देश भर पश्चिमी वायुको सामान्य प्रभाव रहदा जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भू भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ भने तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको हो।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहदा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा हल्का वर्षाको साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको हो ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा हल्का वर्षाका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुनसक्ने जनाउँदै विभागद्धारा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ।