देशभर तापक्रम बढ्न थालेको छ । तराईका केही ठाउँमा गर्मीले जनजीवन नै प्रभावित हुन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अब पानी परे पनि सबैतिरको तापक्रम बढ्दै जाने मौसमविद्को भनाइ छ । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज केही ठाउँमा बदलीसँगै हल्का वर्षाको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक–दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । आज लुम्बिनी प्रदेशका केही ठाउँमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।