नेपालले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अफगानिस्तानलाई २ ० गोलले पराजित गरेको छ ।
शनिबार साँझ ताजकिस्तानको डुसान्बेस्थित सेन्टर स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा नेपाल २ ० गोलले विजयी बनेको हो ।
नेपालको जितमा जिलेस्पी जंग कार्की र रोहित चन्दले १–१ गोल गरेका थिए ।
अफगानी राष्ट्रिय टिम सँग नेपालले ११ वर्षपछि खेलेको हो । सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा भएको थियो ।