Author: Radio Jay Madhesh

Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399

सोमबार देखि सुरु भएको गोर्खा खुकुरि कपको पहिलो र दोस्रो खेल सम्पन्न भएको छ । सोमबार भएको निउ त्रीयुगा फत्तेपुर सप्तरि र लाहान अमहि सिरहा बिचको पहिलो खेलमा फत्तेपुरले लाहानलाइ ४ ० गोल अन्तरले पराजित गरेको छ भने मंगलबार अर्थात आज बिहान भएको खेलमा गोबिनपुर एफसि सिरहा र महुलि एफसि सप्तरि बिच भएको खेलमा ३ १ ले गोबिनपुरले आपनो पक्षमा जित हासिल गरेको हो । अशोज १४ गते देखि उद्घाटन गरिएको गोर्खा खुकुरि कप प्रतियोगितामा जम्मा १६ टिमले उपस्थिति जनाउदा २ टिम भने यस प्रतिसप्रदा बाट बाहिरि सकेका हुन र अब भने यस प्रतिसप्रदामा १४ ओटा टिम बाकि रहदो आजै…

Read More

नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर वितरण केन्द्रले२०८०।०८१ मा विद्युत् महसुल नतिर्ने १५८२ ग्राहकको लाइन काटेका छन । केन्द्रले बारम्बार ताकेता गर्दा पनि महसुल नबुझाउने ग्राहकको लाइन काटेको हो ।लाइन काटिएका ग्राहकले ३करोड २० लाख ०८ हजार ९१४ रुपैयाँ ५० पैसा बक्यौता महसुल बुझाउन बाँकी थियो । लाइन काटी १३१० ग्राहकहरु झन्डै २ करोड ०३ लाख ५२हजार ८५३ रुपैयाँ ८८पैसा महसुलअसुल गरिएको र चुहावट लक्ष्य २३.१० प्रतिशत बाट घटाएर २२.८३प्रतिशत कायम गरिएको केन्द्र प्रमुख अरुणकुमार साहले बताएका छन । तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने पनि उनले जानकारी गराएका छन । असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि केन्द्रहरूले महसुल नतिर्ने…

Read More

बाढीको चपेटामा परी यहाँका दुई युवकले ज्यान गुमाएका छन् । सोनी खोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुन भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसा सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल जसवालले बताएका हुन । यसैबीच, सोनीखोलाको बाढीले बगाएकी एक १२ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ । उद्धार गरिएकि बालीका रोहित साहसँगै  बाढी हेर्न गएकी थिइन् ।

Read More

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ओसा सुना सँग स्तब्ध भएको छ । गएराती भएको खेलमा बार्सिलोना ओसासुनासँग ४–२ गोलले पराजित भएको हो । ओसासुनाको जितमा आंटे बुडी मिरले दुई गोल गरेका थिए भने ब्रयान जारागोजा र अबेल ब्रेटोन्सले एकएक गोल गरेका थिए भने त्यस्तै बार्सिलोनाका लागि पाउ भिक्टर र लामिन यमलले एक–एक गोल गरेका हुन । यस सिजनमा बार्सिलोनाको यो पहिलो हार हो भने ओसासुनाको भने चौथो जित रहेमने हो । यो जितसँगै ओसासुना ८ खेलबाट १४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ भने पराजित भएको बार्सिलोना २१ अंकसहित शीर्षस्थानमा अवस्थित रहेको छ ।

Read More

आज आइतबार देखि मौसम सुधार हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहान ८ २४ बजे सूचना जारी गरी महाशाखाले अबका ३ दिन ठूलो वर्षाको सम्भावना कम रहेको जानकारी दिएको हो। तर पनि वर्षा भने जारी नै रहने भएकाले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको हो । महाशाखाले जारी गरेको सूचनाको आधारमा विगत केही दिनदेखि देशभरको मौसमी अवस्थामा आजबाट सुधार हुने सम्भावना रहेको छ। आगामी तीन दिनका लागि भारी वर्षाको सम्भावना न्यून छ तर, आगामी २४ घण्टाका लागि कोसी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता…

Read More

देशभर मनसुनी वायुको प्रभाव रहदा भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको छ । हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ भने देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले जनाएको हो । आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका…

Read More

गोर्खा खुकुरि कप फुटबल प्रतियोगिता अशोज ११ शुक्रबार अर्थात भोलि बाट सन्चालन हुने भएको छ। कंचनरुप नगरपालिका वडा नम्बर १२ भटि टोल स्थित खेलमैदानमा उक्त फुटबल प्रतियोगितामा १५ वटा टिम समावेश हुने भएका छन्। ११ गते शुक्रबार सन्चालन हुने उक्त फुटबल प्रतियोगितामा सप्तरि भित्रका टिम मात्र नभएर मधेश प्रदेश र कोशि प्रदेशका केहि स्थान बाट १५ वटा टिम बिच प्रतिस्पर्धा हुने भएको हो । जसमा भोलि पहिलो दिन निउ त्रियुगा फत्तेपुर र लहान १८ अन्नि एफ सि सिरहा बिच पहिलो प्रतिस्पर्धा हुने भएको छ। उक्त खेल तालिका अनुसार नयाँ त्रियुगा एससी फत्तेपुर, सप्तरी र लहान १८ अन्नि एफसी सिरहा ११…

Read More

स्पेनिस ला लिगामा बार्सिलोनाले अपराजित यात्रा कायमै राख्दै जादा गएराति भएको खेलमा बार्सिलोनाले गेटाफे लाई १–० ले हराएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जीतमा खेलको १९ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए । बार्सिलोनाले यो सिजनमा लगातार सातौं जीत निकालेका हुन । सात खेलबाट २१ अङ्कसहित बार्सिलोना शीर्ष स्थानमा छ भने समान खेलबाट १७ अङ्क जोडेको रियल म्याड्रिड दोस्रो स्थानमा रहदा गेटाफे समान खेलबाट चार अङ्कका साथ १९ औं स्थानमा अबस्थित रहेको छ ।

Read More

लेबनानमा तीन दिनमा ९० हजार भन्दा धेरै मानिस विस्थापित भएका छन्। सोमबार यता इजरायलको आक्रमणका कारण लेबनानमा ९० हजारभन्दा धेरै विस्थापित भएका हुन्। संयुक्त राष्ट्रसङ्घले यो संख्या अझ बढ्नसक्ने अनुमान गरेको र लेबनानको स्वास्थ्य मन्त्रालयले हिजो भएको इजरायली हवाई आक्रमणबाट मात्रै ५० जनाको मृत्यु भएको जानकारी गराएका छन । यसअघि इजरायलले लेबनानमा सोमबार गरेको हवाई आक्रमणमा परेर ५५९ जनाको मृत्यु भएको थियो। सन् १९९० मा गृहयुद्ध समाप्त भएपछि लेबनानमा भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो घटना रहेको बताइएको हो। यो आक्रमण हुनुअघि लेबनानका मानिसलाई एसएमएस, फोन र रेडियो सन्देशमार्फत क्षेत्र खाली गर्न चेतावनी दिइएको थियो। उक्त चेतावनी लगत्तै बमबारी सुरु भएको…

Read More

हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदली देखि पूर्णतया बदली रहेको जनाएको छ । कोशी, मधेस ,लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित हो । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहदा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छभने कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ जल तथा मौसम…

Read More