Author: Radio Jay Madhesh

Kanchanrup-12, Dharampur, Saptari ईमेल :radiojaymadhes@gmail.com फोन: +977 9807755399

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको १४ औं नगर सभा सम्पन्न भएको छ। नगरप्रमुख बिरेन्द्र मझीको अध्यक्षतामा बुधबार आयोजित एक समारोहका वीच नगरसभा सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष राजेश्वर ठाकुर वाडा ९ का अध्यक्ष हरिश चन्द्र बर्मा,वडा नम्बर ११ का अध्यक्ष सागिर खान, प्रमुख प्रशासकीय अधिकृत किशोरी राम लगायतकाले मन्तव्य व्यक्त गरेका हुन । सभामा नगर उपप्रमुख सरिता सिपलिया यादवले आर्थिक बर्ष ०८१ ०८२ को आय व्याय, चालु खर्चतर्फ ४२ करोड ४६ लाख ११ हजार र पुजिगत खर्चतर्फ २४ करोड ६८ लाख ६६ हजार गरी ६७ करोड १४ लाख ७७ हजार प्रस्तुत गरेकी छन ।

Read More

सप्तरी प्रशासनले डाक्नेश्वी नगरपालिका क्ष्रेत्र भित्र मदिराजन्य पदार्थको विक्री वितरण र सेवनमा रोक लगाएका छन् । प्रमुख जिल्ला अधिकारी भोला दाहालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तह उप निर्वाचनका लागि मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाएको जनाएका हुन् । जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा जारी विज्ञप्तिमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४ मा स्थानीय तह उप निर्वाचन हुन गइरहेको हुँदा मंसिर ५ गते देखि मतगणना कार्य सम्पन्न नभएसम्म नगरपालिका भित्र मदिराजन्य पदार्थ विक्री बितरण तथा सेवन गर्न रोक लगाइएको उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले यहीँ मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका…

Read More

आम जनता पार्टी आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गरी त्यसै अनुसार विकास गर्नुपर्नेमा जोड दिएका छन् । मुलुकमै सबैभन्दा बढी आर्थिक कारोबार हुने, बढी उद्योग धन्दा भएको वीरगञ्ज क्षेत्रलाई आर्थिक राजधानी घोषणा गर्नुपर्ने उनले बताएका थिए । मुलुकको ८० प्रतिशतभन्दा बढी राजस्व सङ्कलन यही क्षेत्रबाट हुँदै आइरहेको भए पनि यस क्षेत्रको विकासमा राज्यले चासो नदिएको उनले बताएका छन । आजपा मधेस प्रदेश कमिटीद्वारा आयोजित ‘भ्रष्टाचार विरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज पर्साको निचुटामा आयोजित आम सभालाई सम्बोधन गर्दै साहले ओली सरकारकै कारण सीमावर्ती क्षेत्रका नागरिकले दुख पाईरहेको आरोप लगाएका हुन । नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने…

Read More

अमेरिकी अन्तरिक्ष संस्था नासाकी वैज्ञानिक सुनिता विलियम्स अन्तरिक्षमा फसेको करिब सात महिना भएको छ । भारतीयमूलकी सुनितासँगै विलमोर बुच पनि अन्तरिक्षमा फसेका छन् भने उनीहरू यतिखेर अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसमा बसिरहेका छन् । उनीहरू ६ जुनमा आईएसएसमा पुगेका थिए । करिब सात महिनाअघि आठ दिनका लागि अन्तरिक्षमा गएका उनीहरू सवार स्पेस क्राफ्टमा खराबी आएपछि उतै फसेका हुन् । नासाका अनुसार अन्तरिक्षमा फसेको उनीहरू अब सन् २०२५ को फेब्रुअरीमा मात्र पृथ्वीमा फर्किनेछन् । उनीहरूलाई पृथ्वीमा फर्काउन भनेर एलन मस्कको कम्पनी स्पेस एक्सले ‘स्पेस एक्स क्रु ड्रागन’ नामको स्पेस क्राफ्ट अन्तरिक्षमा पठाइसकेको छ भने नासाले बिग्रेको स्टार लाइनर बनाउने प्रयास…

Read More

भारतको राजधानी देहली क्षेत्र र वरपरको वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरिएको छ । विद्यार्थीलाई घरबाटै अनलाइनबाट शिक्षा दिन सुरु गरिएको हो । केही दिनदेखि सहर गम्भीर वायु प्रदूषणसँग लडिरहेकोले गर्दा सहर र बाहिरी इलाकामा प्राथमिक र माध्यमिक विद्यालयहरू सावधानीका रूपमा बन्द गरिएका छन् । सहरका दुई ठुला विश्वविद्यालयहरूले खराब हावाको गुणस्तरलाई ध्यानमा राख्दै सबै कक्षाहरू अनलाइन सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

