कञ्चनरुप नगरपालिका २, बरमझियाका शंकर साहकी छोरी किरण साहको मृत्यु सर्पको टोकाइबाट भएको छ ।
किरणलाई १० दिनअघि भान्सा कोठामा स्पेक्टिकल कोबरा अर्थात नेपालि नाम गोमन सर्पले टोक्दा गम्भीर घाइते भइ उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो।
अस्पतालमा भर्नारत किरण साहको उपचारकै क्रममा मंगलबार किरणले ज्यान गुमाएको जानकारी किरणका काका तथा पत्रकार राजकुमार साहले सामाजिक सञ्जालमार्फत दिएका छन्।