Author: Radio Jay Madhesh

Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399

हाल कोशी प्रदेश लगायत देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम मूख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ भने कर्णाली प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको हो । आज दिउँसो देशका पहाडी भू भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहदा देशका पहाडी भू भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ भने कोशी…

Read More

सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरमा आइतबार सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । स्थानीय रामस्वरुप मण्डलका ९ बर्षीय छोरी प्रियंका मण्डलको सर्पको टोकाइबाट मृत्यु भएको हो । शनिबार साँझ पूजा कोठामा धुप लगाउने क्रममा उनलाई सर्पले डसेपछी उपचारका लागि तत्कालै कल्याणपुर स्थित सर्पदंश उपचारका केन्द्रमा भर्ना गरिएको थियो । नेपाली सेना बरख गणद्धारा संचालित सर्पदंश उपचार केन्द्रमा रातभरी उपचार गरिए पनि बालिकाको अवस्था गम्भीर भएपछि सिरहाको चोहर्वा स्थित नेपाली सेनाद्वारा संचालित सर्पदंश उपचार केन्द्रमा रेफर गरिएको थियो । कल्याणपुर उपचार केन्द्रले आइतबार विहान रेफर गरी पठाएको छोरीको चोहर्वा लैजाने क्रममा बाटैमा ज्यान गएको मृतका बुवा रामस्वरुप मण्डलले बताएका छन…

Read More

वीरगञ्जको गीता मन्दिरस्थित श्री शिरडी साई बाबा मन्दिरले आफ्नो छैठौं वार्षिक उत्सव धूमधामका साथ मनाउने भएको छ। यस अवसरमा मन्दिर सेवा ट्रस्टद्वारा आयोजित शोभा यात्रा तथा भण्डारामा सम्पूर्ण भक्तजनलाई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको हो । कार्यक्रम यहि मिति कात्तिक ६ गते , मंगलवारका दिन आयोजना हुने भएको छ। मन्दिरका अध्यक्ष हीरा साह कानुले सबै भक्तजनलाई शोभा यात्रामा सहभागी भई पुण्यको भागी बन्न आग्रह गरेका छन्। साथै, वार्षिक उत्सवको अवसरमा हुने भण्डारा महा प्रसादका लागि दान गरी पुण्य कमाउन सकिने जानकारी पनि गराएका हुन्। कार्यक्रमको शुभारम्भ मंगलवार बिहान ८ बजे पालकी शोभा यात्राबाट हुनेछ। त्यसपछि ९ ३० बजे पूजाआजा, ११…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाले देशभरि आन्दोलन गर्ने घोषणा गरेकै दिन जनमत पार्टीले आन्दोलनका लागि तयार रहन पार्टीका नेताहरूलाई निर्देशन दिएका छन । जनमत पार्टी कार्यालयमा आइतबार बसेको सचिवालयको बैठकले नेता, कार्यकर्ताहरुलाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएको पार्टी प्रवक्ता डा शरदसिंह यादवले जनाएका हुन् भने रास्वपाका अध्यक्ष रवि लामिछाने पक्राउको जनमतका अध्यक्ष डा सीके राउतले आलोचना समेत गरेका थिए । ‘देशको अवस्था हेर्दा आन्दोलन गर्नुपर्ने स्थिति देखिएकाले पार्टीका नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएको र उनका अनुसार ‘देशको विषम राजनीतिक प्रस्थितिलाई ध्यानमा राखी पार्टीको सबै तहका संगठनलाई आन्दोलनका लागि तयार रहन निर्देशन गरिएको हो । पार्टीले आन्दोलनका लागि तयार…

Read More

जम्मू–कश्मीरको गान्दरबलमा आइतबार राति आतंकवादीहरूले अन्धाधुन्ध गोली प्रहार गर्दा छ जना श्रमिक र एक जना डाक्टरको गोली हानी हत्या भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो आक्रमण मध्य कश्मीरको गान्दरबल जिल्लामा सुरुङ निर्माण गरिरहेको एक निजी कम्पनीको शिविरमा भएको थियो। जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्ला, केन्द्रीय गृहमन्त्री अमित शाह लगायत अन्य नेताहरूले यो आतंकवादी आक्रमणको निन्दा गरेका हुन्। जानकारी अनुसार आतंकवादीहरूले राति करिब ८ः१५ बजे स्वचालित हतियारहरूबाट गोली चलाएका थिए। घटनाको समयमा मजदुरहरू खाना खान मेस नजिक पुगेका थिए र क्याम्प भने घना जंगलको बीचमा अवस्थित रहेको हो। मृतकहरूमा मध्य कश्मीरको बडगामका डा शाहन वाजसहित सात जनाएको मृत्यु भएको हो…

Read More

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेभिया माथि ५ १ गोल अन्तरको जित हासिल गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र पाब्लो टोरेले २ २ गोल गरेका थिए भने पेड्रीले एक गोल गरेका थिए भने सेभियाका लागि स्टानिशले एक गोल गरेका हुन । यो जितपछि बार्सिलोनाको १० खेलमा २७ अंक सहित लिगको शिर्ष स्थान कायमै रखेको छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १० खेलमा २४ अंक रहेको हो । त्यसैगरी सेभियाको भने १० खेलमा १२ अंक सहित लिगमा १३औ स्थानमा रहेको छ ।

Read More

अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको हो । अमेरिकाले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेटाएको थियो । नेपालका आसिफ शेखले ३९ बलमा ५० रन अथवा अर्धशतक बनाएर आउट भएका हुन । यस्तै कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा नट आउट रहदै नेपाललाइ जिताएका हुन । अमेरिकाका जसदीप सिंह र जुआ नोएले भने १ १ विकेट लिन सफल भएका थिए । यसअघि डालासमा टस जितेर ब्याटिङ गरेको घरेलु…

Read More

हाल देशभर पश्चिमी एवंम स्थानीय वायुको प्रभाव कायमै रहेको कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भइरहेको हो । जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको उल्लेख गरिएको छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहि आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ भने हल्का हिमपातको सम्भावना भएका स्थानमा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको हो ।

Read More

नेपालले आइतबार अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल सुपर ओभरमा जितेको छ । यससँगै नेपाल तीन खेलको सिरिजमा २ ० ले अगाडि रहदै सिरिज आफ्नो नाममा लेखाउन सफल रहेको र नेपालले हारको संघारमा रहेर यस खेलमा विजयी हासिल गरेको हो । अब सोमबार हुने अन्तिम खेल भने औपचारिक हुनेछ । डलासमा भएको खेलको सुपर ओभरमा दुई रन मात्र दिएर दुई विकेट लि नेपालको जितमा सोमपाल कामी नायक बनेका हुन । सोमपालले चार बलमा दुई विकेट लिए भने अन्तिम दुई बलमा लगातार विकेट हात परेका हुन । त्यसमा सयन जहाँगीर र एरोन जोन्स चार बल मात्रै टिकेका थिए । त्यसपछि सौरभ…

Read More

हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ भने कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेश, बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र…

Read More