पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुन ख्वा केपी प्रान्तमा पछिल्लो सात दिनमा भएको छुट्टाछुट्टै कारबाहीमा चार सैनिक र २५ आतङ्ककारी मारिएका सेनाले जनाएका छन।
सुरक्षा बलहरूले केपीको खैबर जिल्लामा खुफियामा आधारित अपरेसन सञ्चालन गरेको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स आइएस पिआरले बताएको हो।
अपरेसनका क्रममा सुरक्षा बलहरूले एक प्रमुख सदस्यसहित २५ आतङ्ककारीलाई मारेको र ११ जना आतङ्ककारी घाइते भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। तथापि अपरेसनका क्रममा चार सैनिकले पनि ज्यान गुमाएको आइएस पिआरले जनाएका छन।