Author: Radio Jay Madhesh

Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399

बारामा प्रहरीले बोकेको पेस्तोल हराएको छ । प्रहरीका वरिष्ठ सई पूर्ण बिसीले बोकेको पेस्तोल हराएको हो । जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी तथा प्रवक्ता दधिराम न्यौपानेले पेस्तोल हराएको पुष्टि गरे । ‘हिजो राति अपरेसनमा जाँदा हराएको हो, खोजी भइरहेको छ,’ इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत वरिष्ठ सई बिसीसहितको टोली सोमबार राति लागुऔषधको अपरेसनमा गएको थियो । सो क्रममा लागुऔषध गाँजासहित केही व्यक्ति समेत पक्राउ परेका थिए । अपरेसनकै क्रममा पेस्तोल हराएको डीएसपी न्यौपानेको भनाइ छ । वरिष्ठ सई बिसीले बोकेको १० राउण्ड गोली लोड भएको अटोमेटिक पेस्तोल हराएको हो । घटनाबारे बारा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Read More

महोत्तरीको बर्दिबासमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–२ कालापानी जंगल क्षेत्रमा बा। प्रा। ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा सर्लाहीको ईश्वरपुर–५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारका लागि जनसेवा अस्पताल, बर्दिबास लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापित गरेकाले नागरिकको जित भएको खुशीयालीमा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो । २०६२ साल मङ्सिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलनले गति लिएको थियो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा ज्ञानेन्द्र शाहले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गर्नुभयो । २०६३ जेठ ४ गतेको संसद्ले राजाको अधिकार कटौती गर्न सफल भयो । बैठकले…

Read More

सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।सोमबार मध्यरात हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्रयाक्टर बरहथवा नगरपालिका–१५ स्थित नहरको बाटोमा दुर्घटना भएको हो । दुर्घटनामा १७ वर्षका राजकुमार सिंहको ज्यान गएको हो । दुर्घटनामा परेका अन्य चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिएका छन ।

Read More

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जना पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक विनयकुमार यादव रहेका छन् । आज बिहान करिब ४ बजे यादवले चलाएर जनकपुरतर्फ आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका ६ स्थित जनकपुर ढल्केबर सडकखण्डमा अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहान करिब ६ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बताए । मृतक २८ वर्षीय यादव धनुषाधाम नगरपालिका ५ का स्थानीय बासिन्दा हुन् । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार यादवका छिमेकी…

Read More

वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौको बुढियामाइ टोलमा मंगलबार बिहान आगलागी हुदा सात वटा घर जलेर नष्ट भएको छ । आज बिहान करिब ३ बजेतिर महेन्द्र सहनीको फुसको घरमा विद्युतको तार सर्ट भई लागेको आगो छिमेकका अन्य ६ वटा घरमापनि सल्किएर आगलागी हुदाँ सहनीसहित सात वटा घर पुर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट महेन्द्र सहनी, मैना सहनी,वीरेन्द्र सहनी, तुफान सहनी, फुलदेव सहनी, अभय सहनी र अदालत साहको घर पूर्णरूपमा जलेर नष्ट भएको हो । आगलागीबाट सात घरसहित घरमा रहेको अन्नपात, लत्ताकपडा, सुनचाँदी,नगद जलेर नष्ट भएको तथा ८ वटा बाख्रा र एउटा गाई जलेर मरेको प्रहरीले जनाएको छ। आगलागीबाट…

Read More

कतारका अमिर राजा शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने भ्रमणका लागि आज काठमाण्डौ आउँदै हुनुहुन्छ । उहाँ बेलुका बङ्गलादेशको राजधानी ढाकाबाट विशेष विमानमार्फत् काठमाण्डौ अवतरण गर्ने तालिका छ ।अमिर थानीलाई आज बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुहुने भएको छ । साथै, कतारी अमिरलाई विमानस्थलको अतिविशिष्ट कक्षमा २१ तोपको सलामी दिएर सम्मान गरिनेछ । आजै बेलुका राष्ट्रपति पौडेलसँग थानीको भेटवार्ता हुनेछ । त्यसपछि सोल्टी होटलमा राष्ट्रपति पौडेलले कतारी अमिरको सम्मानमा रात्रिभोज आयोजना गर्नुभएको छ ।भोलि बिहान कतारी अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुनेछ । कतारसँग २०३३ साल माघमा नेपालको कूटनीतिक सम्बन्ध…

Read More

तराई मधेशका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन निकालेर आजदेखि आउँदो १४ गते शुक्रवारसम्म तातो हाला चल्ने जानकारी गराएको हो । तराई मधेशमा बितेको एक हप्तादेखि गर्मी बढिरहेको छ भने दुई दिन अघिदेखि तातो हावा चलिरहेको छ । तातो हावा तराई मधेशसँगै पहाडी भूभागका उपत्यका र खोँचहरूमा समेत बढ्ने महाशाखाले जनाएको छ । तातो हावाका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने, बान्ता आउने लगायतका समस्या हुन सक्छन् । तातो हावाको असरबाट बच्न बढी गर्मी हुने समयमा सकेसम्म घरभित्र…

Read More

देशव्यापी रूपमा भर्ना अभियान सञ्चालन भइरहँदा सर्लाहीमा विद्यालय उमेरका आठ हजार जनाभन्दा धेरै बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीको तथ्याङ्कअनुसार तीन हजार सात सय ९७ जना बालिका र चार हजार चार सय ८० जना बालक गरी आठ हजार दुई सय ७७ जना विद्यालय उमेरका बालबालिका विद्यालय बहिर रहेका हुन् । विशेष गरेर विपन्न, दलित तथा मुस्लिम समुदायका बालबालिका विद्यालय बाहिर रहेका शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिलकुमार कुशवाहले जानकारी दिनुभयो । तथ्याङ्कअनुसार सर्लाहीमा सबैभन्दा धेरै बरहथवा नगरपालिकामा आठ सय ३२ जना विद्यालय उमेरका बालबालिका विद्यालय नजाने गरेको पाइएको हो ।…

Read More

सप्तरीमा पोखरीमा डुबेर आज सोमवार एक जना बालकको ज्यान गएको छ । कञ्चनरुप नगरपालिका–८ भगवती मन्दिरमा रहेको पोखरीमा डुबेर वडा नम्बर ९ का विक्रम रामको सात वर्षीय छोरा विशालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । खेल्ने क्रममा विशाल राम पोखरीमा खसेका आफन्तले बताएका छन् । मृतक बालक भगवती राष्ट्रिय प्राथमिक विद्यालयको कक्षा २ मा अध्यनरत थिए । मृतक बालकको शोकमा आज विद्यालयमा बिदा दिएको प्रधानाध्यापक रिना भट्टराई आचार्यले बताउनुभयो ।

Read More