Author: Radio Jay Madhesh
Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399
आगलागीबाट घरबास गुमाएका पीडितले खान, बस्न नपाएको गुनासो गरिरहँदा सरकारले तत्काल राहत, उद्धार तथा व्यवस्थापनको काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । हिजो गृह मन्त्रालयमा बसेको आपत्कालीन बैठकमा उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सबै माध्यमको प्रयोग गरेर पीडामा परेकालाई राहत र उद्धारमा सघाउन निर्देशन दिनुभएको हो । कार्यविधि र नियमावलीको पालना गर्दै आगलागी तथा अरु विपद्मा परेकालाई तत्काल राहतका लागि ढिलाइ नगर्न सरकारले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । गृहमन्त्री लामिछानेले आगलागी र डढेलो नियन्त्रणका लागि सङ्घ, प्रदेश र पालिकाले पहल गर्नुपर्ने बताउनुभयो । केही दिनयता तापक्रम बढेसँगै देशभरि डढेलो र आगलागीका घटना बढेका छन् । गृह मन्त्रालय मातहतको…
बाल यौन दुर्व्यवहारको आरोपमा प्रहरीले विराटनगरबाट एउटा होटलका सञ्चालकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–४ नोबेल अस्पतालनजिकको माँ पाथीभरा होटलका सञ्चालक ५० वर्षीय केदार सेडाईंलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएको हो । उनका अनुसार प्रहरी टोलीले शुक्रबार साँझ सेडाईंलाई पक्राउ गरेको हो। मोरङको केराबारी घर भएकी १५ वर्षीया बालिकालाई आफ्नो होटलमा ल्याएर यौन दुर्व्यवहार गरेको आरोप सेडाईंमाथि लागेको छ । शुक्रबार बिहान ११ बजेतिर बालिकालाई दुर्व्यवहार गरेको भनेर उनीविरुद्ध किटानी जाहेरी परेको डीएसपी बस्नेतले बताएका हुन । विराटनगर–४ घर भएका सेडाईंलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। स्वास्थ्य परीक्षणलगायतका प्रक्रिया पूरा गरेर…
इलाम २ को उपचिर्वाचनमा २२ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बिहान ११ बजेसम्म २२ प्रतिशत मतदान भएको बताए । विभिन्न केन्द्रहरुमा कुनैमा २० त कुनैमा २४ प्रतिशतसम्म मत खसेको घिमिरेले बताएका छन । उनले भने, ‘कुनैमा १८र२० त कुनैमा २२र२४ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।’ इलामको दिउँसोको मौसम धेरै गर्मी नहुने देखिएपछि अधिकांश मतदाता दिउँसो मत हाल्न मतदान केन्द्रमा जाने आंकलन गरिएको छ । इलाम९२ मा सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।
महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरूद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख ९अधिकृत छैटौं० महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव(इन्जिनियर संजय कुमार मंडलविरूद्ध गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुनले स्थलगत अनुगमन गरी लागत अनुमान बमोजिमको कार्य सम्पन्न भइसकेको भनी गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनसमेतको आधारमा भुक्तानी भएको भन्दै उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को…
जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले अग्निपीडितलाई पक्की अवास निर्माणको लागि सरकारसंग माग गरेका छन् । सप्तरी तथा महोत्तरीको अग्निपीडितलाई आवास निर्माण गर्न आवश्यक व्यवस्था गर्न अनुरोध गर्दै शुक्रबार अध्यक्ष डा। राउतले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । अग्निपिडितको लागि राहतमात्रै नभई भूकम्पपिडित झैं पक्की आवास निर्माण गर्न पहलको लागि आग्रह गरिएको जनमत पार्टीले जनाएको छ ।सुख्खा मौसमा सबै ठाँउमा आगलागी हुन सक्ने अवस्था रहेकोले जिल्लाका विपद व्यवस्थापन समितिलाई तयारी अवस्थामा रहन निर्देशन दिन समेत ज्ञापनपत्र मार्फत डा। राउतले माग गरेका छन् ।ज्ञापनपत्रमा सुख्खा मौसमा तराई क्षेत्रमा पानीको हाहाकार हुने गरिएकोले प्रभावित क्षेत्रमा राहतस्वरूप पानी उपलब्ध…
