Author: Radio Jay Madhesh

Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399

नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ।नवरात्रको पहिलो दिन बिहीबार दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको र दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद्देवी भागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक…

Read More

यस वर्षको बडादशैँ आजदेखि शुरू भएको छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुनेछ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिने गरिन्छ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्ति स्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको…

Read More

मधेस प्रदेश सरकारले बाढीपहिरो तथा डुबानमा परी निधन भएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत दिने भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले बाढीपहिरो तथा डुबानबाट प्रभावितलाई राहत उपलब्ध गराउन एक द्धारा प्रणाली अवलम्बन गर्न प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । उनले प्रभावित बस्तीमा राहत तथा पुन स्थापना कार्यलाई व्यव स्थित र प्रभावकारी बनाउन स्थानीय तहलाई आग्रह गरेका छन् । मुख्य मन्त्री सिंहले विपद्का बेला मधेस प्रदेशमा खोज, उद्धार एवं तत्काल राहत कार्यको व्यवस्थापनमा सक्रिय स्थानीय तह, सुरक्षा अधिकारी, सुरक्षा कर्मीलगायतलाई धन्यवाद समेत दिएका हुन । उनले यसअघि बाढीबाट प्रभावित गाउँ बस्तीमा पुनःस्थापनाका काम गर्न…

Read More

मिटरब्याज पीडितहरुले जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका छन । मिटरब्याज पीडित संघर्ष समिति सर्लाहीले अनुचित लेनदेन सम्बन्धी मुद्दामा प्रहरीले ढिलासुस्ती तथा साहु महाजनको पक्षमा निर्णय गर्ने गरेको भन्दै आफूहरुले बुधबार प्रहरी प्रशासनविरुद्ध नारावाजीसहित जुलुस प्रदर्शन गरेको पीडितहरुले बताएका छन् । अनुचित लेनदेन सम्बन्धी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा अहिलेसम्म २ हजार ३ सय २६ वटा मुद्दा दर्ता भएको छ । जसमा ७ सय ७१ वटा मुद्दा फछ्र्यौट गरिएको छ भने १५ सय २४ मुद्दाको कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो । जसमध्ये ३१ वटा मुद्दा मिलानमा कुरा नमिलेपछि आवश्यक कारबाहीका लागि मिटरब्याज सम्बन्धी कानुन २०८०…

Read More

फ्रान्सेली क्लब लिलले च्याम्पियन्स लिग समूह चरणको खेलमा बुधबार रियल म्याड्रिड माथी १ ० को उत्कृष्ट जीत दर्ता गरेको छ । लिलको जीतले स्पेनिस क्लब रियल म्याड्रिडको ३६ खेलको अपराजित यात्रामा पूर्ण विराम लगाएको हो । पहिलो हाफको अतिरिक्त समयमा भार मार्फत चेक गरेर पेनाल्टी दिइएको थियो । उक्त पेनाल्टीलाई जोनाथन डेभिडले गोलमा परिणत गरेका हु्न । रियल म्याड्रिडले विनिसियस जूनियर र जूड बेलिङहाम जस्ता स्टार खेलाडीहरूलाई मैदानमा उतारेर खेलमा दबाब सिर्जना गर्ने प्रयास गरे पनि लिलको सुनियोजित डिफेन्सलाई पार गर्न नसकेका ह्ुन । तर, लिलका गोलकिपर लुकास चेभालियरले महत्त्वपूर्ण बचाउहरू गर्दै र खेलको अन्तिम क्षणमा टियागो सान्तोसको गोल…

Read More

देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । यसैगरी, आज दिउँसो कोशी, मधेस ,बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस बागमती र गण्डकी तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको…

Read More

यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै भएको बाढीपहिरो र डुबानमा परि मृत्यु हुनेको संख्या २२८ पुगेको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म २५ जना बेपत्ता छन् भने १५८ जना घाइते हुन् । यस्तै, बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको हो । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनुका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ । सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले जानकारी दिएका छन ।

Read More

इरानले इजरायलमा ठूलो सङ्ख्यामा मिसाइल आक्रमण गरेको छ । इजरायली सेनाको दाबी अनुसार इरानले पछिल्लो पटक एक सय ८० भन्दा धेरै मिसाइल प्रहार गरेका छन तर तीमध्ये धेरैजसो रोक्न सफल भएको सेनाको दाबी रहेको हो । ठूलो सङ्ख्यामा मिसाइल आक्रमण भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले गल्ती गरेको र त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ । मन्त्रि परिषद्को बैठकमा प्रधानमन्त्री नेतान्याहुले इरानले ठूलो गल्ती गरेको र बदला पछि उनीहरुले बुझ्ने बताएका छन । पछिल्लो केही दिनयता इरान, इजरायल र लेबनानमा आपसी आक्रमणका घटना तीव्र भएका हुन् ।

Read More

युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले योङ ब्वाइजमाथि फराकिलो जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले योङ ब्वाइजमाथि ५ ० गोलअन्तरको फराकिलो जित निकालेको हो । बार्सिलोनाको जितमा रोवर्ट लेवान्डोस्कीले २ तथा राफिन्हा र इनिगो मार्टिनेजले समान १ १ गोल गरेका हुन । खेलको ८औँ मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए पश्चात खेलको ३४औँ मिनेटमा ब्राजिलियन स्टारराफिन्हाले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका हुन । खेलको ३७औँ मिनेटमा इनिगो मार्टिनेजले गोल गरेपछि बार्सिलोना पहिलो हाफमै ३ ० को अग्रता लिन सफल भए र खेलको ५१औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेका थिए ।…

Read More

देशभर मनसुनी वायुको प्रभाव रहदा भारतको उत्तर–पूर्व असाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएका छन । जसको प्रभावले हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको र कोशी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ भने कोशी प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई…

Read More