इरानले इजरायलमा ठूलो सङ्ख्यामा मिसाइल आक्रमण गरेको छ ।
इजरायली सेनाको दाबी अनुसार इरानले पछिल्लो पटक एक सय ८० भन्दा धेरै मिसाइल प्रहार गरेका छन तर तीमध्ये धेरैजसो रोक्न सफल भएको सेनाको दाबी रहेको हो ।
ठूलो सङ्ख्यामा मिसाइल आक्रमण भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले गल्ती गरेको र त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ ।
मन्त्रि परिषद्को बैठकमा प्रधानमन्त्री नेतान्याहुले इरानले ठूलो गल्ती गरेको र बदला पछि उनीहरुले बुझ्ने बताएका छन । पछिल्लो केही दिनयता इरान, इजरायल र लेबनानमा आपसी आक्रमणका घटना तीव्र भएका हुन् ।