अमेरिकी अन्तरिक्ष संस्था नासाकी वैज्ञानिक सुनिता विलियम्स अन्तरिक्षमा फसेको करिब सात महिना भएको छ । भारतीयमूलकी सुनितासँगै विलमोर बुच पनि अन्तरिक्षमा फसेका छन् भने उनीहरू यतिखेर अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसमा बसिरहेका छन् । उनीहरू ६ जुनमा आईएसएसमा पुगेका थिए ।
करिब सात महिनाअघि आठ दिनका लागि अन्तरिक्षमा गएका उनीहरू सवार स्पेस क्राफ्टमा खराबी आएपछि उतै फसेका हुन् । नासाका अनुसार अन्तरिक्षमा फसेको उनीहरू अब सन् २०२५ को फेब्रुअरीमा मात्र पृथ्वीमा फर्किनेछन् ।
उनीहरूलाई पृथ्वीमा फर्काउन भनेर एलन मस्कको कम्पनी स्पेस एक्सले ‘स्पेस एक्स क्रु ड्रागन’ नामको स्पेस क्राफ्ट अन्तरिक्षमा पठाइसकेको छ भने नासाले बिग्रेको स्टार लाइनर बनाउने प्रयास गरेको थियो । तर, बनाउन सफल भने नभएका हुन ।
नासाले सुनिता र विलमोरसँग गरेको कुराकानीको एउटा भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा उनीहरूले आफ्नो स्वास्थ्यमा कुनै खराबी नआएको बताएका छन् ।