रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि स्पानिस क्लब बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब ब्रेस्टलाई ३ ० ले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा लेवान्डोस्कीले १० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यसै गोलमार्फत लेवान्डोस्कीले च्याम्पियन्स लिगमा आफ्नो १००औं गोल पनि पूरा गर्दै उनी क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीपछि च्याम्पियन्स लिगमा १०० गोल पूरा गर्ने तेस्रो खेलाडी बनेका छन ।
६६औं मिनेट डानी ओल्मोले गोल गर्दै खेलमा अग्रता दोब्बर पारेका थिए भने भने लेवान्डोस्कीले खेलको इन्जुरी टाइमको दोस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सहज जित दिलाएका हुन । लिग चरणमा चौथो जित हात पारेको बार्सिलोना ५ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ भने ५ खेलबाट १० अंक रहेको ब्रेस्ट नवौँ स्थानमा अवस्थित रहेको छ ।