Author: Radio Jay Madhesh
Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399
भारतले सन् १९४७ को अक्टोबरमा जम्मु काश्मीरमाथि अतिक्रमण गरेको र राष्ट्र संघको अभिसन्धीलाई पनि वेवास्था गरेको भन्दै पाकिस्तानले अक्टोबर २७ तारिखका दिन ‘काश्मिीरी कालो दिवस’ मनाउँदै आएको छ । यसै सन्दर्भमा काठमाडौंस्थित पाकिस्तानी दूताबासले पनि आइतबार एक कार्यक्रमको आयोजना गरी काश्मीरी कालो दिवस मनाएको हो । कार्यक्रममा त्यहाँको नागरिकको सुरक्षा र आफू अनुकुल बाँच्न पाउने अधिकार उपलब्ध गराउन अन्तर्राष्ट्रिय समूदाय एकजुट हुनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति असिफ अलि जर्दारी, प्रधानमन्त्री मियाँ मुहम्मद सेवाज सरिफ र उपप्रधान एवं विदेशमन्त्री मोहम्मद इसाक डारको छुट्टाछुट्टै सन्देश पढेर सुनाइएका थिए । सन्देशमा भारतले ७७ वर्षअघि जम्मु काश्मीरमा गैरकानुनी हस्तक्षेप र अबैध…
हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ भने देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रही कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हो ।
अज्ञात समूहले बारामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको छ । महागढीमाई नगरपालिका–१ मा धारिलो हतियार प्रयोग गरी स्थानीय ५५ वर्षीय नारायण यादवको आज हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिएका छन । बटुवाले देखेपछि घटनाबारे प्रहरीलाई खबर गरेका थिए । गम्भीर घाइते यादवलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल भर्ना गरेका थिए र उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता सापकोटाले जानकारि दिएका हुन । यादवको हत्याबारे केही खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।
इजरायली आक्रमणपछि इरानले अर्को आक्रमणको सामना गरेको छ । इरानको तफ्तानमा चरमपन्थी समूह जैश अल अदलले गरेको आक्रमणमा १० इरानी सुरक्षाकर्मी मारिएका छन् । चरमपन्थी समूह जैश अल अदलले गरेको सो आक्रमण क्षेत्र तफ्तान पाकिस्तानको सिमाना नजिक अवस्थित रहेको छ । इरानको गृह मन्त्रालयका अनुसार सशस्त्र आक्रमणकारीले इरानको सिस्तान र बलुचिस्तानको सिमानामा रहेको सहर तफ्तानको गोहर कोह क्षेत्रमा प्रहरी गस्ती इकाईमा हमला गरेका छन । इरानका गृहमन्त्री इस्कन्दर मोमानीले घटनालाई ुआतंकवादीु हमला भन्दै तत्काल छानबिन गर्न आदेश दिएका हुन्। सिस्तान र बलुचिस्तानको पुलिस सूचना केन्द्रले पनि विज्ञप्ति जारि गर्दै तफ्तान शहरको गोहर कोह पुलिस स्टेशनका दुई गस्ती इकाईका १० जना…
आज दक्षिण एसियाली फुटबल महासंघ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत बीच प्रतिस्पर्धा हुनेछ।आजको दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साढे ६ बजे सुरु हुनेछ । भारत अहिले सम्म साफ महिला च्याम्पियनसिपको सर्वाधिक सफल टोली रहेको छ । च्याम्पियनसिपको पछिल्ला ६ संस्करणमध्ये पाँच संस्करणको उपाधि जितेको भारत यस पटक पनि च्याम्पियन हुने लक्ष्यसहित नेपाल आएको हो । अघिल्लो संस्करणमा सेमिफाइनलमै रोकिएको भारत यस पटक फाइनलमा पुगेर उपाधि जित्न चाहन्छ तर भारतको यो अभियानमा उसलाई सबैभन्दा ठूलो डर घरेलु टोली नेपालको रहेको छ ।त्यसैले फाइनलमा मात्रै नेपालसँग भेट होस् भन्ने चाहना भएपनि भारतले सेमिफाइनलमै नेपाललाई प्रतिद्वन्द्वीको रुपमा पाएको हो । दक्षिण एसियाली प्रतियोगितामा नेपालका लागि…
