Author: Radio Jay Madhesh
Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399
बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह ७८ हजार रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार सेवाग्राहीहरुसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा हेटौँडा अख्तियारको टोलीले साहलाई घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित कलैया उपमहानगरपालिका वडा नं ४ को कार्यालय जाने बाटोबाट बिहीबार पक्राउ गरेको हो । आयोगका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको जनाएका छन ।
प्रहरीले पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ अमरपट्टीमा संचालित अबैध मदिरा भठ्ठी पसल आज विहान नष्ट गरेको छ । त्यहाँ अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने ४ वटा भठ्ठी पसल नष्ट गरिएको प्रहरीले जनाएको हो । साथै बरामद ४ सय ५० लिटर तयारी घरेलु मदिरा र ५४ सय लिटर कच्चा पदार्थ पोखेर नष्ट गरिएको अमरपट्टी प्रहरी चौकीले जनाएका छन । विशेष सूचनाको आधारमा प्रहरी चौकी अमरपट्टी बाट खटिएको प्रहरी टोलीले उक्त भठ्ठी पसल नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले एक प्रेस नोट जारी गरी जानकारी गराएको हो ।
पाकिस्तानको पञ्जाब प्रान्तमा प्रहरी र आतंकवादीबीच भएको भिडन्तमा १० जना आतंकवादीको मृत्यु भएको छ । पाकिस्तानी प्रहरीका अनुसार बिहीबार पाकिस्तानको पंजाबमा प्रहरी र आतकवादीबीच गोली हानाहान हुँदा १० आतंकवादीको मृत्यु भएको हो । सुराकीको आधारमा गरिएको सर्च अभियानमा उनीहरु मारिएको भारतीय संचार माध्यमले जनाएका छन् । यता पाकिस्तानको पख्तूनख्वा प्रान्तमा पनि आतंकवादीहरुले प्रहरी चेकपोस्टमा गरेको आक्रमणमा परि कम्तीमा २० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको हो । डेरा इस्माइल खानको दरबान इलाका चेकपोस्टमा भएको आक्रमणमा ४ सुरक्षाकर्मीको मृत्यु भएको हो ।
साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६ ० को जित निकाल्दै समूह विजेता बन्न सफल भएको हो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले सम्मान १ १ गोल गरेका हुन । नेपाल र भुटानको समान ७ ७ अंक भएपनि गोलअन्तरमा नेपालले १ गोलले अघि रहँदै समूह विजेता बनेको हो । अब सेमिफाइनल खेल आइतबार हुनेछ । पहिलो सेमिफाइनल दिउँसो १ ३० बजे बंगलादेश र भुटानबीच हुनेछ भने दोस्रो सेमिफाइनलमा साँझ ५ ३० बजे नेपाल…
देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहदा कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो भने कोशी र लुम्बिनी प्रदेशका पूर्वी भू भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू भागका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो ।…
बारामा पत्नीले नै मिलेमतोमा पतिको हत्या गरेको रहस्य खुलेको छ । पत्नीकै मिलेमतोमा पतिको हत्या भएको खुलेपछि हत्या आरोपमा प्रहरीले हत्याका मुख्य आरोपी रहेका एक भारतीय युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको रक्सौलको परेवा गाउँका २८ वर्षीय विजय गुप्तालाई दशगजा क्षेत्रबाट राति १ बजे पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको बारा प्रहरीले प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन । सापकोटाका अनुसार भारतीय प्रहरीको समन्वयमा घटनाको ११ औँ दिनमा गुप्तालाइ पक्राउ गरिएको हो । सो घटना पछि आरोपीलाई पक्राउ गर्न प्रहरी उपरीक्षक महेन्द्र खड्का भारतीय सम कक्षीसित सहयोग माग्दै आरोपीलाई पक्राउ गरिएको…
बार्सिलोनाले बायर्न म्युनिखमाथि शानदार जित हासिल गरेको छ। युइएफए च्याम्पियन्स लिग अन्तर्गतको गए राति सम्पन्न खेलमा बार्सिलोनाले बायर्न म्युनिखलाई ४ १ गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा रफिन्हाले ह्याट्रिक गरेका थिए भने रोबेर्ट लेवानडोस्कीले एक गोल गरेका हुन । त्यस्तै बायर्न म्युनिखका लागि एक गोल ह्यारी केनले गरेका थिए। यो जितपछि बार्सिलोनाको च्याम्पियन्स लिगमा ३ खेलमा ६ अङ्क सहित लिगको १०औँ स्थानमा रहेको हो। त्यस्तै बायर्न म्युनिखको ३ खेलमा ३ अङ्क सहित लिगमा २३ औ स्थानमा अवस्थित रहेको छ।
चीनले अन्तरिक्षमा रिमोट सेन्सिङ उपग्रह हरूको नयाँ समूहलाई स्थापित गर्न बुधबार लङ मार्च–२ सी वाहक रकेट प्रक्षेपण गरेको छ । याओगन ४३ ०३ समूहका उपग्रह हरूलाई बिहान ९ ०९ बजे बेइजिङ समय दक्षिण पश्चिमी प्रान्त सिचु आनमा रहेको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको र पूर्वनिर्धारित कक्षमा प्रवेश गरेको हो । तिनीहरू मुख्यतया कम कक्षा तारा मण्डलहरूका लागि नयाँ प्रविधिहरूमा परीक्षणहरूको लागि प्रयोग गरिनेछ भने यो लङ मार्च शृङ्खलाका रकेटहरूको ५४२ औँ उडान अभियान रहेका छन ।
हाल कोसी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारण तया बदली रही बाँकी भू भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ भने कोसी प्रदेशलगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको समेत सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति, कोसी प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रही कोसी…
भिनिसियस जुनियरको ह्याट्रिकमा रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगमा सानदार जित दर्ता गरेको छ। गएराति भएको खेलमा रियलले बोरुसिया डर्ट मन्डलाई ५ २ गोल अन्तरले पाखा लगाएको हो। खेलको पहिलो हाफमा २–० ले पछि रहेको रियलले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै जित हात पारेको हो। पहिलो हाफको ३० औँ मिनेटमा डनयेल मालेनको गोलमा डर्टमन्डले सुरुवाती अग्रता बनाउदा त्यसको चार मिनेट पछि नै जेमी गिटेन्सको गोलमा डर्टमन्डले २–० ले अग्रता बनाएको थियो। तर खेलको ६० औँ मिनेटमा एन्टोनिओ रुडिगरको गोलमा रियल म्याड्रिड खेलमा फर्कन सक्ने संकेत बोध गराएका थिए। त्यसको दुई मिनेटमा नै भिनिसियसले बराबरी गोल फर्काएसँगै रियल खेलमा फर्किएको थियो ।…