Author: Radio Jay Madhesh

Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399

इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

Read More

टी–२० विश्वकपमा आज बंगलादेश र नेदरल्याण्ड्स खेल्दैछन् । सेन्ट भिसेन्टको अर्नोस भेल स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे हुने छ । दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नैपर्ने दबाब छ । यसअघि दुवैले खेलेका २–२ खेलमा एक जित र एक हार बेहोरेका छन् । बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रीकासँग पराजित भएको थियो । समुह डीबाट दक्षिण अफ्रिकाले ३ खेलमा तीनवटै खेल जितेर सुपर ८ मा पुगिसकेको छ भने श्रीलंकाले ३ खेलमा २ हार र एक नेपालसँगको खेल…

Read More

रुपन्देहीमा कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् । पाल्पाको तिनाउ गाउँपालिका–२ नुवाकोटबाट बुटवलतर्फ आउँदै लु२च ८५३१ नम्बरको कार गएराति बुटवल उपमहानगरपालिका–१३ भ्युप्वाइन्टमा दुर्घटना भएको हो । दुर्घटनामा चालक स्याङ्जा पुतलीबजारका रामप्रसाद शर्मा, तिलोत्तमा– ३ की आशा श्रेष्ठ र भगवती श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएका तीनैजनालाई डाक्टरले मृत घोषणा गरेका थिए ।कार सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Read More

महिलालाई जबर्जस्ती करणी गरी गरी मरणासन्त बनाएको आरोपमा सर्लाहीबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। घटना पश्चात् फरार रहेका सर्लाहीकै बसवरिया ३ भवानीपुर बंगल्वा मुसहरी टोल घर भएका ३५ वर्षीय रमण माझीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। उनलाई सर्लाहीकै बागमती नगरपालिका ४ मगरटोलस्थित जिरायत सडक खण्डमा हिँडिरहेको अवस्थामा पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए। उनले यही जेठ १३ गते बिहान बागमती ४ जिरायतस्थित डाँडा टोलबाट नयाँ बस्ती आवत जावत गर्ने कच्ची सडकको छेउमा करिव ३५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी मरणासन्न बनाएका प्रहरीले जनाएको छ। बलात्कारपछि महिलाको मलद्वारमा सुकेको मकैको…

Read More

रौतहटमा एक जना पुरुषको शव फेला परेको छ । मौलापुर नगरपालिका– ५ मा एक व्यक्तिको शव फेला परेको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ । अन्दाजी ४० वर्षका जस्तो देखिने पुरुषको शव बजार सेडमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ ।

Read More

संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका गङ्गाराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार अन्य दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेहरुमा मकवानपुरका उमेश कार्की र गोविन्द थारू छन् । उनीहरुको उपचार हाइड्रोपावरकै क्लिनिकमा गरिएको थियो । कामदारहरु निदाएको बेला क्याम्पमा पहिरो खसेको थियो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेको क्याम्पका १४ वटा कोठामध्ये ३ वटा पहिरोमा पुरिएका छन् ।

Read More

आईसीसी पुरुष टी (२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्ध भएको छ। अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा बर्षा भएपछि खेल रद्ध भएको हो । नेपाली समयअनुसार बुधबार बिहान ५स्१५ बजेदेखि सुरु हुने भएपनि लगातारको बर्षाले टस नभई खेल रद्ध गरिएको हो। बर्षाले खेल रद्द भएसँगै दुबै टिमलाई १र१ अंक बाँडिएको छ। बर्षाका कारण टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकासँग नेपाल पहिलो पटक आमनेसामने हुनबाट चुकेको छ। योसँगै श्रीलंकामाथि विजयी हासिल गर्दै नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्नका लागि धक्का लागेको छ। योसँगै समूह डीबाट दक्षिण अफ्रिका सुपर आठमा पुग्ने सुनिश्चित भएको छ। नेपालले आगामी दुई खेल नै जितेको खण्डमा…

Read More

नेपालले टी(२० विश्वकप अन्तर्गत भोलि बिहान श्रीलंकाविरुद्ध खेल्दै छ । समुह डी मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेल्न लागेको हो ।अमेरिकाको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउन्डरहिलमा हुने यो खेल भोलि बिहान ५ः १५ बजेदेखि सुरु हुँदै छ । नेपालले यस विश्वकपमा पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो । नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै श्रीलंकाले भने यस विश्वकपमा लगातार दुई खेलमा हार बेहोरेको छ। श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग र दोस्रो खेलमा बंगलादेशसँग हार बेहोरेको थियो। समुह डी मा नेपाल र श्रीलंकाका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ…

Read More

देशका मध्य तथा पश्चिमी तराईका भूभागमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका कतिपय स्थानमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, ती भूभागमा अबका तीन दिन जेठ २९ देखि ३१ गते सम्म तातो हावा तथा तातो लहरको सम्भावना छ । त्यसको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ । महाशाखाले तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।

Read More

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा एसईई को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने गरी तयारी भइरहेको जनाएको छ । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन ।गएको वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको बोर्डले यसवर्ष अलि छिटो नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । गएको चैत १५ गतेदेखि सञ्चालन भएको यसवर्षको एसईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।

Read More