काभ्रेको जंगलमा मानव कंकाल फेला परेको हो। पाँचखाल नगरपालिका ६ तिनपिप्ले स्थित सामुदायिक वनमा मानव कंकाल भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले उक्त कंकाल स्थानीय २१ वर्षीय विजय श्रेष्ठको रहेको खुलेको र उनी असार १८ गतेदेखि हराइरहेका थिए। बुधबार जंगल गएका स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरिएका हुन।
डिएसी श्रेष्ठका अनुसार कंकाल नजिक फेला परेको चप्पलका आधारमा विजयका बाबुले शव पहिचान गरेका हुन्।’चप्पल र लुगाको आधारमा मृतकको बुबाले शव पहिचान गरेका छन्,’ उनले भने, ‘पोस्टमर्टमका लागि सो कंकाल धुलिखेल अस्पताल पठाइएको छ ।’ घटनाबारे थप विवरण पोष्टमर्टम रिपोर्टपछि मात्रै आउने उनले बताएका हुन।