सातौँ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने सो खेल साँझ साढे ६ बजे त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सुरु हुनेछ ।
सेमिफाइनलमा भारतलाई हराएर नेपाल फाइलनमा पुगेको हो भने बंगलादेशले भुटानलाई पराजित गरेको थियो । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियन सिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न भने सकेको छैन ।
जारी सातौँ संस्करणमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालले बङ्गलादेश लाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर रहेको छ । यसअघि ५ पटक फाइनलमा पुगे पनि उपाधिबाट बन्चित रहेको नेपाल पहिलो उपाधि जित्ने लक्ष्यमा रहँदा बंगलादेश दोस्रो उपाधिको खोजिमा उत्रेको हो ।