Author: Radio Jay Madhesh
Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399
जनता समाजवादी पार्टी जसपा नेपालको बन्द सत्र सुरु भएको छ। जनकपुरस्थिथ तिरहुतियाधाममा सोमबार उद्घाटन गरिएको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा बन्द सत्र सुरु भएको हो। बन्द सत्रमा पार्टीको दस्तावेज, नीति कार्यक्रम प्रस्तुत गरिने छ। महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि ३० गते निर्वाचन सत्र सुरु हुने छ। २०१ सदस्य केन्द्रीय नयाँ केन्द्रीय समिति चयन गर्ने छ। हाल विधान अनुसार १५१ सदस्य केन्द्रीय समिति गर्ने प्रावधान छ। तर, विधान संशोधनको प्रस्ताव दर्ता भएकाले पारित भएर केन्द्रीय समिति २०१ सदस्यको बनाइने छ। त्यस अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत २०१ सदस्य चयन गर्ने तयारी छ। महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २,…
कञ्चनपुर वितरण केन्द्र सप्तरी अन्तर्गतको जन्डोल आय काउन्टर ने वि प्रा मधेश प्रदेश प्रादेशिक कार्यालय का निर्देशक श्री मुनिन्द्र ठाकुर द्वारा उद्दघाटन सम्पन्न भएको छ। केन्द्र प्रमुख अरुण कुमार साह ले यस आय काउन्टर बाट अग्नि साईर कृष्ण सरबन गाउँपालिका सम्पूर्ण ग्राहक, तिरहुत गाउँपालिका वडा ५ र कञ्चनपुर नगरपालिका का केही स्थान गरी करिब १२००० ग्राहक प्रत्यक्ष लाभानबित हुने जानकारी दिएका छन।यस वितरण केन्द्र को प्राविधिक प्रमुख जुही झा ले स्वागत मन्तव्य मा अब ग्राहक ले मासिक समयमै घर नजिकै काउन्टर मा गयी आ आफ्नो बिजुली को महसुल समयमा तिरी २ पर्सेन्ट क्षुट लिन सक्ने आशा व्यक्त गरेका छन। अनलाइन…
मधेश प्रदेशमा नयाँ सरकारका लागि ६ दलिय गठबन्धनले आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दावी पेश गर्ने भएको छ ।गठबन्धनले जनमत पार्टीका सतिश कुमार सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दावी पेश गरेका हुन् ।दावी पेश गर्ने समयसिमा बिहान १० बजे सकिनु अगावै उनीहरुले ५५ जना सांसदको नामसहित सरकार गठनको दाबी पेश गरेका हुन् ।शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय पुगेर नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले ५५ सांसदको हस्ताक्षरसहित जनमतका सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न दावी पेश गरेका छन् । प्रदेश प्रमुख भण्डारीले आजै मुख्यमन्त्रीमा सिंहलाई नियुक्त गरी पद तथा गोपनीयताको शपथ ग्रहण…
आजको मौसम नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ । आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया…
मधेस प्रदेशमा जनमतको नेतृत्वमा सरकार बन्ने कि जसपाको नेतृत्वले विश्वासको मत पाउने भन्ने कौतुहलताको समय टरेको छ ।मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्व सरकार बन्ने लगभग निश्चित भएसँगै भावि सरकार बारेको नयाँ मार्गचित्र स्पष्ट बनेको हो । जनता समाजवादी पार्टी जसपानेपाल नेतृत्वको सरकारबाट मंगलवार नेकपा एसले पनि साथ छाडेपछि विपक्षी गठबन्धनतर्फ प्रष्ट बहुमत पुगेको छ ।सरकारको नेतृत्व गरिरहेको जसपा नेपाल हाल एक्लिएको छ । मधेश प्रदेश सभामा जसपा नेपालको १९ प्रदेश सभा सदस्य छन् ।मुख्यमन्त्री सरोज कुमार यादवले आज बुधवार विश्वासको मत लिदैछन् । विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ । सत्ता गठबन्धनबाट एमाले…
नेपालमा स्थानीय वायु पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बांग्लादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेश एक(दुईस्थानमा मेघगर्जनरचट्या्ङ्ग सहित हल्का वर्षा भैरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू(भागको एक(दुई स्थानमा मेघगर्जनरचट्या्ङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी…
तिरहुत गाउँपालिकाले सम्पूर्ण किसानको सिंचाई मिटरको हाल सम्मको बाँकी रहेको विद्युत महसुल तिर दिएको छ । कञ्चनपुर वितरण केन्द्र अन्तर्गत रहेको तिरहुत गाउँपालिकामा रहेको सम्पूर्ण किसानको सिंचाई मिटरको हाल सम्मको बाँकी रहेको विद्युत महसुल तिर दिएको छ । तिरहुत गाउँपालिकाले शुक्रबार एक कार्यक्रम गरी नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र का प्रमुख अरुण कुमार लाई नौ लाख उनानसतरी हजार सात सय नब्बे रुपैयाँ पञ्चन्नबे पैसा को चेक हस्तन्तरण गरेका छन। किसानहरुको सिंचाई मिटरको विद्युत महसुल तिरहुत गाउँपालिकाले तिरिदिने कार्य ऐतिहासिक तथा सराहनीय कार्य भएको हो । नेपाल कृषि प्रधान देश भएको कृषि क्रान्तिको बाटो तिर अग्रसर भएको वितरण केन्द्र प्रमुख…
आज गणतन्त्र दिवस मनाइँदैछ । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन आज दिवसका रूपमा मनाइन्छ । सरकारले यसअघि तीन दिन जेठ १४, १५ र १६ गतेसम्म दीपावलीसहितका कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेअनुसार कार्यक्रम भइरहेका छन् । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो । २०६५ सालमा गणतन्त्र र २०७२ सालमा संविधान घोषणा भएपछि देशमा सङ्घीयता कार्यान्वयन भएको छ । तीन तहको सरकारले काम गरिरहेका छन् । तर गणतन्त्रको डेढ दशक बित्दा पनि नागरिकमा निराशा कायमै छ । गणतन्त्र स्थापनासँगै नागरिकले देश समृद्धितर्फ अघि बढ्ने…
कोलकोता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग आइपिएलको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा कोलकोताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक आइपिएलको उपाधि जितेको हो । सनराइजर्सले दिएको ११४ रनको लक्ष्य पछाएको कोलकोताले १०।३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । कोलकोताका लागि बेंकटेश अय्यरले सर्बाधिक ५२ रन बनाए भने रह्मनुल्लाह गुरबाजले ३९ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सनराइजर्सले १८।३ ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो । सनराइजर्सका लागि कप्तान पाट कमिन्सले सर्बाधिक २४ रन बनाएका थिए भने एडन मार्क्रमले २० रन बनाएका थिए । त्यस्तै कोलकोताका बलर…
नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी र लुम्बिनी प्रदेश लगायत आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरुमा, लुम्बिनी प्रदेशको तराई भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू(भागका एक(दुई स्थानमा…