Author: Radio Jay Madhesh
Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भैइरहेको छ । यसअघि बिहिबार सुन तोलामा १ लाख ३८ हजार ७०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँ थियो ।त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र मधेश प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।देशको पहाडी भूभागका थोर स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै बाँकी भूभागका एक /दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।त्यस्तै आज राती लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी…
आउँदो मङ्गलवारसम्म देशका तराई तथा पहाडी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको छ । यो हप्ताको मध्य अर्थात् भोलि आइतवार, पर्सि सोमवार र मङ्गलवारसम्म गण्डकी प्रदेशको पहाडी भू–भागका केही ठाउँ तथा बाँकी पहाडी भू–भाग र तराई क्षेत्रका थोरै ठाउँमा मेघगर्जनरचट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।शनिबार दिउँसो पनि देशभर आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत आज एक खेल हुँदै छ ।आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७।४५ बजेदेखि शुरु हुँदै छ ।जारी आइपिएलमा गुजरात टाइटन्सले ११ खेलमा ४ जित र ७ हारसहित अंकतालिकामा पुछारमा रहेको छ । त्यस्तै चेन्नई सुपर किंग्सले भने ११ खेलमा ६ जित र ५ हारसहित १२ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ ।यस टिममा गिलसहित रिद्धिमान…
जनकपुरमा हतियार देखाएर सोमबार एक सहकारीको ८० लाख रुपैयाँ लुटपाट गरिएको छ ।धनुषा प्रहरीका अनुसार शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर हतियारधारीले ८० लाख लुटेका छन् ।बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गरेका महतोलाई मोटरसाइकलमा आएका दुई जना हतियारधारीले लुटेको उनले प्रहरीलाई बताएका छन् ।जनकपुरधाम उपमहानगरपालिका–१९ मा लुटपाट भएको र थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।
सप्तरीका नयाँ सदस्यता आबेदक पत्रकारहरुले नेपाल पत्रकार महासंघ शाखा सप्तरीको ११ औं अधिबेशन स्थलमा विरोध प्रदर्शन गरेका छन् । हामीलाई सदस्यता किन दिएन के हामी अपराधी हौ रु सदस्यताको अधिकार किन खोसियो के हामी पत्रकार होइनौ हाम्रो के अपराध भन्ने नारा उल्लेख गरिएको व्यनर प्रदर्शन गर्दै उनीहरुले विरोध जनाएका हुन् । अधिबेशन उद्घाटन समारोह सुरु भएसंगै उनीहरुले विभिन्न नारा लेखीएको कालो व्यानर प्रदर्शन गर्दै विरोध जनाएका थिए । विरोध पछि मन्चासिन नेपाल पत्रकार महासंघको केन्द्रिय प्रतिनिधिको रुपमा उपस्थित महासंघका केन्द्रिय सचिब दिपेन्द्र चौहानलाई सदस्यता पाउनु पर्नेसहितको ज्ञापन(पत्र बुझाएका छन् । प्रदर्शनकारीबीच नयाँ सदस्यता आवेदक पत्रकारहरु । नेपाल पत्रकार महासंघ सप्तरीको…
प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपचुनावको मतगणना शुरु भएको छ । बिहान ७ बजेदेखि नै मतगणना गर्ने तयारी गरिएको भए पनि सर्वदलीय बैठक बस्न ढिलाइ भएकाले केहीबेरअघि मात्रै मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । इलाम नगरपालिका–७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ । गणनास्थलमा ११ वटा सीसीटीभी क्यामेरा जडान गरिएका छन् । मतगणनास्थलमा भीड हुन नदिन चोकबजारमा रहेको ुडिस्प्ले बोर्डु मा परिणाम सार्वजनिक गरिँदैछ । मतपरिणाम एकरएक घण्टाको अन्तरालमा सार्वजनिक गर्ने घिमिरेले जानकारी दिनुभयो । हिजो सम्पन्न मतदानमा ५९ दशमलव ७९ प्रतिशत अर्थात् ६९ हजार २ सय ८७ मत खसेको छ ।…
नक्कली लाइसेन्स वितरण गर्न सहयोग गरेको आरोपमा प्रहरीले यातायात व्यवस्था विभागका पूर्वकर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिस भट्ट रहेका छन् । भट्टले करिब एक दशक करार सेवा विभागमा काम गरेका थिए । विभागमा कार्यरत हुँदा उनले नक्कली लाइसेन्स बनाउन सहयोग गरेको आरोप छ । केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी श्यामलाल ज्ञवालीका अनुसार उनलाई काठमाडौँबाट नियन्त्रण लिइएको हो । यसबारे थप अनुसन्धान भइरहेको ज्ञवालीले जानकारी दिए । उनले यो विषय यसअघि अनुसन्धान भइरहेको नक्कली लाइसेन्स प्रकरणसँग भने सम्बन्धित रहेको स्पष्ट पारेका छन् ।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन् । आज बिहान ब्रह्मपुरी गाउँपालिका(२ निवासी अन्दाजी १८ वर्षीय अरविन यादव मृत फेला परेका हुन् । बिहान स्थानीयले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अवस्था हेर्दा घटना गएरातिको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। प्रनाउ श्रेष्ठको टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको छ । युवकको हत्या भएको वा आत्महत्या के हो भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
नेपाल र वेस्ट इन्डिज ‘ए’ टोलीबीचको पाँच खेलको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि शुरु हुँदैछ । आज पहिलो खेल दिउँसो सवा १२ बजेदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । यो श्रृङ्खलाका लागि दुवै टोलीले यसअघि नै खेलाडी घोषणा गरिसकेका छन् । नेपाली टोली रोहित पौडेल र वेस्ट इन्डिज ‘ए’ रोस्टन चेसको कप्तानीमा श्रृङ्खला खेल्दैछ । हिजोमात्रै नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट सङ्घ क्यान० का सचिव पारस खड्काले अस्ति बिहीवार घोषणा भएको १६ सदस्यीय टोलीमा ४ खेलाडी थपिएको जानकारी दिए । कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल थपिएका छन् । नेपाली क्रिकेट…