स्पेनिश ला लिगा फुटबल अन्तर्गतको एल क्लासिको बार्सिलोनाले जितेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियाल मड्रिडलाई ४ ० गोल अन्तरले पराजित गरेको हो । रियाल म्याड्रिडको घरेलु मैदानमा भएको यो खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा बार्सिलोनाले शानदार प्रदर्शन गरेको थियो । बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्कीले २ गोल तथा लामिन यमल र राफिन्हाले एक एक गोल गरेका हुन । यो जितपछि ला लिगामा बार्सिलोनाले रियाल मड्रिड माथि ६ अंकको स्पष्ट अग्रता हासिल गरेको छ भने बार्सिलोनाको ११ खेलमा ३० अंक भएको छ भने दोस्रो स्थानको रियाल मड्रिडको ११ खेल बाट २४ अंक रहेको हो ।
देशभर स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव रहदा भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी र बागमती प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहदा देशका पहाडी भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हो । मौसम बिभागका अनुसार आज राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ भने कोशी र गण्डकी प्रदेशका पहाडी…
अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा दण्ड सजाय पाएका २३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । एक साताभित्र प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दण्ड जरिवाना तथा कैद सजाय भई फरार रहँदै आएका २३ जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो । प्रहरीले कुटपिट मुद्दामा दण्ड जरिवाना भएका १३ जना, चोरी मुद्दाका दुई जना अनुचित लेनदेन, सवारी अङ्ग भङ्ग, अभद्र मुद्दा, बिगो मुद्दा, सवारी ज्यान, चोरीजन्य, बालविवाह , लागुऔषध नाइट्रोभेट टयाब्लेट मुद्दामा सजाय पाएका एक एक जना गरी २३ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको रौतहटका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताएका हुन । अदालतबाट दण्ड सजाय पाएका विभिन्न मुद्दामा…
लोक तान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले पार्टी कार्यालयका लागि नेताहरूमा कार्यविभाजन गरेको छ । लोसपाका सचिवालय सदस्यलाई दैनिक रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने भनि जिम्मेवारी तोकिएको हो । सचिवालय सदस्यहरू डा सुरेन्द्र झालाई आइतबार, अभास लाभ सोमबार, मनिष मिश्र मंगलबार, बिनोदकुमार सिंह बुधबार, ज्ञानेन्द्र झा बिहीबार, निर्जला राउत शुक्रबार, पुष्पा ठाकुर र कविन्द्र ठाकुरलाई शनिबार पार्टी कार्यालयमा उपस्थित रहन पार्टीले कार्यविभाजन गरेको हो । त्यस्तै पार्टीको लेवी उठाउने जिम्मेवारी कोषाध्यक्ष निर्जला राउत र कविन्द्र ठाकुरलाई दिएको छ । पार्टीद्वारा विभिन्न क्षेत्रसँग समन्वय गरी कार्य सम्पादन गर्न सहजता प्रदान गर्नका लागि स्वास्थ्य क्षेत्रको जिम्मेवारी अभाष लाभ र ज्ञानेन्द्र झालाई दिएको छ भने…
जंगली सिमलको रुख कटान गरिरहेको अवस्थामा वन कर्मचारीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका वडा नम्बर ५ स्थित इटा टारका ५३ वर्षीय नरवीर भन्ने नन्दलाल विश्वकर्मा, गौशला १ स्थित रामनगर फूल चोकका ४२ वर्षे मनोजकुमार साह र गौशाला ४ रजखोरका ३१ वर्षीय जीवन सहनी रहेको माइस्थान स्थित सव डिभिजन वन कार्यालयले जनाएको हो । पक्राउ परेका मध्ये साह काठका ठेकेदार तथा विश्वकर्मा र सहनी मजदुर रहेको प्रा रम्भिक अनुसन्धान पछि खुलेको जनाएको हो । वन गस्तीले गौशाला नगरपालिका ८ स्थित लिख टोलबाट उनीहरुले अवैध रुपमा कटान गरेको २५० क्युबिक फिट बराबरको १४ थान सिमलका काठ र…