अस्ट्रेलियाको संसदले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । अब बच्चाहरूले फेसबुक, इन्स्टाग्राम, टिकटक र एक्स जस्ता प्लेटफर्महरूमा खाताहरू बनाउन सक्ने छैनन्।
बालबालिकाको सामाजिक सञ्जाल एकाउन्ट फेला परेमा कम्पनीहरूलाई २७८ करोड रुपैयाँ सम्म जरिवाना लाग्न सक्ने छ । अष्ट्रेलिया यस्तो कानुन बनाउने पहिलो देश रहेको हो। मेटाको विरोध फेसबुकको मूल कम्पनी मेटाले हतारमा यो निर्णय गरेको जनाएको छ ।
यो विधेयक संसदको तल्लो सदनले मंसिर २७ गते र माथिल्लो सदनले मंसिर २८ गते पारित गरेको थियो । यो छिट्टै कानुन बन्ने तयारीमा रहेको छ। उमेर हद कसरी कार्यान्वयन गर्ने भन्ने निर्णय गर्न प्लेटफर्मलाई एक वर्षको समय दिइएको हो ।