देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको हो ।
आज सोमबार दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहदा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसम विभागका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।