लगातारको मनसुनी वर्षाले बंगलादेशमा बाढीका कारण २० जनाको मृत्यु भएको छ भने ५० लाखभन्दा बढी मानिस प्रभावित भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । बाढीका कारण लाखौं मानिसले व्यवस्थित खाना, सफा पानी, औषधि र सुक्खा कपडाको अभावको सामना गरिरहेको बताइएको हो ।
बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले टेलिभिजन सम्बोधनमार्फत् प्रशासनले बाढी पीडितलाई सामान्य अवस्थामा फर्काउन सबै आवश्यक उपायहरू अपनाइरहेको बताएका छन् । त्यस्तै बाढी भारतले बाँध खालेको कारण आएको बताइरहँदा युनुसले आगामी दिनमा बाढी आउन नदिन भारतसँग छलफल सुरु गरेको जानकारी दिएकाछन ।
बाढी प्रभावित ११ जिल्लाका करिब ४ लाख मानिसले ३५ सय राहत शिविरहरूमा शरण लिइरहेको अधिकारीहरुले जनाएका छन् ।