Author: Radio Jay Madhesh

Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399

सर्लाहीको हरिपूर्वा नगरपालिका–५, मा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् भने गोली लागेर युवकको बुवा घाइते भएका प्रहरीले जनाएको हो । अर्का एक जना साथीसँगै बुधवार राति पौने २ बजेतिर मोटरसाइकल चढेर आएका हरिपूर्वा नगरपालिका ५ घर भएका धीरेन्द्र यादवले श्रीमती २३ वर्षीया चित्र लेखा यादवको हत्या गरेका हुन् । सँगै आएका साथीले मोटरसाइकल रोकेर बाटोमा बसेका र धीरेन्द्रले घरभित्र प्रवेश गरी श्रीमती चित्रलेखालाई गोली प्रहार थिए । टाउकोमा दुई राउन्ड गोली प्रहार भएको चित्रलेखाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो । गोली लागेर धीरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश राय घाइते भएका छन । रायको प्रादेशिक अस्पताल…

Read More

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहदा देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहने छ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हो । आज राति देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक…

Read More

लेबनानमा इजरायलले आक्रमण गर्दा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ महिलाहरु छन् भने सो आक्रमणमा परि १ हजार ६४५ जना घाइते भएका हुन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको हो । इजरायली सेनाले हिजबुल्लाहका १ हजार ३०० आश्रय स्थलमा आक्रमण गरेको जनाएको छ । यो आक्रमण गत अक्टुबर ७ मा हमास विरुद्ध युद्ध सुरु गरेय ताकै भयानक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इजरायलले हमासविरुद्ध आक्रमण सुरु गरेपछि हिजबुल्लाहले हमासलाई सघाउने घोषणा गरेको थियो र त्यसैले इजरायलले हिजबुल्लाहलाई पनि निशाना बनाएको हो । लेबनानका स्वास्थ्य…

Read More

इजरायल र हिजबुल्लाह बीचको द्वन्द्व झनै तिब्र भइ रहदा दुवै पक्षले घातक आक्रमणहरू गरिरहेका छन् जसका कारणले क्षेत्रीय युद्धको त्रास फैलिएको छ । हिजबुल्लाह नेता हसन नस रल्लाहले लेबनान भर सञ्चार उपकरणहरूलाई लक्षित गरी हालैका विस्फोटहरूको निन्दा गर्र्दै गाजा र वेस्ट बैंकका जनतामाथि आक्रमण र युद्ध रोक्ने एउटै उपाय इजरायलले युद्ध त्याग्नुपर्ने बताएका हुन । नस रल्लाहको भाषण पश्चात ऐता इजरायली रक्षा मन्त्री योभ ग्लान्टले तेल अवीवको किरिया सैन्य आधारबाट लेबनानमा इजरायलको सैन्य कारबाही जारी रहने बताएका छन्।

Read More

स्पेनिस ला लिगामा रियल मड्रिडले स्पान्योल विरुद्ध सानदार जित निकालेको छ । आइतबार भएको खेलमा रियलले स्पान्योल विरुद्ध ४–१ को जित निकालेको हो । घरेलु मैदानमा शान्टियागो बर्नाबेउमा रियलको जितमा डानी कार्भाजाल, रोड्रिगो, भिनिसियस जुनियर र केलियन एम्बाप्पेले समान एक गोल गरेका थिए । रियलले अहिले ६ खेलबाट १४ अंक जोडेको छ भने एक खेल कम खेलेको बार्सिलोना शीर्ष स्थानमा अवस्थित छ । रियलसँग पराजित स्पान्योल ६ खेलबाट ७ अंकसहित तालिकाको १३औँ स्थानमा रहेको हो ।

Read More

मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको हो । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ भने कर्णाली…

Read More

देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्य प्रदेश र दक्षिण उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । मनसुनको न्यून चापिय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तर तर्फ र पूर्वतिर सरदर स्थानको दक्षिण तिर अवस्थित रहेको कारण देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार रातिको समयमा कोशी र बागमती प्रदेश लगायत देशको पहाडी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रही कोशी र बागमती प्रदेशका पहाडी…

Read More

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका १ सय ४१ जना नेपाली अहिले पनि विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका छन् । केही कमाउने र परिवारलाई सुख दिने सपना बोकेर त्यहाँ पुगेका उनीहरू विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका हुन् । मलेसियाको पेनाल कोर्टमा ४२ जना नेपाली रहेका छन् । बलात्कार, झैझगडालगायतका मुद्दा उनीहरूमाथि लागेकोे १५ जनालाई ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा लागेको ५७ जनालाई इमिग्रेसन कानुन उल्लंघन गरेको आरोप लागेको मलेसिया स्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी बलि रामप्रसाद धामीले जानकारी दिएका हुन । अन्य २१ जना विभिन्न मुद्दामा जेल परेका छन् । यस्तै, ६ जनालाई आजीवन जेल अर्थात् जन्मकैदको फैसला…

Read More

नेपालले विश्वकप क्रिकेट लिग २ मा बुधबार ओमानको सामना गर्दै छ  तर, नेपाल ढुक्क हुने स्थितिमा भने रहेको छैन । नेपालले पछिल्लो समय विश्वासिलो प्रदर्शन देखाउन सकिरहेको छैन । सोमबार राति घरेलु टोली क्यानडासँगको खेल नै त्यसको गतिलो उदाहरण बन्नपुगेको थियो ।टोरन्टोको किङ सिटी स्थित म्यापल लिफ नर्थ वेस्ट मैदानमा क्यानडाले नेपाललाई १ सय ३ रनले पराजित गरेको हो । लिग २ को दोस्रो शृंखलाको पहिलो खेलमा नेपालले आत्म समर्पण नै गर्नुपर्दा  नेपालले ५ खेलमा ४ हार बेहोरि सकेको छ । त्यसमध्ये तीन हार त फेब्रुअरीमा घरेलु मैदानमै थियो ।

Read More

देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ भने विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतयामौसम सफा रही कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हो । यसैगरी आज राति कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र…

Read More