साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २ १ गोल अन्तरले पराजित बनेको हो ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरुवातमा भने बंगालदेशले अग्रता लिएको थियो । नेपालको डिफेन्सको गल्तीको फाइदा उठाउँदै मोनिका चक्माले बंगलादेशलाई अग्रता दिलाएकी थिइन ।
बंगलादेशले अग्रता लिए लगतै अमिषा कार्कीले बराबरी गोल फर्काइन् । यसैगरी खेल सकिन १० मिनेट बाँकी छँदा रितु पोर्ना चक्माको क्रसलाई गोलकिपर एन्जिला तुम्बापोले क्लियर गर्न खोजेपनि बलले गोलको दिशा लिएको थियो ।