सिरहाको लहानमा एक महिलाले आफ्ना पाँच वर्षीय छोराको हत्या गरेकी छन् । सखुवा ननकारकटी गाउँपालिका–५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी सरिताकुमारी साहले आफ्नो पाँच वर्षीय छोरा आयुष साहको हत्या गरेको सिरहा प्रहरीले जनाएको छ । गत बैशाख ११ गते बिहानबाट बालक आयुष फेला नपरिरहेको सूचनापछि सिरहा प्रहरीले उनलाई खोजतालस सुरु गरेको थियो । अनुन्धानमा जुटेको प्रहरीले सरिता बस्दै आएको कोठाको पलङ भित्रको घर्रामा मृत अवस्थामा बालकको शव फेला परेको थियो । प्रहरी नियन्त्रणमा रहेकी सरिताले आफ्नो छोराको हत्या गरेको स्वीकार गरेको सिरहा प्रहरीले जनाएको छ । हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मधेश प्रदेशमा एक कर्मचारीले आफ्नै कार्यालयमा कार्यरत्त एक अधिकृतका श्रीमतीलाई बलात्कार गरेको आरोप लागेको छ । मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ उपसचिव रुपेशकुमार साहमाथि बलात्कारको आरोप लागेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका– ४ स्थित तेनुवापट्टीका ४८ वर्षीय रुपेशकुमार साहमाथि पीडित महिलाले जबरदस्ती करणी सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गराएकी छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै वरिष्ठ उपसचिव साहमाथि उनीसंगै बस्दै आएका पुरुष सहकर्मीका श्रीमतीलाई डर, त्रास र धम्की देखाउँदै विभिन्न पटक बलात्कार गरेको आरोप छ । उनीमाथि बलात्कारको आरोप लागेसंगै साह दुई महिनादेखि कार्यालयमा समेत आउन छाडेका छन् । उनीमाथि जिल्ला प्रहरी कार्यालय धनुषामा…
वीरगन्जमा बिहीबार बिहान तिब्र गतिमारहेका दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किर भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ मौजे सिर्सियाका २५ बर्षिय अर्जुन पटेल रहेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २५ मौजे सिर्सियामा बिहीबार बिहान सिर्सियाबाट ड्राइपोर्ट तर्फ जाँदै गरेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आँउदै गरेको ना ३१ प ३८३५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदाँ ना ३१ प ३८३५ नम्बरको मोटरसाइलकका चालक पटेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका पटेलको वीरगन्ज हेल्थकेयर हस्पिटलमामा उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए। उक्त…
मधेश प्रदेशमा ७५ जना मात्र औलोको बिरामी भेटिएका छन् । प्रदेशका आठ वटा जिल्लाहरूमध्ये सबभन्दा बढी सर्लाहीमा २३ जना मलेरियाका बिरामी फेला परेका हुन् । सबैभन्दा कम सप्तरीमा दुई जनामा मलेरियाका कीटाणु भेटिएका छन् । चालु आर्थिक वर्षको वैशाख १० गतेसम्ममा रौतहटमा १६ जना, बारामा ११ जना, धनुषामा १० जना, महोत्तरी र पर्सामा पाँच–पाँच जना, सिराहामा तीन जना मलेरियाका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका जनस्वास्थ्य प्रशासक श्रवणकुमार नायकले जानकारी दिएका छन । मधेश प्रदेशका जिल्लाहरूमा औलो रोगको परीक्षण कम हुने गरेको छ । परीक्षण कम हुँदा बिरामी पनि कम फेला परेको हुन सक्ने उनले बताए । प्रदेशमा अहिलेसम्ममा…
कक्षा १२ परीक्षा देशभर एकैसाथ शुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सञ्चालन हुनेछ । यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी भएका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी रहेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक…