प्रहरीले पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ अमरपट्टीमा संचालित अबैध मदिरा भठ्ठी पसल आज विहान नष्ट गरेको छ ।
त्यहाँ अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने ४ वटा भठ्ठी पसल नष्ट गरिएको प्रहरीले जनाएको हो । साथै बरामद ४ सय ५० लिटर तयारी घरेलु मदिरा र ५४ सय लिटर कच्चा पदार्थ पोखेर नष्ट गरिएको अमरपट्टी प्रहरी चौकीले जनाएका छन ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी अमरपट्टी बाट खटिएको प्रहरी टोलीले उक्त भठ्ठी पसल नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले एक प्रेस नोट जारी गरी जानकारी गराएको हो ।