सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको १४ औं नगर सभा सम्पन्न भएको छ। नगरप्रमुख बिरेन्द्र मझीको अध्यक्षतामा बुधबार आयोजित एक समारोहका वीच नगरसभा सम्पन्न भएको हो ।
कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष राजेश्वर ठाकुर वाडा ९ का अध्यक्ष हरिश चन्द्र बर्मा,वडा नम्बर ११ का अध्यक्ष सागिर खान, प्रमुख प्रशासकीय अधिकृत किशोरी राम लगायतकाले मन्तव्य व्यक्त गरेका हुन ।
सभामा नगर उपप्रमुख सरिता सिपलिया यादवले आर्थिक बर्ष ०८१ ०८२ को आय व्याय, चालु खर्चतर्फ ४२ करोड ४६ लाख ११ हजार र पुजिगत खर्चतर्फ २४ करोड ६८ लाख ६६ हजार गरी ६७ करोड १४ लाख ७७ हजार प्रस्तुत गरेकी छन ।