राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपाका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि नाराबाजी गरेका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि ५० दिनभन्दा बढी समय प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई सोमबार पर्सा ल्याएपछि कार्यकर्ताहरूले नाराबाजी गरेका हुन् ।
कास्की प्रहरीको हिरासतबाट उनलाई प्रहरीले काठमाडौँ विमानस्थल ट्रान्जिट बनाएर सोमबार पर्सा तर्फ ल्याएको थियो । रविमाथि सहकारी ठगी प्रकरणमा पर्सामा पनि उजुरी परेपछि उनीमाथि पक्राउ पुर्जी जारी भइसकेको छ भने यसअघि रविका समर्थकले सिमरा विमानस्थलमा समेत प्रदर्शन गरेका थिए ।