फिफा विश्वकप–२०२६ छनोट चरणमा अर्जेन्टिनाले दोस्रो हार व्यहोरेको छ । मंगलबार राति कोलम्बियाको स्टाडियो मेट्रोपो लिटानोमा भएको खेलमा विश्वकप च्याम्पियन समेत रहेको अर्जेन्टिना घरेलु टिमसँग २–१ ले निराश बनेको हो ।
विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको यो दोस्रो हार हो । अर्जेन्टिनाले यसअघिको छनोट खेलमा उरुग्वेसँग २–० को हार सामना गरेको थियो । हारका बावजुद अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिनाले ८ खेल खेल्दा ६ जितसहित १८ अंक जोडेको हो ।
तालिकामा अर्जेन्टिनालाई पछ्याइरहेको कोलम्बिया १६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । छनोटमा कोलम्बिया हालसम्म अपराजित रहेको छ । कोलम्बियाले आठ खेल खेल्दा चारमा जित र चार खेलमा बराबरीको नतिजा निकालेको हो ।