Author: Radio Jay Madhesh
Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399
हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू(भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू(भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। साथै बाँकी भू भागमा स्थानीय वायु आंशिक प्रभाव रहेको हो।यतिबेला कोशी, मधेस,बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहेको छ भने कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी र लुम्बिनी एक(दुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै…
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको हो कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ…
आज २१औँ धान दिवससँगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईंसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने चलन छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । आज २१औँ धान दिवस ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि ’ भन्ने नाराका साथ मनाइँदैछ प्रमुख खाद्यान्न बाली धान हाम्रो खाद्य सुरक्षाको प्रमुख आधार हो । हाम्रो सन्दर्भमा धानले आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्व राख्दछ । यसर्थ, धान एक…
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७।८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएको बोर्डले जानकारी दिएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२।१४ प्रतिशत परीक्षार्थीले ननग्रेड एनजी ल्याएका छन् । कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले…
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बिहान १० बजेभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ ।नतिजा प्रकाशनका लागि आज बिहान ७ बजे बोर्ड बैठक डाकिएको थियोे । बुधबार नतिजा प्रकाशन गर्ने तयारी भए पनि केही प्राबिधिक तयारी नपुग्दा नतिजा प्रकाशन आजका लागि सरेको वोर्डले जनाएको छ । गत चैत १५ गतेदेखि २७ गतेसम्म लिइएको परीक्षामा ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी भएका थिए ।राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङमा नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । यो प्रणाली अनुसार हरेक विषयमा सैद्धान्तिक र प्रयोगात्मक अर्थात आन्तरिक मूल्याङ्कनमा फरक–फरक अंक दिइने छ । सैद्धान्तिकतर्फ हरेक विषयमा ७५ पूर्णाङ्कमा न्यूनतम ३५…
पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा विगत तीन दिनदेखि अत्यधिक रूपमा तापक्रम बृद्धिका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र हजारौँलाई अस्पतालमा भर्ना गरिएको उद्धार टोली र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उच्च तापक्रमका कारण धेरै बिरामीहरूमा पानीको मात्रा कम भएको र प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको चिकित्सकहरूले बताएका छन् ।यद्यपि, मुटुको रोग र क्यान्सर जस्ता दीर्घरोग भएका केही व्यक्तिलाई थप उपचारका लागि अस्पतालमा राखिएको स्थानीय सञ्चार माध्यमले जनाएको हो। पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार मुख्यतया सहरमा समुद्री हावाको अवरोधका कारण विगत तीन दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको बताएका छन । मौसम विभागले बुधबार साँझ कराँचीमा समुद्री हावा फेरि सुरु…
देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरु साथै कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो। बिहीबार दिउँसो देशभरको मौसम साधारण देखि पूर्णतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै मधेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । साथै, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश…
नेपालले लेवनानमा हुने फोर नेसन्सकप अन्तर्राष्ट्रिय वुमेन्स च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा जोर्डनको सामना गर्ने भएको हो । लेवनान फुटबल संघले जारी गरेको ड्र अनुसार नेपाल र जोर्डनबीचको खेल असार २६ मा हुनेछ । नेपाल वाफ च्याम्पियनसिप २०२४ को फाइनलमा जोर्डनसँगै टाइब्रेकरमा पराजित भएको थियो । लेवनानको त्रिपोलीमा हुने प्रतियोगितमा नेपालले असार २९ मा बंगलादेश र साउन १ मा लेवनानको सामना गर्नेछ । सहभागी चार टिमले लिग चरणमा एक आपसमा खेल्नेछ र शीर्ष दुई स्थानमा रहने टिमले फाइनल यात्रा तय गर्नेछ भने अहिले प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा नेपाली राष्ट्रिय टिमको तयारी चलिरहेको हो ।
कपिलवस्तुमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर उहाँहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताएका छन । मृत्यु हुनेमा यशोधरा गाउँपालिका –६ भैसाहिया वर्ष २२ को महेश कलवार र बुद्धभूमि नगरपालिका –१० धनकौलीका १७ वर्षको राजु ठाकुर रहेका छन् । दुवै जनाको शव मुचुल्का उठाइ पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल लैजाने तयारीमा रहेको प्रहरीले जनाएको हो ।
माध्यमिक शिक्षा परीक्षा एसईई बारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आज बैठक बस्न लागेको बताए । बोर्डको बैठक बस्न लागे पनि एसईईको नतिजा आज आउने सम्भावना न्यून रहेको अध्यक्ष शर्माले बताएका छन ।प्राविधिक कार्य नसकिएकाले आजको सम्भावना कम देखिएको उनले बताए । प्राविधिक काम नसकिएको र त्यो काम सम्पन्न भएको खण्डमा आजै नतिजा प्रकाशनबारे निर्णय गरिने बताए ।नतिजाहरूको अक्षरांकनमा रूपान्तरण गर्ने काम भइरहेको छ । अंकमा गरिएको मूल्याङ्कनलाई बोर्डको सफ्टवेयरले अक्षरांकनमा रूपान्तरण गर्ने काम भइरहेको हो ।गत चैत १४ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ९१ हजार ४९७ विद्यार्थीले परीक्षा…