Author: Radio Jay Madhesh
Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399
साउदी अरबले वर्षमा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड दिइएको तथ्यांक सार्वजनिक भएको छ। मानवअधिकार संगठनलाई उद्धृत गर्दै एएफपीले यस्तो बताएको हो। शनिबार मात्रै एक यमनी नागरिकलाई लागू औषध तस्करीको आरोपमा दक्षिण–पश्चिमी क्षेत्र नजरानमा मृत्युदण्ड दिइएको थियो। योसँगै यस वर्ष साउदीमा मृत्युदण्डको सजाय पाउने विदेशी नागरिकको कुल संख्या १०१ पुगेको छ। यो संख्या विगत तीन वर्षको तुलनामा झण्डै तीन गुणा बढी हो। सन् २०२३ र २०२२ मा ३४ विदेशीलाई मृत्युदण्ड दिइएको थियो। युरोपेली साउदी अर्गनाइ जेसन फर ह्युमन राइट्स इएस ओएच आर का कानूनी निर्देशक ताहा अल–हज्जीले साउदी अरेबियाले एक वर्षमा यति धेरै विदेशीहरूलाई मृत्युदण्ड दिएको यो पहिलो पटक भएको बताएका…
युईएफए नेसन्स लिग अन्तर्गत समूह ए २ को खेलमा फ्रान्सले इटालीलाई हराउँदै शीर्ष स्थान पक्का गरेको छ। आइतबार राति भएको खेलमा फ्रान्सले इटालीलाई ३ १ ले पराजित गरेको हो। खेलको दोस्रो मिनेटमै एड्रियन राबियोटले लुकास डिनको कर्नरमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। ३३औँ मिनेटमा डिनको फ्रि किकबाट इटालीका गोलरक्षक गुइलमो भिकारियोले आत्मघाती गोल गरेका र बदला स्वरुप ३५औँ मिनेटमा इटालीका एन्ड्रिया क्याम्बियासोले एक गोल फर्काएका हुन। पहिलो हाफमा २ १ को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा १ गोल थपेको थिए ६५औँ मिनटमा राबियोटको हेडर गोल मार्फत फ्रान्सले जित निश्चित गरेका हुन ।
यही मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि मधेस प्रदेशमा १०३ जनाले उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् । प्रदेशको सप्तरी, धनुषा, महोत्तरी र रौतहट गरी चार जिल्लाका सात स्थानमा उपनिर्वाचन हुन गइरहेको छ । सप्तरी, धनुषा, महोत्तरी र रौतहटका विभिन्न पालिकाको वडामा हुन लागेको निर्वाचनमा उम्मेदवार बन्नका लागि राजनीतिक दल र स्वतन्त्र गरी १०३ जनाले उम्मेवारी दर्ता गराएका हुन् । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुईवटा वडाका लागि १७, धनुषाको धनुषाधाम नगरपालिकाको वडाका लागि २१, महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडाका लागि २०, रौतहटका तीनवटा पालिकाको वडामा हुने निर्वाचनका लागि ४५ गरी कूल १०३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । सप्तरीको…
देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको हो । आज सोमबार दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहदा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम विभागका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
चीनमा एक युवाले जथाभावी चक्कु प्रहार गर्दा आठ जनाको ज्यान गएको छ भने अरू १७ जना घाइते भएका छन् । वुशी सहरको एक कलेजमा २१ वर्षका विद्यार्थीले जथाभावी चक्कु प्रहार गरेको बीबीसीले जनाएको हो । चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ । प्रहरीका अनुसार चक्कु प्रहार गर्ने युवा पनि त्यही कलेजमा अध्यनरत विद्यार्थी रहेका छन् । यस अघि इन्टर्नशीपमा कम पैसा दिएको भनेर असन्तुष्टि पोखिरहेका ती विद्यार्थीको परीक्षामा खराब नतिजा आएपछि कलेजले प्रमाणपत्र दिन अस्विकार गरेको थियो । खराब नतिजापछि आक्रोशित बनेका युवाले कलेजमा जथाभावी चक्कु प्रहार गरेका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
नेपालले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अफगानिस्तानलाई २ ० गोलले पराजित गरेको छ । शनिबार साँझ ताजकिस्तानको डुसान्बेस्थित सेन्टर स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा नेपाल २ ० गोलले विजयी बनेको हो । नेपालको जितमा जिलेस्पी जंग कार्की र रोहित चन्दले १–१ गोल गरेका थिए । अफगानी राष्ट्रिय टिम सँग नेपालले ११ वर्षपछि खेलेको हो । सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा भएको थियो ।
देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँँदै जल तथा मौसम विज्ञान विभागले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ भने तराई क्षेत्रका केही स्थानमा हुस्सु लागेको हो । विभागका अनुसार आज आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । आगामी २४…
समाजलाई दाइजोमुक्त बनाउने अभियान अन्तर्गत मदेश प्रदेशमा १३ नव जोडीको दाइजोरहित सामुहिक विवाह गराइएको छ। धनुषा जिल्लाको मिथिला न.पा. २ बेलाचापी स्थित सतलोक आश्रम धनुषामा ५११ औं दिव्य धर्म यज्ञ दिवस यस वर्ष पनि भव्यताका साथ मनाईंदै छ। ५११ औं दिव्य धर्म यज्ञ दिवसको उपलक्ष्यमा सन्त रामपालजी महाराजका अनुयायीहरु द्वारा यहि कार्तिक २९ देखि मंसिर १ गते सम्मका लागि आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भन्डारा कार्यक्रमको आज दोस्रो दिन कार्तिक ३० गते शुक्रबार विभिन्न किसिमका समाज सुधारका कार्यक्रमहरु गरियो। समाज सुधारक सन्त रामपालजी महाराजको निर्देशअनुसार हरेक वर्ष दिव्य धर्म यज्ञ दिवस मनाउने गरिएको आयोजकले जनाएका छन् । सन्त…
फिफा विश्वकप सन् २०२६ को दक्षिण अमेरिकी छनोट खेलमा सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिलले भेनेजुएलासँग एक एक गोलको बराबरी खेलेको छ । विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार बिहान मोनागासमा भएको खेलमा ब्राजिल घरेलु टोली भेनेजुएलासँग १ १ गोलको बराबरी खेलेको हो । ब्राजिलले खेलको ४३ औँ मिनेटमा राफिन्हाको गोलबाट अग्रता लिएको थियो तर भेनेजुएला लगत्तै खेलमा फर्किन सफल भएको हो । टेलास्को सेगोभियाले पहिलो हाफको अन्त्यमा नै बराबरी गोल फर्काएका हुन । खेलको ६२ औँ मिनेटमा भिनिसियस जुनियर पेनाल्टीमा चुकेपछि ब्राजिल जितबाट बञ्चित भएको हो । भेने जुएला खेलको अन्त्यतिर १० खेलाडीमा सीमित हुन पुगेको हो । भेने जुएलाका…
रौतहटको ईशनाथ नगरपालिका १ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ । मिर्गौला पीडित साहको बिहीबार राति निधन भएको हो । वडाध्यक्ष साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । यसैबीच, रौतहट क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद किरण कुमार साहले वडाध्यक्ष साहको निधन प्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनामा समवेदना प्रकट गरेका छन् ।