Read More

विश्वकप खेल्नका लागि पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टिमलाई बिदाइ गरिएको छ । बुधवार रुपन्देही क्रिकेट संघले भैरहवामा एक कार्यक्रमबीच टिमलाई बिदाइ गरेको हो । पाकिस्तानमा हुन लागेको नेत्रहीन टी २० विश्वकपमा सहभागी हुन बुधवार नेपाली टिम रुपन्देहीको बेलहिया नाकाबाट भारत हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेका छन । टिममा खेलाडी, अफिसियल, कोच, व्यवस्थापक र मेडिकल टिमसहित २१ जना सहभागी रहेका छन् । नोभेम्बर २३ देखि डिसेम्बर ३ सम्म पाकिस्तानको लावर र मुल्तानमा हुने विश्वकपमा नेपाली टिमले प्रतिस्पर्धा गर्ने छ । खेलाडीलाई बिदाइ गर्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका संस्थापक प्रेमकुमार सेन्चुरी, नेपाल…

Read More

बिहिबार देशभरको मौसम सफा रहने जल तथा मौसम बिज्ञान विभागले जनाएको छ पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको विभागले जनाएको हो । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ भने कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक –दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको हो । मौसम पूर्वानुमान माहाशाखाका अनुसार आज राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ…

Read More

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ६ लाख बराबरको लसुन बरामद गरेको छ । मंगलबार राती ११ बजे पर्साको बिन्दबासिनी गाउँपालिका ३ झौवा गाँउका जोगिन्द्र यादवको गोठबाट अन्दाजी दुई हजार दुई सय पचास किलो परिमाणको लसुन बरामद गरेको हो । सिमा सुरक्षा गुल्म अलौका सशस्त्र प्रहरी नायव उपरिक्षक सुशिल बस्नेतको कमाण्डमा खटिएको १० जना र प्रहरी चौकी अमरपट्टी बाट पहरी वरिष्ठ नायव निरिक्षक मदन मल्लको कमाण्डमा १० जनाको संयुक्त टोलीले लसुन बरामद गरेका हुन । भन्सार छली चोरी पैठारी गरी लुकाई राखेको अवस्थामा ८० ९० वटा बोरामा रहेको लसुन बरामद गरेका हुन भने बरामद लसुन भन्सार बुझाउने प्रकृयाको लागी…

Read More

युक्रेनले अमेरिकाबाट पाएको लामो दुरीको मिसाइल रुसी भूमिमा प्रहार गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले लामो दुरीका मिसाइल बाट रुसी भूमिमा आक्रमण गर्न अनुमति दिएपछि युक्रेनले मंगलबार आक्रमण गरेको हो । युक्रेनले मंगलबार रुसको सीमावर्ती ब्रियान्सक क्षेत्रमा ‘एटी एसी एम एस मिसाइलबाट आक्रमण गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनले प्रहार गरेका ६ वटा मिसाइलहरुमध्ये ५ वटालाई आकाशमै ध्वस्त बनाएको पनि मन्त्रालयले जनाएको छ । तर त्यसका केही टुक्रा खस्दा एक सैन्य अड्डामा आगलागी भएको थियो । यद्यपि आगो तत्काल निभाइएकाले ठूलो क्षति नभएको रुसी अधिकारीहरुको भनाइरहेको छ । रुससँग युद्ध सुरु भएको एक हजारौं दिनमा युक्रेनबाट पहिलोपटक…

Read More

सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा फरार रहँदै आएका जलेश्वर स्थित रामानन्द विश्वेश्वर महेन्द्र क्याम्पसका अध्यक्ष देवेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । फरार सूचीमा रहेका अध्यक्ष चौधरीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता सन्तुलाल प्रसाद जैसवारले जानकारी दिएका हुन । उनका अनुसार सोमबार आकस्मिक बिदा परेका कारण मङ्गलबार अदालतमा पेश गरेर म्याद थप गरिएको छ ।सोमबार क्याम्पसमा बैठक चलिरहेको बेला सादा पोशाकमा गएका प्रहरीले चौधरीलाई पक्राउ गरिएको क्याम्पस प्रमुख अजय कुमार झाले जानकारी दिएका छन । पक्राउ परेका अध्यक्ष चौधरीको हकमा असई थमन…

Read More