देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहदा कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो भने कोशी र लुम्बिनी प्रदेशका पूर्वी भू भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू भागका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति, कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ भने कोशी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको हो ।