छ। पितृसतात्मक सोचका कारण जनसंख्यामा बढी रहे पनि व्यक्तिगत घटना दर्तामा समेत महिलाको पहुँच कम देखिएको छ। वैशाख १ देखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम मनाइयो। जनसंख्यामा बढी रहेका महिलाको जन्मदर्ता भने पुरुषभन्दा सवा लाखले कम छ। राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ। जसमा महिलाको संख्या एक करोड ४९ लाख ११ हजार…
सर्वोच्च अदालतले भ्रूण र नवजात शिशुको हत्यामा संलग्न आमाहरुलाई कम सजाय गर्नुपर्ने व्याख्या गरेको छ ।असुरक्षित शारीरिक सम्बन्धबाट जन्मिएको शिशुको हत्यामा संलग्न एक किशोरीको मुद्दामा सर्वोच्च अदालतले न्यून सजाय गर्ने व्यवस्थालाई गम्भीरतापूर्वक हेरिनुपर्ने औंल्याएको हो । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएकी १७ वर्षीया किशोरीलाई २ वर्षमात्रै कैद सजाय गर्दा ‘कानुनको उद्देश्य पूरा हुने’ ठहर गरेको छ । घटनामा जोडिएका पुरुषलाई पनि सर्वोच्च अदालतले २ वर्ष नै कैद सजाय तोकेको छ । सर्वोच्च अदालतले जातक ९नवजात शिशु०को जन्म र त्यसको परिवेश तथा कसुर गर्ने महिलाको जीवन, स्वास्थ्य तथा प्रजनन हकसँगै कसुरजन्य कार्यलाई उदारतापूर्वक हेर्नुपर्ने व्याख्या गरेको छ ।
गरीब निमुखा पिडित नेपाली जनताले आँधी पेट खाएर भएपनि अर्थात आफ्नो काटेर सरकारलाइ कर बुझाएको रकमबाट तलब खाने सरकारी कर्माचारीहरू हाजिर गर्ने र आफ्नो निजी काम गरी धन आर्जन गर्न पल्केका दोहोरो चरित्रका कर्माचारीहरूलाइ सरकारले कारबाही गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने गरिएकाले त्यस्तालाई कारबाही गर्ने जनाएको छ ।मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले मन्त्रालयअन्तर्गत प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै कार्यालय समयमा उपस्थित नहुनेलाई कारबाही गर्ने जनाउनुभएको हो । उहाँले अबदेखि कार्यालयमा समयमा नभेटिने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई कानुन बमोजिम कारबाही गर्ने बताउनुभयो ।स्वास्थ्य सचिव बुर्लाकोटीले…
बालविवाह विरुद्धको जिल्ला स्तरीय कार्यशाला गोष्ठी शुक्रवार राजविराजमा सम्पन्न भएको छ । जिल्लाको १८ वटै पालिकाका जनप्रतिनिधि, महिला विकास अधिकृत र सरोकारबालाहरुको सहभागितमा सो गोष्ठि सम्पन्न भएको हो । गोष्ठिमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहले बाल बिवाहलाई न्युनीकरण गर्नसके समाजको लागी ठूलो उपलब्धी हुने बताए । उनले विगतको भन्दा अहिले बालबिवाह केही कम हुने गरेको तर, पूर्ण रुपमा बन्द नभएको प्रति चिन्ता व्यक्त गर्दै सबै सरोकारबाला एकजुट भए बालविवाह चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे । बालविवाहलाई निरुत्साहित गर्न बालबालिकाहरुलाई अनिवार्य रुपमा शिक्षित बनाउन आवश्यक रहेकोले त्यतातिर पनि सबैले ध्यान दिनुपर्ने साहले बताए । गैर…