हाल कोसी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारण तया बदली रही बाँकी भू भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ भने कोसी प्रदेशलगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको समेत सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति, कोसी प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रही कोसी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएका छन ।