मोरङको रतुवामाई नगरपालिका– ४ झुर्कियामा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ ।चट्याङ लागेर १६ वर्षीया विपना महतोको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
मेघगर्जन सहित बिहानदेखि वर्षा भएकाले महतो घरमै थिइन् ।बिहान साढे ७ बजेतिर चट्याङ लागेर विपना गम्भीर घाइते भएकी र बेहोस भएकी उनलाई उपचारका लागि रंगेली अस्पताल लगिए पनि बाटोमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छन ।