यूईएफए नेसन्स लिगमा युरो विजेता इटालीले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति बुडापेस्ट स्थित एरिनामा भएको समूह–२ को खेलमा इटालीले इजरायललाई २–१ ले हराएको हो ।
इटालीको जितमा डेविड फ्राटेसी र मोइसे केनले गोल गरेथिए भने जरायलका मोहम्मद अबु फानीले एक गोल फर्काएका थिए । इटालीले यसअघि पहिलो खेलमा फ्रान्सलाई ३–१ ले पराजित गरेको थियो ।